म्याग्दी समाचार

गिद्धेश्वर महायज्ञको पाँचौ दिनसम्म करिब ३६ लाख संकलन

विकल्प न्यूज/बेनी फागुन ९ गते ।  जलजला गाउँपालिका ५ लेकफाँटमा रहेको गिद्धेश्वर शिवालय मन्दिरमा आयोजित श्रीमद् भागवत ज्ञान महायज्ञको पाँचौ दिन बिहीबार सम्म करिब ३६ लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ । धार्मिक पर्यटकीय सम्भावना बोकेको गिद्धेश्वर शिवालय मन्दिरको संरक्षण र नियमित पुजा सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले फागुन ५ गतेदेखि सुरु भएको महायज्ञको पाँचौ […]

बेनीमा गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी फागुन ९ गते । म्यादीको सदरमुकाम बेनीमा गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, पोखरा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा संचालित प्रतियोगिता ४ दिनसम्म सञ्चालन हुने छ । आठांै राष्ट्रिय खेलकुद २०७५ मा गण्डकी प्रदेशबाट सहभागिता जनाउने खेलाडी छनोटका लागि आयोजना गरिएको प्रतियोगिताको उद्घाटन गण्डकी […]

खाद्य पदार्थको गुणस्तरमा जोड

विकल्प न्यूज/बेनी फागुन ८ गते । बुधवार बेनीमा आयोजना गरिएको एक कार्यक्रमका वक्ताहरुले खाद्य प्रदार्थको गुणस्तरमा जोड दिएका छन् । मानव स्वास्थ्य सँग जोडिएका उपभोग्य वस्तुहरु आयत गर्दा गुणस्तरमा ध्यान दिनुपर्ने कार्यक्रमका वक्ताहरुले बताएका हुन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा बेनीका सरोकारवाला सँग गरेको एस पि एस […]

बेनीमा हुने गण्डकी प्रदेश स्तरीय व्याडमिण्टन छनौट प्रतियोगिताको तयारी पुरा

विकल्प न्यूज/बेनी फागुन ८ गते । म्याग्दी सदरमुकाम बेनीमा विहिवारदेखि सुरु हुने गण्डकी प्रदेश स्तरीय व्याडमिण्टन छनौट प्रतियोगिताको तयारी पुरा भएको छ । ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको गण्डकी प्रदेश स्तरीय छनौटको लागि आयोजित प्रतियोगिताको लागी गण्डकी प्रदेशका विभन्नि जिल्लाबाट भाग लिने खेलाडीहरु बेनी आईपुगेका छन् । प्रतियोगिता बेनीको कालिपुल स्थित कबर्डहलमा सञ्चालन हुनेछ । […]

२०१९ गण्डकी प्रदेशको आन्तरिक पर्यटन वर्ष : १५ लाख पर्यटक भित्र्याउने

८ फागुन, पोखरा ।  गण्डकी प्रदेश सरकारले सन् २०२२ मा प्रदेशमा २२ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । प्रदेशका पर्यटकीय गन्तव्यको पहिचान र विकास गर्दै लक्ष्य पूरा गर्ने योजनामा प्रदेश सरकार छ । लक्ष्य पूरा गर्न गण्डकी सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी देशका पर्यटक आकर्षण वर्षका रुपमा मनाउने नीति […]

मंगलाको राष्ट्रपति रनिङ्ग शिल्डमा महेन्द्ररत्न माविको अग्रता

सिजन रोका/विकल्प न्यूज बाबियाचौर ८ फागुन । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सञ्चालित अन्तर मावि छात्रछात्रा स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बरंजाको महेन्द्ररत्न माविले अग्रता कायम गरेको छ । तीन वटा खेलको फाइनल बाँकी रहदाँसम्म बुधबारसम्म भएका खेलहरुमा ९ वटा स्वर्ण पदक सहित महेन्द्र रत्न माविले अग्रता कायम गरेको हो । ७ वटा स्वर्ण पदक […]

स्थानीय तहहरुमा पनि प्रजातन्त्र दिवस मनाइयो

विकल्प न्यूज /बेनी फागुन ७ गते ।  म्याग्दीका स्थानीय तह र वडा स्तरमा पनि मंगलबार विभिन्न कार्यक्रम गरेर ६९ औ प्रजातन्त्र दिवस मनाइएको छ । धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको आयोजनामा प्रजातन्त्र दिवस मनाइएको हो । धवलागिरी गाउँपालिकाको ७ वटै वडा कार्यालय, स्वास्थ्य चौकी र सामुदायिक विद्यालयहरुको आयोजनामा सरफाई कार्यक्रम गरेर दिवस मनाइएको गाउँपालिकाका अध्यक्ष थमसरा […]

मंगलामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु(फोटोसहित)

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, फागुन ७ गते ।  ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा मङ्गलबारदेखि प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजना र मंगला खेलकुद विकास समिति बाबियाचौरको व्यवस्थापनमा अन्तर माध्यमिक विद्यालय छात्रछात्रास्तरीय प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति […]

सरसफाई गरेर मनाइयो मुदीमा प्रजातन्त्र दिवस (फोटो)

विकल्प न्यूज/बेनी फागुन ७ गते । म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीमा ६९ औं प्रजातन्त्र दिवस मनाइएको छ । प्रजातन्त्र दिवसका अवसरमा मुदी स्थित बुद्धि विकास माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरुले गाउँमा सरसफाई गरेर प्रजातन्त्र दिवस मनाएका हुन । विभिन्न नारा लेखिएका प्यलेकार्ड सहितको विद्यार्थीहरुको ¥यालीले गाउँ परिक्रममा पनि गरेको थियो । तस्विर लोकमान चोचाङ्गी

बेनी अस्पताल भवन निर्माण – दुइवर्षमा २० प्रतिशत काम

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज म्याग्दी,फागुन ७ गते ।  बेनी अस्पताल परिसरमा निर्माणधीन अवस्थामा रहेको अस्पतालको भवन । तस्विर ठाकुरप्रसाद आचार्य म्याग्दीको सदरमुकाम बेनीमा निर्माणधिन अवस्थमा रहेको बेनी अस्पतालको भवन निर्माण सुस्त गतिमा छ । निर्माण व्यवसायीको लापरबाहीका कारण निर्माणले गति लिन नसकेको हो । दुइवर्ष अघि निर्माण थालिएपनि अझै जगबसाल्ने काम सकिएको छैन । निर्माणको जिम्मा […]

६९ औं प्रजातन्त्र दिवसका अवसरमा पदमार्ग सरसफाई

विकल्प न्यूज/बेनी फागुन ६ गते ।  म्याग्दीमा सोमबारदेखि ६९ औ प्रजातन्त्र दिवस मनाउन सुरु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको संयोजकत्वमा गठन भएको मूल समारोह समितिको आयोजनामा दिवस मनाउन सुरु भएको हो । दिवसको पहिलो दिन बेनी नगरपालिकाको संयोजनमा बेनीको हाँडेभिर देखि खबरामा रहेको लभ्लिहिल पदमार्ग सरसफाई गरेका छन् । जनप्रतिनिधि, सरकारी अधिकारी, […]

मालिकामा सम्पन्न ‘प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड’मा कुन विद्यालयलाई कति पदक ?

साधन राम्जाली/विकल्प न्यूज दरबाङ,फागुन ६ गते ।  म्याग्दीको मालिका गाउँपालिका दरबाङ्गमा आइतबार सम्पन्न प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि भिम मावि राजदाङ्ग देविस्थानले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा भिम माविले एथलेटिक्सतर्फ आठ स्वर्ण जित हात पार्दै उपाधि हात पार्न सफल भएको हो । ६ स्वर्ण लिएको केवि बोडिङ्ग स्कुल दरबाङ्ग द्धितिय तथा चार स्वर्ण […]

लेकफाँटको गिद्धेश्वरमा महायज्ञ

विकल्प न्यूज/जलजला फागुन ६ गते ।जलजला गाउँपालिका ५ लेकफाँटमा रहेको गिद्धेश्वर शिवालय मन्दिरमा आयोजित श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु भएको छ । धार्मिक पर्यटकीय सम्भावना बोकेको गिद्धेश्वर शिवालय मन्दिरको संरक्षण र नियमित पुजा सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले शनिबार उद्घाटन गरिएको महायज्ञमा आइतबारदेखि प्रवचन सुरु भएको हो । पण्डीत कमलनयन गौतमले धार्मिक प्रवचन गर्नुभएको महायज्ञको […]

घलेम्दी हाईड्रोपावरको कारोबार सुरु

विकल्प न्यूज/बेनी फागुन ५ गते ।  घलेम्दी हाईड्रोपावरको कम्पनीको फागुन ५ गते आइतबारदेखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुला भएको छ। नेप्सेले हाइड्रोपावरको कारोबारको लागि जिएचएल (GHL) कारोबार संकेत प्रदान गरेको छ। यस्तै नेप्सेले हाइड्रोपावरको पहिलो कारोबाका लागि न्यूनतम एक सय रुपैयाँ देखि अधिकतम ३०० रुपैयाँसम्मको ओपिनिङ्ग रेञ्ज प्रदान गरेको छ। आइतबार यसै न्यूनतम १०० […]

जनप्रिय मावि दरबाङलाई कवड्डी तर्फ छात्र तथा छात्राको उपाधि

साधन राम्जाली/दरवाङ फागुन ५ गते । मालिका गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको छात्र तथा छात्रा तर्फको कवड्डी खेलको उपाधि जनप्रिय मावि दरबाङले हात पारेको छ । आइतबार सम्पन्न फानल खेलमा छात्रतर्फ किसानी मावि विमलाई र छात्रामा सिद्धार्थ मावि च्युरिबोटलाई पराजित गरि कवडी खेलको उपाधि चुम्न सफल भएको कार्यक्रम संयोजक सन्तोष सुवेदीले जानकारी […]