म्याग्दी समाचार

थकाली युवा परिवारद्धारा आगोलागी पीडितलाई सहयोग

विकल्प न्यूज/बेनी पुस २३ गते । थकाली युवा परिवार बेनीले मालिका गाउँपालिका ५ जुग्जाको आगोलागि पीडित चेतनारायण शेरचनलाई राहत सहयोग गरेको छ । थकाली सेवा समिति बेनीको कार्यालयमा आयोजित कार्यक्रममा परिवारका अध्यक्ष दिलीप गौचन, उपाध्यक्ष तेजिन्द्र शेरचन लगायतले सोमबार शेरचनलाई परिवारको तर्फबाट १६ हजार ६०० रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । गत मंसिर ६ गते भएको […]

घुम्ती टोली मार्फत जलजलामा साढे १४ लाख राजश्व संकलन

विकल्प न्यूज/बेनी पुस २३ गते । जलजला गाउँपालिकाले परिचालन गरेको घुम्ती टोली मार्फत साढे १४ लाख रुपैयाँ सम्पत्ति तथा भुमिकर संकलन भएको छ ।पुस ७ गते ३ नम्बर वडा कार्यालय मल्लाजबाट सुरु भएको घुम्ती शिविर मार्फत दिनको अवधिमा ९ वटा वडाका दुई हजार ५६७ जनाबाट १४ लाख ५६ हजार ९२३ रुपैयाँ भूमी तथा सम्पत्ति कर […]

गाउँपालिकाले ग¥यो नारच्याङमा पुगेर योजना सम्झौता

साधन राम्जाली/विकल्प न्युज बेनी पुस २३ गते ।वडामा हुने विकास निर्माणका काम अन्तर्गत प्रशासनीक प्रक्रियालाई छिटो, सरल र सहज बनाउन अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर योजना सम्झौताको काम थालेको छ । वडामा पुगेर योजना सम्झौता गर्न पहिलो चरणमा वडा नं ४ नारच्याङबाट सुरु गरेको गाउँपालिकाका नायव सुब्बा कुलप्रसाद आचार्यले जानकारी दिनुभयो । अभियानको पहिलो दिन नारच्याङमा […]

म्याग्दीका उच्च भेगमा हिमपात,चिसोले जनजिवन कष्टकर

साधन राम्जाली/विकल्प न्यूज पुस २३ गते । म्याग्दीका उच्च भेगमा सोमवार दिउसो सामान्य हिमपात भएको छ । गय रातीदेखी उच्च पहाडी भेगमा हिउँ परे संगै म्याग्दीमा चिसो बढ्न थालेको छ । अत्याधिक चिसको कारण धारा टंकी र पानी जमेर बरफ बनेपछि पिउने पानी र सरफाइका लागि पानीको अभाव हुने गरेको स्थानीयको भनाई छ । मौसममा […]

थर्पुमा विद्युत सर्ट हुँदा एक घर जलेर नस्ट

साधन राम्जाी मगर/ विकल्प न्युज बेनी   पौष २२ गते । म्याग्दीको मंगला गाउँपालिका –४ थर्पुको एक घरमा आगलागि हुँदा ठुलो भौतिक क्षती भएको छ । आइतबार दिउँसो विद्युत सर्ट हुँदा दुई थुर्प निवासी लाल बहादुर रोका मगरको पक्की दुईतले घर जलेर नस्ट भएको स्थानियलाई उद्धित गर्दै मंगला गाउँपालिकाका कृषि शाखा प्राविधिक जगत वानियाँले जानकारी दिनुभयो […]

मिर्गौला पीडित सुरेशलाई युकेबाट एक लाख सहयोग

विकल्प न्यूज/बेनी पुस २२ गते । दुवै मृगौलाले काम गर्न छाडेपछि थलिएर अस्पतालमा उपचाररत म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका सुरेश छन्त्यालको उपचारका लागि युकेबाट १ लाख तीन हजार रुपियाँ सहयोग भएको छ । धौलागिरि गाउँपालिका–५ मल्कबाङ घर भई हाल युकेमा रहनुभएका शेर छन्त्यालको नेतृत्वमा त्यहाँ रहेका छन्त्याल समुदायबाट सो सहयोग संकलन भएको थियो । मल्कबाङ […]

शैक्षीक गुणस्तर बृद्धिका लागि रघुगंगामा ४ दिने छलफल सुरु

साधन राम्जाली / विकल्प न्यूज पुस २२ गते । रघुगंगा गाउँपालिकामा सामुदायिक विद्यालयका प्रअ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई अनुशिक्षण दिन सुरु गरिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि तथा शैक्षिक सधार गर्न म्याग्दीको रघुगंगा गाउँपालिका केन्द्र मौवाफाँंटमा आईतबार देखी अनुुशिक्षण कार्यक्रम सुरु भएको हो । गाउँपालिकाको शैक्षिक नियमावली निर्माण र सम्भावित शैक्षिक विषयबस्तु […]

नवमालिका सहकारीको साधारणसभा सम्पन्न

बिकल्प न्युज/ बेनी पुस २२ गते   । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको नवमालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा मन्तब्य व्यक्त गर्नुहुदै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले सहकारी संस्थाहरुले रोजगारि सिर्जना हुने उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । सहकारी ऐन अनुसार संस्था सञ्चालन गर्न पनि […]

तातोपानीमा ‘बाथ टव’ निर्माण

विकल्प न्यूज/बेनी पुस २२ गते । प्राकृतिक चिकित्सालयको रूपमा चर्चित म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा उपचारका लागि स्नान गर्न (डुब्न) आउने बिरामीलाई लक्षित गरी ‘बाथ टब’ निर्माण गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित तातोपानी कुण्डमा बिरामीको अत्यधिक चाप बढेसँगै पूर्वाधार विस्तार गर्ने क्रम पनि बढिरहेको छ । विशेषगरी पछिल्लो समय विदेशी पर्यटक र नेपालका विशिष्ट […]

मोहनचोक–मल्लाज सडक ट्याक खुलेको दुई दशकपछि स्तरोन्नती सुरु

बिकल्प न्युज / बेनी पुस २२ गते । जलजला गाउँपालिका ४ मोहनचोक देखि मल्लाजको फड्केढुङ्गा जोड्ने सडक स्तारोन्नती सुरु भएको छ । बेनी–मालढुङ्गा सडकको मोहनचोक खण्डदेखि फड्केढुङ्गा हुदै मल्लाज जोड्ने पाँच किलोमिटर २५० मिटर सडक स्तरोन्नती गर्न लागिएको हो । ट्याक खुलेको बीस वर्षपछि गाउँपालिकाको पहलमा स्तरोन्नती गर्न सुरु भएको छ । २०५५ मा विश्व […]

बगरफाँटमा आयोजित महायज्ञमा एकै दिन पन्ध्र लाख संकलन

बिकल्प न्युज/बेनी पुस २२ गते । जलजला गाउँपालिका २ बगरफाँटमा सामुदायिक विद्यालय सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले सञ्चालित महायज्ञको छैटौ दिन शनिबारसम्म ३१ लख ६२ हजार ९४६ रुपैयाँ सहयोग संकलन भएको छ । शुक्रबार पाँचौ दिनसम्म १६ लाख ९० हजार ३३३ रुपैयाँ संकलन भएको महायज्ञको छैटौ दिन शनिबार एकै दिन थप १५ लाख दुई हजार […]

व्यवसायी केसीद्धारा कालीपुलमा नाली मर्मत गरेर ढल व्यवस्थापन

बिकल्प न्युज बेनी पुस २२ गते । म्याग्दी प्रवेशद्धार बेनीको कालीपुल बसपार्कको सडक छेउको नाली एक व्यवसायीले व्यक्तिगत खर्चमा मर्मत गर्नुभएको छ । कालीपुलको केवी अटो पाट्र्स एण्ड मोटरसाईकल सर्भिस सेन्टरका सञ्चालक खेम केसीले सडकबाट बग्ने ढललाई नाली बनाएर व्यवस्थापन गर्नुभएको हो । दुई दिनसम्म चार जना मजदुर र चार घण्टा ब्याकुहोलोडर परिचालन गरेर करिब […]

म्याग्दी जेसीजको अध्यक्षमा खम थापा निर्वाचित

विकल्प न्यूज/बेनी पुस २२ गते । म्याग्दी जेसीज २०१९ को अध्यक्षमा बेनीका खम थापा निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न भएको २० औं वार्षीक साधारणसभा तथा शाखा अधिवेशनले थापालाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले बरिष्ठ कार्यकारीणी उपाध्यक्षमा भरत रकाल,कार्यकारीणी उपाध्यक्षमा विरेन्द्र श्रेष्ठ,सुजन बरुवाल,महासचिव सन्दीप खत्री,कोषाध्यक्ष अर्जुन पौडेल,शाखा सम्पादक भिमनाथ शर्मा,उपाध्यक्षहरुमा रमेश आचार्य,निर्मल खत्री र सुमन […]

मिस एण्ड मोडल म्याग्दीको ताज छन्त्याललाई

विकल्प न्यूज/बेनी पुस २१ गते । मिस एण्ड मिस्टर मोडल म्याग्दी २०१८ को उपाधि हेना खड्का छन्त्यालले जितेकी छिन् । १५ प्रतिस्पर्धीलाई पछि पार्दै मिस म्याग्दी मोडलको उपाधि बेनी नगरपालिका ८ क्याम्पसचोककी १४ वर्षीय छन्त्यालले जितेकी हुन ।  शनिवार बेनी स्थित कर्भड हलमा भएको ग्राण्ड फिनालेमा विभिन्न चरणहरु पार गर्दै छन्त्यालले मिस म्याग्दीको ताज पहिरिन सफल भएकी […]

निर्माण व्यवसायी संघ म्याग्दीमा फेरी किचलो !

विकल्प न्यूज/बेनी पुस २१ गते । निर्माण व्यवसायी संघ म्याग्दीको बिवादका कारण स्थगित भएको अधिवेशनको मिति तय भएपनि किचलो कायमै छ । संघको गत भदौ २६ गतेको बैठकले मंसिर १५ गते तय गरेको एघारौ अधिवेशन तथा १८ औ साधारणसभा पुष १७ गतेको भेलाले अधिवेशन आयोजक समिति गठन गरि माघ ५ गते अधिवेशनको मिति तय भएपनि […]