म्याग्दी समाचार

पर्वत बेनीमा दसैं शुभकामना आदानप्रदान कार्यक्रम

विकल्प न्यूज/बेनी असोज २६ गते । पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीमा शुक्रवार विजया दशमी,तिहार र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । पर्वत बेनी खानेपानी तथा सरसफाई सह लगानी आयोजना उपभोक्ता संस्थाले शुभकामना कार्यक्रमको आयोजना गरेको हो । जलजला गाउँपालिकाका अध्यक्ष याम वहादुर मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष मल्लले नेपालीहरुको मौलिक […]

बेनी अस्पतालका अध्यक्ष कटुवालद्धारा पदभार ग्रहण

विकल्प न्यूज/बेनी असोज २६ गते ।बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बिहीबारदेखि कार्यभार सम्हाल्नुभएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार मंगलबार आगामी तीन वर्षका लागि अध्यक्षमा नियुक्त हुनुभएको थियो । अध्यक्ष कटुवाललाई अस्पताल र स्वास्थ्य कार्यालयका कर्मचारीहरुले स्वागत गरेका थिए । उहाँले सबै पक्षसँग समन्वय गरेर अस्पतालको सेवालाई गुणस्तरीय […]

पुराना मठमन्दिरको संरक्षण गरेर धार्मिक पर्यटन प्रवद्र्धन गरौं ः मन्त्री अधिकारी

विकल्प न्यूज/जलजला असोज २५ गते ।  उत्ररी पर्वतको जलजला गाउँपालिका–३ मा मल्लाजमा एक समाजसेवीले ब्यक्तिगत लगानीमा ऐतिहासिक मल्लाज कोत मन्दिरको पुनः निर्माण गर्नुभएको छ । १२ औं शताब्दीमा निर्मित कोत भगवती मन्दिरको पुननिर्माण तथा संरक्षणमा मल्लाज स्थायी घरभई हाल काठमाण्डौको ताहचल बस्ने शिवकुमार श्रेष्ठले स्वर्गीय मातापिता बाबुलाल र बालकुमारी श्रेष्ठको स्मृतिमा करिव ३५ लाखको लागतमा […]

म्याग्दीमा नेकपाको जिल्ला सहित स्थानीय तहमा संयन्त्र गठन

विकल्प न्यूज/बेनी असोज २५ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को म्याग्दीमा जिल्ला सहित सवै स्थानीय तहमा पार्टी संयन्त्र गठन भएको छ । नेकपाका गण्डकी प्रदेशका सह इन्र्चाज खगराज अधिकारी, अध्यक्ष हितराज पाण्डे र प्रदेश कमिटीका सचिब गोबिन्द नेपालीको उपस्थितिमा बसेको बैठकले सर्बसम्मत रुपमा जिल्ला देखी स्थानीय तह सम्म पार्टी संयन्त्र गठन गरेको केन्द्रिय सदस्य भुपेन्द्रवहादुर […]

मिस्त्री खोलाको भौतिक प्रगति ६२ प्रतिशत पूरा

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज असोज २५ गते । मिस्त्री खोला जलविद्युत आयोजनाको विद्युत गृह निर्माण गरिँदै । तस्विर ठाकुरप्रसाद आचार्य म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ मा निर्माणधीन ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत आयोजनाको ६२ प्रतिशत निर्माण पुरा भएको छ । प्रवद्र्धक रोवष्ट इनर्जी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको २७ महिना अघि निर्माण सुरु गरिएको थियो । […]

सामुदायिकमा दशैं–तिहार विशेष कार्यक्रम

विकल्प न्यूज/बेनी असोज २४ गते ।   म्याग्दीको सदरमुकाम बेनीस्थित रहेको बेनी सामुदायिक माध्यमिक विद्यालयमा मङ्गलबार दशैं–तिहार विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पाँचदिने खेलकुद कार्यक्रम तथा प्रथम चौमासिक परीक्षाको पुरस्कार वितरण, शुभकामना आदानप्रदान र सांस्कृतिक कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद विनोद केसीले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नका लागि स्थानीय […]

धौलागिरी सहकारीको ३२ करोड ८८ लाख लगानी

विकल्प न्यूज/बेनी असोज २४ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुधबार १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल १११७ जना शेयर सदस्य रहेकोमा शेयर पुँजी चार करोड ७३ लाख ८० हजार दुईसय, निक्षेप सङ्कलन ३१ करोड १२ लाख ४६५ र लगानी ३२ करोड ८८ लाख ६८ […]

दसैंका लागि मुस्ताङ र तिब्बतबाट आए भेडा र च्याङ्ग्रा

प्रताप बानियाँ /बेनी असोज २४ गते ।  यस वर्षको दसैं नजिकिँदै गर्दा हिमालपारीको जिल्ला मुस्ताङ र छिमेकी देश चीनको तिब्बतबाट भेडा–च्याङ्ग्रा भित्रिन थालेका छन् । म्याग्दी जिल्लासहित देशका विभिन्न जिल्लाहरुबाट व्यापारीहरु हिमाली जिल्ला मुस्ताङ र तिब्बतको सिमानासम्म पुगेर भेडा–च्याङ्ग्रा खरिद गरेर ल्याएका छन् । दसैं नजिकिँदै जाँदा मुस्ताङ–तिब्बत नाका कोरलाबाट भेडा–च्याङ्ग्राको आयात सुरु भएको हो […]

ट्रेड युनियनको शुभकामना आदान प्रदान कार्यक्रम

विकल्प न्यूज/बेनी असोज २४ गते ।  नेपाल ट्रेड युनियन स्वतन्त्र काँग्रेस जिल्ला शाखा म्याग्दीले दशै तिहारको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बुधवार बेनीमा बिजयदशमी तथा शुभ दिपावली एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेको हो ।  नेपाल ट्रेड युनियन म्याग्दीका अध्यक्ष कमल ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेस […]

६३ औं प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम

विकल्प न्यूज/बेनी असोज २४ गते ।       ६३ औं प्रहरी दिवसका अवसरमा बेनीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस अन्तर्गत रहेको रक्त सञ्चार केन्द्र र बेनी अस्पतालको सहयोगमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको प्रमुख जिल्ला लीलाधर अधिकारीले उद्घाटन गर्नुभएको हो । प्रहरी नायव उपरिक्षक वीरवहादुर वुढा मगर सहित […]

डिम्ब आधारभूत विद्यालयमा विविध कार्यक्रम

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असोज २४ ।म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीमा सञ्चालित डिम्ब आधारभूत विद्यालयमा मङ्गलबार विविध कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजनामा अभिभावक भेला, प्रथम त्रैमासिक परीक्षाको पुरस्कार वितरण, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले विकासको मूल आधार शिक्षा भएको हुँदा शैक्षिक क्षेत्रको […]

बेनी अस्पताल विकास समितिको अध्यक्षमा कटुवाल

विकल्प न्यूज/बेनी असोज २३ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालको अध्यक्षमा बेलबहादुर कटुवाल मनोनित हुनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका कटुवाललाई गण्डकी प्रदेस सरकारले अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनित गरेको हो । गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्री नरदेबी पुनको मन्त्रीस्तरीय बैठकको निर्णयबाट कटुवाल अध्यक्ष पदमा मनोनित […]

‘उत्कृष्ट खेलाडी’ अरुणा शाही ठकुरी ‘डबल सेलिब्रेसनमा’ (भिडियो सहित)

अरुणा शाही ठकुरी, नेपालकी उदीयमान भलिबल खेलाडी हुन् । चितवन टाइग्रेसकी ‘टाइग्रेस’ । हुन त उनले पहिला पनि आफ्नो खेलमार्फत् लोकप्रियता नकमाएकी होइनन् । यद्यपी, केही समय यता खेल क्षेत्रमा उनको चर्चा चल्न थालेको छ । यो लोकप्रियता राष्ट्रिय भलिबल प्रतियोगितामा प्राप्त जीतको नतिजा हो । नेपाल भलिबल संघ र आधीआवादी फाउन्डेसनको संयुक्त आयोजनामा भएको […]

एकसय ४४ औँ विश्व हुलाक दिवसको अवसरमा खत्री सम्मानीत

विकल्प न्यूज/बेनी असोज २३ गते । एकसय ४४ औँ विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय म्याग्दीले उतकृष्ट कर्मचारीको रुपमा ठाकुप्रसाद खत्रीलाई सम्मान गदै दिवस मनाएको छ हुलाक कायार्लयमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी र हुलाक अधिकृत साधना कुमारीद्धारा खत्रीलाई प्रमाणपत्र र दोषल्लाले सम्मान गरिएको थियो । २०४० सालदेखि इमान्दार रुपमा हुलाकको नियम […]

बेनीमा चौथो ‘एभरग्रीन कप’ फुटवल प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी असोज २३ गते ।  बेनीमा मंगलबारदेखि चौथो एभरग्रीन कप फुटबल प्रतियोगिता सुरु भएको छ ।  एभरग्रीन युवा क्लवले बिजया दशमी पर्वको अवसरमा आयोजना गरेको प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक एभरग्रीन युवा क्लवले कालीपुल यूनाईटेडलाई २ का विरुद्ध ३ गोल गर्दै एभरग्रीनले बिजयी सुरुवात गरेको छ ।गण्डकी प्रदेशका […]