अन्नपुर्ण गाउँपालिका
दाना–खुर्कोट प्रसारण लाइन तयार

काठमाडौँ, पुस १५ गते । कालीगण्डकी नदी बहाव क्षेत्रमा बनेका विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने संरचना कालीगण्डकी करिडोर दाना–खुर्कोट प्रसारण लाइन तयार भएको छ । म्याग्दीको दानामा निर्माण भएको सबस्टेसन, पर्वतको खुर्कोटमा बनेको अर्को सबस्टेसन र बीचमा ११० टावर र ३९.६ किलोमिटर तार टाँग्ने लगायतका सबै काम सकिएको हो । दाना–खुर्कोट प्रसारण लाइन पुस […]
म्याग्दी र मुस्ताङ विचको सीमा विवाद सुल्झाउन बार्ता

विकल्प न्यूज/बेनी मंसिर २७ गते । वर्षौ देखिको म्याग्दी र मुस्ताङको सिमा विवाद सुल्झाउनका लागि शनिबार दुई जिल्ला विच बार्ता भएको छ । मुस्ताङको थासाङ गाउँपालिका ४ को पहिरो थाप्लामा दुवै जिल्लाका जनप्रतिनिधि,सरकारी अधिकारी र स्थानीयवासी विच बार्ता भएको हो । एकमहिना भित्रमा नापि विभागबाट प्राविधिक टोलीले ल्याएर सीमा छुट्याउने बार्तामा सहमति भएको छ । […]
अन्नपूर्णमा २ र बेनीमा १ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज / बेनी मंसिर २० गते । म्याग्दीमा शनिबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरामा गरिएको पिसिआर परिक्षणमा अन्नपूर्ण गाउँपालिकामा २ जना र बेनी नगरपालिकामा १ गरी थप ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय पोखराले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ । अन्नपूर्णमा कोरोना पुष्टि हुनेमा ३३ वर्षीय महिला र […]
म्याग्दीमा सोमबार थपिए ११ जना कोरोना संक्रमित

विकल्प न्यूज/बेनी मंसिर १५ गते । म्याग्दीमा आजै मात्र थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्नपूर्ण गाउँपालिकामा ९ र बेनी नगरपालिकामा २ जना गरी थप ११ जनामा कोरोना पुष्टि भएको हो । कोरोनाको लक्षण देखिएका र कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरुको नमुना स्वाव संकलन गरी पिसिआर पिसिआर परिक्षणका लागि पोखरा पठाएकोमा सोमबार उक्त संख्यामा […]
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ९ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी मंसिर १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ९ जनामा कोरोना पुष्टि भएको छ । पोखरामा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको सोमाबार गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले निकाले को विज्ञप्तीमा उल्लेख गरिएको छ ।
म्याग्दीका तिन स्थानीय तहमा अस्पताल शिलान्यास प्रभावित

विकल्प न्यूज/बेनी मंसिर १५ गते । आज गर्ने भनिएको अस्पताल शिलान्यास कार्यक्रम म्याग्दीका तिन स्थानीय तहमा प्रभावित भएको छ । धौलागिरी र रघुगंगामा जग्गा विवाद र अन्नपूर्णमा जग्गाको लालपूर्जा नभएकाले शिलान्यास कार्यक्रम हुन नसकेको गाउँपालिकाहरुले जनाएका छन् । धौलागिरि र रघुगंगा गाउँपालिकामा अस्पताल बनाउनका लागि स्थान छनौंट गर्न नसक्दा १५ शैयाको अस्पताल शिलान्यास कार्यक्रम प्रभावित […]
मुख्यमन्त्री गुरुङले गाउँपालिका अध्यक्ष सँग लगाए मीत

विकल्प न्यूज/बेनी मंसिर ९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनसँग मितेरी साइनो जोडेका छन् । मुस्ताङका प्रदेशसभा सदस्य चन्द्रमोहन गौचनका पिताको निधनमा श्रद्धाञ्जली दिन पुगेका मुख्यमन्त्री गुरुङ फर्किने क्रममा म्याग्दी बसेका थिए । सोही क्रममा उनले काङ्ग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षसँग मितेरी साइनो गाँसेका हुन् । ‘‘पहिलादेखिको योजना होइन, […]
म्याग्दीमा थप ५ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी मंसिर ८ गतेे । म्याग्दीमा थप ५ जनामा काेराेना पुष्टि भएकाे छ । पाेखरामा गरिएको पिसिअार परिक्षणमा बेनी नगरपालिकाका ५ ठेगना भएकि एक महिला, वडा नम्बर ७ मा १ पुरूष र १ महिलामा काेराेना पुष्टि भएकाे बेनी अस्पताल श्राेतले जानकारि दिएकाे छ । अन्नपूर्ण गाउँपालिका १ मा १ जना र रघुगंगा गाउँपालिका […]
म्याग्दीमा थप १० जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी कार्तिक २८ गते । म्याग्दीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएको कात्तिक २४ र २५ गते स्बाब संकलन गरी पठाइएको ३४ जनामध्ये १० जनामा कोरोना पुष्टी भएको हो । क्षयरोग उपचार केन्द पोखरामा गरिएको पिसिआर परीक्षणमा बेनीबजारमा ९ र अन्नपूर्ण गाउँपालिकाको १ जनामा कोरोना पुष्टी भएको स्रोतले जनाएको […]
आफन्तको संझनामा ः‘कालीको तीरदेखी हिमालको काख सम्म पदमार्ग’

राकेश शर्मा /बेनी कार्तिक ९ गते । अक्करे भिरमा ढुंगा चिनेर बनाइएका सिँढी (पदमार्ग) ! ठाउँ–ठाउँमा आराम गर्न बनाइएका चौतारा ! यात्राको क्रममा हुने थकान मेटाउन जंगल र अग्ला डाँडाकाँडामा निर्माण गरिएको लोभलाग्दो पदमार्ग र चौताराहरुले उकाली चढ्दा लाग्ने थकानलाई भुलाइदिन्छ । उकाली चढ्दा पर्यटकको तिर्खा मेटाउन ठाउँठाउँमा पानीका धारण समेत निर्माण गरिएको छ […]
म्याग्दीका चार स्थानीयतहका जनप्रतिनिधिले बुझे २५ लाख दशैं भत्ता

विकल्प न्यूज/बेनी कार्तिक ४ गते । जनप्रतिनिधिले मासिक रुपमा पाउने सेवा सुविधा बाहेक चाडपर्वको समेत भत्ता बुझ्ने गरेका छन् । गण्डकी प्रदेश सरकारले बनाएको स्थानीय तह र जिल्ला समन्वय समितिका जनप्रतिनिधिको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई टेकेर म्याग्दीका चार स्थानीय तहका जनप्रतिनिधिहरुले दशैँ भत्ता बुझेका हुन् । जिल्लाको रघुगंगा, अन्नपूर्ण, मंगला र मालिका गाउँपालिकाका […]
अन्नपूर्ण सर्किट उत्कृष्ट गन्तव्यमा परेपछि व्यवसायी उत्साहित

पोखरा, कात्तिक ३ गते । अन्तराष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्यमा राखेपछि यस क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका सचिव जीवनराज सापकोटाले विश्वप्रसिद्ध अन्नपूर्ण सर्किटलाई उक्त सूचीमा राख्नु पदयात्रा व्यवसायीका लागि सुखद् भएको बताउनुभयो । उहाँले भन्नुभयो “अन्नपूर्ण सर्किट चर्चित पदमार्ग हो, यसको […]
खोप्रालेकमा आन्तरिक पर्यटकको चहलपहल (फोटोफिचर)

विकल्प न्यूज/बेनी असोज२६गते। कोरोना कहरका विच पनि म्याग्दीको पर्यटकीय स्थल खोप्रालेकमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीका कारण बाहिरी जिल्लाबाट पर्यटकहरु नआएपनि जिल्ला भित्रबाट भने घुम्नका लागि खोप्रालेक पुग्ने गरेका छन् । खोप्रा म्याग्दीको आकर्षक पर्यटकीय गन्तव्य हो । खोप्रा पुगेका पर्यटकहरु खयर लेक सम्म पुग्ने गर्दछन् । जिल्लाको प्रमुख पर्यटकीय स्थलहरु यतिखेर […]
आहा ! नारच्याङको शिरैमा कति राम्रो झरना (फोटो/भिडियो)

ठाकुरप्रसाद आचार्य/बेनी असोज १८ गते । गाउँको शिरैमा मनमोहक झरना । तल सुन्दर वस्ती । यो हो म्याग्दीको अन्पूर्ण गाउँपालिका ४ नारच्याङ गाउँ । गाउँको शिरबाट झर्ने छहराखोला झरनाले नारच्याङ गाउँको सुन्दरता थपिदिएको छ । मुस्ताङ जाने पर्यटकहरु झरनाको सुन्दरतामा रमाउने गर्दछन् । बेनी–जोमसोम सडक छेवैमा पर्ने उक्त झरनाको अवलोकन गर्न पर्यटकहरु लोभिने […]
मगरसंघद्धारा म्याग्दीका बाढीपहिरो पीडितलाई राहत वितरण सुरु

म्याग्दी १० असोज । नेपाल मगर संघ म्याग्दीले जिल्लाका बाढीपहिरो पीडितहरुलाई राहत वितरण सुरु गरेको छ । संघको केन्द्रिय समितिको आह्वान, अन्र्तराष्ट्रिय महासंघको समन्वयमा नेपाल मगरसंघ बेलायत, हङकङ र म्याग्दी शाखाद्धारा संकलित राहतलाई वितरण गर्न सुरु गरिएको हो । शनिवार अन्नपूर्ण गाउँपालिकाका बाढीपहिरो पीडितहरुलाई मगर संघ म्याग्दीले विभिन्न क्षेत्रबाट संकलित राहत वितरण गरेको छ । […]
C91H3HJ www.yandex.ru
C91H3HJ www.yandex.ru
comments
Let me send comments for you. 10,000 comments cost $1, 100,000 comments cost $5 You can ...
Kumar Kc
बधाइ छ पुनम भाइ लाइ
Krishna Paudel
सान्दर्भिक र यथार्थ लेखन...
Narayan Gharti Chhetri
राम्रो
Bhim Barma
के मल्ल हरु समाल बंशी हुन् त ? हुन त यो कुरा यो लेख को गौड बिषय हो तै पनि. खै भाषा मा प...
Kumar Kc
तातोपानि बजार मा रहेको सहकारि ३,३ पटक चोरी भयो हामि ले समय मै जानाकारि गरायका थियोै प्रहरि...
Chandraprakash Baniya
सतीदेवीको गला पतन भएको ठाउँमा शक्तिपीठ स्थापित भएको कुरा कुनै धर्मग्रन्थमा लेखिएको छैन ।...
नारायण् नारायण्...
बबियाचौर ,अर्मन ,कुहु ,बर ङ्जा ,दर्बाङ्ग ,बिम ,ताकम ,देवीस्थान ,रुम ,ओखर बोत र निस्कोत लाई...
Khem Thapa
200% sahi Bikas ka nam ma bibhinna Natakiya yojana dekhayara Farji bill dekhayar Janata ka...