अन्नपुर्ण गाउँपालिका

शिखमा दुई दिने घुम्ती शिविर सम्पन्न

साधन राम्जाली /विकल्प न्युज म्याग्दी, फागुन २४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा बिहिबारदेखी सुरु भएको दुई दिने घुम्ती शिविर सम्पन्न भएको छ । एकीकृत घुम्ती शिविरबाट ६ सय बढी सर्वसाधारण लाभान्वित बनेका छन् । अन्नपूर्ण गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको शिविरमा १२० नयाँ र २४ वटा प्रतिलिपि सहित १४४ वटा नागरिकता वितरण […]

शिखमा पदमार्ग सुरु

सेते तिलिजा पुन/विकल्प शिख २३ फागुन ।विश्वप्रसिद्ध अन्नपूर्ण चत्रीय पदमार्ग अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखमा पक्कि पदमार्ग निर्माण सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा उपल्लो शिखको देउराली देखि स्वाँरा जाने पदमार्ग निर्माण सुरु भएको हो । ४८ मिटर ढलान गरिएको पक्कि पदमार्ग निर्माण हुने उपभोक्ता समितिका अध्यक्ष रामेश पाइजाले जानकारी दिनुभयो । […]

शिखमा एकिकृत घुुम्ति शिविर सुरू (फाेटाे सहित)

साधन राम्जालि / विकल्प म्याग्दी  फागुन  २३  गते  । दुर्गम बस्तीका नागरिकलाई घरदैलोमा सरकारी सेवा पु¥याउन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा बिहिबारदेखि   एकिकृत घुम्ती शिविर सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले अन्नपूर्ण गाउँपालिका संगको समन्वयमा सञ्चालन गरेको शिविरमा सदरमुकाम बेनी र गाउँपालिकाको केन्द्र पोखरेबगरबाट प्रवाह हुने सरकारी सेवा तथा सुविधाहरु उपलब्ध गराईएको छ । शिविरमा […]

राम्चेमा स्वास्थ्य चौकी र आमा समूहको भवन उद्घाटन

सन्तोष गौतम राम्चे २१ गते । अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा निर्माण भएको स्वास्थ्य चौकी र राम्चे आमा समूहको भवनको मंगलबार एक समारोहका बिच उद्घाटन गरिएको छ । सहरी विकास मन्त्रालयले दुई करोड ६ लाख रुपैयाँमा निर्माण गरेको स्वास्थ्य चौकी भवन जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र जग्गादाता सुखबहादुर तिलीजा पुनले उद्घाटन गर्नुभएको हो । […]

आगलागीबाट नागीमा १४ वटा बाख्रा मरे

पुर्ख फगामी /विकल्प न्यूज राम्चे १६ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा गोठमा भएको आगलागीबाट एक किसानले साढे १ लाख बढीको आर्थिक क्षति व्यहोरेका छन् । स्थानीय कृषक आईती गर्वुजाको गोठमा रहेका पशु चौपायालाई न्यानो गराउन बालिएको आगो गोठमा सल्किएर आगलागी हुँदा बाख्रा सहित गोठभित्र रहेका सामान जलेर रु १ लाख ५७ हजार बढीको क्षति भएको […]

मजदुरका लागि असुरक्षित बन्दै निलगिरी जलविद्युत आयोजना

विकल्प न्यूज/बेनी फागुन १३ गते । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधिन निलगिरी जलविद्युत आयोजना मजदुरका लागि असुरक्षित बन्दै जानथालेको छ । पछिल्ला केही महिना यता आयोजनामा काम गर्ने दुइ मजदुरको ज्यान गएको छ । आयोजनाले मजदुरको सुरक्षाका लागि अपनाउनु पर्ने न्यूनतम मापदण्ड पनि कार्यन्वयन नगर्दा मजदुरहरु जोखिम मोलेर काम गर्नुपर्ने बाध्यता छ । आयोजनाको यतिखेर […]

विद्युतीय पुस्तकालय सञ्चालनका लागि ल्यापटप सहयोग

विकल्प न्यूज/बेनी फागुन १० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ–तातोपानीमा रहेको सर्वोदय माविमा विद्युतीय पुस्तकालय सञ्चालनका लागि एक विदेशी संस्थाले शुक्रबार ल्याप्टप सहयोग गरेको छ । दक्षिण कोरीयाको अम हङ गिल फाउण्डेशनले १७ लाख रुपैयाँ मूल्य बराबरको १९ थान ल्याप्टप कम्प्युटर सहयोग उपलब्ध गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्धी पुनले जानकारी दिनुभयो । संस्थाका […]

स्थानीय तहहरुमा पनि प्रजातन्त्र दिवस मनाइयो

विकल्प न्यूज /बेनी फागुन ७ गते ।  म्याग्दीका स्थानीय तह र वडा स्तरमा पनि मंगलबार विभिन्न कार्यक्रम गरेर ६९ औ प्रजातन्त्र दिवस मनाइएको छ । धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको आयोजनामा प्रजातन्त्र दिवस मनाइएको हो । धवलागिरी गाउँपालिकाको ७ वटै वडा कार्यालय, स्वास्थ्य चौकी र सामुदायिक विद्यालयहरुको आयोजनामा सरफाई कार्यक्रम गरेर दिवस मनाइएको गाउँपालिकाका अध्यक्ष थमसरा […]

शिख देउरालीम पुख्र्यौली नाच प्रदर्शन

सेते तिलिजा पुन / विकल्प न्युज शिख, फागुन १ गते । म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिका ५ शिखमा मगरहरुको सांस्कृतिक लोक नृत्य पुख्र्यौलि नाच प्रदर्शन गरिएको छ । साविक शिख गाविस वडा नं २ देउरालिमा रहेको शिख पुख्र्यौली समुह द्धारा सो नृत्य प्रदर्शन गरिएको हो । देउराली निवासी महेश पुर्जा छोरा आभास पुर्जाको छेवारका अवसरमा सो […]

जातीय विभेद अन्त्यका लागि साझा प्रयासको आवश्यकता

सन्तोष गौतम/विकल्प न्यूज ठूलोबगर २९ माघ । सामाजिक समस्याको रुपमा रहेको छुवाछुत र जातीय भेदभावको व्यवहारिक अन्त्यका लागि साझा प्रयासको आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा संयुक्त दलित राजनीतिक संघर्ष समितिको आयोजनामा मंगलबारदेखि ठूलोबगरमा सूरु भएको दलित जनप्रतिनिधि तथा अगुवाहरुबीच जनचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहका सहभागि वत्ताहरुले यस्तो धारणा व्यक्त गरेका […]

वडा अध्यक्षद्धारा विद्यालयमा सरस्वतिको मन्दिर निर्माण

विकल्प न्युज/ बेनी माघ २८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाका वडा अध्यक्ष नरसिङ बहादुर पुर्जाले स्थानीय ज्ञानप्रकाश माविमा निजी लगानीमा सरस्वतीको मन्दिर निर्माण गर्नुभएको छ । विद्यालयका पूर्व प्रअ समेत रहनुभएका पुर्जाले व्यक्तिगत रुपमा दुई लाख पचास हजार रुपैयाँ खर्च गरेर मन्दिर निर्माण गरिदिनुभएका प्रअ शान्तबहादुर नेपालीले जानकारी दिनुभयो । अध्यक्ष पुर्जाले विद्यालय […]

नेपाल रेडक्रस सोसाइटी शिख उपशाखाद्वारा राहत वितरण

सेते तिलिजा पुन/विकल्प न्यूज माघ २६ गते । नेपाल रेडक्रस सोसाइटी शिख उपशाखाले अन्नपूर्ण गाउँपालिका ६ घारका आगलागी पीडित भुपेन्द्र खड्काको परिवारलाई राहत वितरण गरेको छ सोसाइटीले शुक्रवार पीडितको घरमा पुगेर त्रिपाल, लत्ताकपडा र भाँडाकुडाह? वितरण गरेको हो । यहि माघ १० गते विद्युत सर्ट भई घरमा आगो लागि हुँदा घर जलेर पुरै ध्वस्त भएको थियो […]

घारका आगोलागी पीडितलाई कोरियाबाट ४५ हजार सहयोग

सुरेन गुरुङ/विकल्प न्यूज माघ १९ गते ।  अन्नपूर्ण गाउँपालिका ६ घारका आगोलागी पीडित भुपेन्द्र बहादुर खड्कालाई कोरियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । मातृभूमि सेवा समाज कोरिया शाखाले ४५ हजार रुपियाँ सहयोग गरेको हो । मातृभूमी सेवा समाजका सहसचिव खिम खड्काको पहलमा उक्त रकम संकलन भएको थियो । उक्त सहयोग गाउँपालिकाका अध्यक्ष क्या डमबहादुर गर्बुजा पुनले […]

हिस्तानको औलामा पशुपंक्षि पालन तालिम सम्पन्न

विकल्प न्यूज/बेनी माघ १९ गते । अन्नपूर्ण गाउँपालिका ७ हिस्तानको औलामा शनिबार दुई दिने पशु पंक्षीपालन सम्बन्धि स्थलगत तालिम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखा पोखरेबगरले आयोजना गरेको तालिममा हिस्तानको औला, दोसल्ले, रिमा, टिकोट, घराम्दी र महभिरका २५ जना कृषकहरुको सहभागिता रहेको थियो । वडा सदस्य टिका घतानेको अध्यक्षतामा सञ्चालन भएको तालिममा […]

अन्नपूर्णमा सम्पति तथा भूमिकर सम्बन्धि प्रशिक्षण

विकल्प न्यूज/बेनी माघ १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबारदेखि सम्पति तथा भुमिकर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका र नगर विकास प्रशिक्षण केन्द्रले आयोजना गरेको तीन दिनसम्म सञ्चालत हुने कार्यक्रमको गाउँपालिका अध्यक्ष क्याटेन डमबहादुर पुनले उद्घाटन गर्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष पुनको अध्यक्षता, सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यको सञ्चालन […]