ताजा समाचार:
Search

म्याग्दी समाचार

घारखोला जलविद्युतमा समझदारी

म्याग्दी — स्थानीयवासीसँगको असमझदारी साम्य भएपछि निर्माणाधिन १४ मेगावाटको घारखोला जलविद्युत आयोजनाको बाँध र सुरुङ निर्माण अवरोध हटेको छ । सामाजिक सहयोग कार्यक्रमअन्तर्गत आयोजनाले प्रभावित क्षेत्र अन्नपूर्ण गाउँपालिका ५ र ६ मा कुल लागतको शुन्य दशमलव ७५ प्रतिशतले हुने १ करोड ८० लाख रुपैयाँ गाउँपालिकाको रोहवरमा खर्च गर्ने सहमति भएपछि अवरोध हटेको हो । आयोजनाका प्रतिनिधि, गाउँपालिका […]

सहकारीद्वारा क्षमता अभिवृद्धि तालिमको आयोजना

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असोज ९ ।सेतो गुराँस महिला बचत तथा ऋण सहकारी संस्था गोङ्गबु, काठमाडौंको आयोजनामा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । सहकारी संस्थाको सञ्चालक समिति र उपसमितिका पदाधिकारीहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । सहकारीकर्मीको क्षमता वृद्धि तथा नयाँ ऐनको बारेमा जानकारी गराउने उद्देश्यसहित तालिम आयोजना गरिएको सहकारीले जनाएको छ […]

पुरै वडाले लियो जाँडरक्सी नखाने र जुवातास नखेल्ने सपथ

पर्वत –  महाशिला गाउँपालिका वडा नं. ३, बालाकोट जाँडरक्सी नियन्त्रित वडा घोषणा भएको छ ।  सोमबार एक कार्यक्रमका बीच बालाकोटलाई जाँडरक्सी र जुवातास नियन्त्रित क्षेत्र घोषणा गरिएको हो । घोषणा कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य पदम गिरीले सामाजिक रुपान्तरण अभियानमा बालाकोटबासीले सुरु गरेको अभियान सह्रानीय भएको बताउनुभयो । कार्यक्रममा सांसद गिरीले समृद्धि उन्मुख मुलुकलाई लक्ष्यमा पुर्‍याउनका […]

रत्नेचौरमा रक्तदान कार्यक्रम सम्पन्न

विकल्प न्यूज/बेनी असोज ८ गते । बेनी नगरपालिका १ रत्नेचौरमा आयोजित रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् । रत्नेचौर जागरण समुहले आफ्नो प्रथम वार्षिक उत्सवका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाईटी अन्तर्गत स्थापना भएको रक्तसञ्चार सेवा केन्द्र,रत्नेचौर स्वास्थ्यचौकी र बेनी अस्पतालले प्राविधिक सहयोग गरेको समुहका अध्यक्ष गणेश बोगटीले जानकारी दिनुभयो […]

महिलाहरुलाई लैङ्गिक विभेदविरुद्ध पैरवीसम्बन्धी तालिम

विकल्प न्यूज/बेनी असोज ८ गते । महिलाहरुका लागि सशक्तिकरण र लैङ्गिक विभेदविरुद्ध पैरवी तथा उद्घोषण तालिम म्याग्दीमा सुरु भएको छ । बेनी नगरपालिकाको आयोजना, सिविन नेपालको संयोजन र प्लान इन्टरनेशनल नेपालको सहयोगमा सदरमुकाम बेनीमा तालिम सञ्चालन गरिएको हो । महिलाहरुलाई सशक्तिकरण गराउने तथा लैङ्गिक हिंसाविरुद्ध पैरवी गर्ने र उद्घोषणकला सिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बेनी […]

काभ्रेभिरमा अवरुद्ध सडक खुल्यो

विकल्प न्यूज/बेनी असोज ७ गते । बेनी–जोमसोम सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका ३ दाना खण्डको काभ्रेभिरमा अवरुद्ध सडक आइतवार साँझदेखि खुलेको छ । नेपाली सेना र नेपाल प्रहरीले विस्फोटक पदार्थको सहायताबाट पहरा फुटाएर ट्रयाक खोलेको हो । एकहप्ताको प्रयासपछि सडक खुलाइएको छ । मुस्ताङ जाने तिर्थयात्रीको चाप हुने समयमा सडक बन्द हुँदा समस्या हुने भएकाले सडक […]

मुटुरोगी मिजारलाई शान्ति कोषको २५ हजार सहयोग

विकल्प न्यूज/बेनी असोज ७ गते । आर्थिक अभावका कारण उपचार गर्न समस्या भएकी म्याग्दीकी एक बालिकालाई परोपकारी संस्था ओमकुमारी शान्ति कोषले २५ हजार सहयोग गरेको छ । बेनी नगरपालिका–९ कोशेपानीकी १६ बर्षिय सपना मिजारको मुटुमा समस्या देखिएपछि उपचामार आवश्यक पर्ने आर्थिक अभावले घर फर्किएको समाचार भएपछि मिजारलाई कोषका अध्यक्षले आपतकालिन सहयोगका लागि २५ हजार पीडित […]

तल्लो मोदीको ९५ प्रतिशत काम सकियो, दशैं अघि बिजुली बाल्ने लक्ष्य

विकल्प न्यूज/पर्वत असोज ७ गते । पर्वत जिल्लामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत् आयोजनाले दशैँअघि उत्पादन शुरु गर्ने बताएको छ । २० मेगावाट क्षमताको सो आयोजनाले गत वर्षकै असारमा उत्पादन गर्ने भनिए पनि दशैँअघि मात्र उत्पादन दिने जनाएको हो । स्थानीयवासीको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले निर्माणमा ढिलाइ भएको र तोकिएको मितिमा निर्माण हुन नसकेको […]

विश्वामित्र सहकारीको सातौं वार्षिक साधारणसभा

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असोज ६ । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार आठौं स्थापना दिवस तथा सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०६८ सालमा स्थापित सहकारीमा ३ सय ३७ जना शेयर सदस्य रहेका छन्भने कुल शेयर पुँजी दुई करोड ६९ लाख ८६ हजार ९०० रुपैयाँ रहेको […]

बेनी बचत तथा ऋण सहकारी संस्थाको साढे २७ करोड लगानी

विकल्प न्यूज/बेनी असोज ६ गते ।     म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभा शनिवार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि एवम् संस्थाका पूर्व अध्यक्ष टंक हमालले सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सहकारी ऐनलाई पूर्ण रुपमा आत्मसाथ गर्दै […]

मिर्गौला रोगको लक्षण र निदान

रमिता खतिवडा मानव शरीरमा दुईवटा मिर्गौला हुन्छ । जसको काम शरिरभित्र उत्पन्न हुने विभिन्न विकार पदार्थलाई पिसाब मार्फत बाहिर फाल्ने, शरीरमा आयोडिन, क्याल्सियम, सोडियमको मात्रालाई सन्तुलन गर्ने, शरीरमा हेमोग्लोबिनको मात्रालाई कायम राख्नका लागी इरेथ्रोप्रोटिन हर्मोनका साथै अरु थुप्रै हर्मोन उत्पादन गर्ने काम पनि मिर्गौलाले गर्दछ । वंशाणुगत गुण, जन्मजात रोग, मधुमेह, उच्च रक्तचाप, किड्नीको सङ्क्रमण, […]

भगवतीमा माछापुच्छ्रेको शाखा रहित बैङ्कीङ सेवा सुरु

विकल्प न्यूज/बेनी असोज ५ गते । माछापुच्छ्रे बैङ्कले म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीको अधेरीखोलामा शुक्रबार ग्राहक सेवा केन्द्र स्थापना गरेर शाखारहित बैङ्कीङ सेवा सुरु गरेको छ । भगवती, बेगखोला र पिप्लेका बासिन्दालाई गाउँमै बैङ्कीङ सेवा उपलब्ध गराउने उद्देश्यले २९ औ सेवा केन्द्र स्थापना गरिएको बैंकको बेनी शाखाका प्रबन्धक श्रीधर ढुङ्गानाले बताउनुभयो । सेवा केन्द्रबाट निक्षेप […]

कस्तुरी सहकारीको अध्यक्षमा पुनः शाक्य चयन

विकल्प न्यूज/बेनी असोज ४ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः राजेश शाक्य निर्वाचित हुनुभएको छ । विहिवार सम्पन्न नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट शाक्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरिएको हो । संस्थाको उपाध्यक्षमा सुन्दरकुमार श्रेष्ठ, सचिवमा विनय श्रेष्ठ, सहसचिवमा सुविन श्रेष्ठ र कोषाध्यक्षमा सुन्दरमान शेरचन चयन हुनुभएको […]

म्याग्दी खोला जलविद्युतको पीपीए, पाँच वर्षमा बिजुली उत्पादन

विकल्प न्यूज/बेनी असोज ४ गते । विद्युत् प्राधिकरण र हाइड्रो भिलेज प्रालिबीच ‘म्याग्दी खोला जलविद्युत् आयोजना’ (५७.३ मेगावाट) को विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ । पीपीएमा आयोजनाको प्रवर्द्धक कम्पनी हाइड्रो भिलेजका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका छन्। आयोजनाले पाँच वर्ष भित्रमा बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ। […]

कस्तुरी सहकारीद्धारा शान्तिकोषलाई दुइलाख रुपियाँ सहयोग

विकल्प न्यूज/बेनी असोज ४ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्थापना दिवसका अवसरमा परोपकारी कार्यमा क्रियाशिल ओमकुमारी शान्तिकोषलाई दुइलाख रुपियाँ सहयोग गरेको छ । विहिवार सहकारीको नवौं बार्षीक साधारसभा तथा तेस्रो अधिवेशनमा संस्थाका अध्यक्ष राजेश शाक्य,प्रमुख अतिथि बेनी नगरपालिका ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले शान्तिकोषका कोषाध्यक्ष खमवहादुर थापालाई उक्त रकम […]