म्याग्दी समाचार

उपनिर्वाचन मङ्सिरमा गर्न सुझाव

काठमाडौँ, साउन १७ गते ।  विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले हाल रिक्त हुन आएका स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा सदस्यको पदमा उपनिर्वाचन एकैपटक मङ्सिरमा गर्न सुझाव दिएका छन् । हाल तीन तहमा गरी ३६ जिल्लाको ५० पदमा उपनिर्वाचन गराउनुपर्ने छ । निर्वाचन आयोगले बिहीबार आयोजना गरेको राजनीतिक दलका पदाधिकारीहरूसँगको छलफलमा दलका प्रतिनिधिहरूमध्ये प्रायः सबै दलका प्रतिनिधिले […]

सहकारीको ब्याजमा नियन्त्रण, १६ प्रतिशतभन्दा बढी लिन नपाउने

२०७६ काठमाडौं : साउन १७, सहकारी संस्थाले अब १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन्। सहकारी ऐनको व्यवस्थाअनुसार गठित सन्दर्भ ब्याजदर निर्धारण समितिको बिहीबार बसेको बैठहले बचतमा न्युनतम १० प्रतिशत र ऋणमा अधिकतम १६ प्रतिशत ब्याजदरको सिलिङ तोक्ने सहमति गरेको हो समाचार कारोबार दैनिकमा छ। यद्यपि, समितिको शुक्रबार बस्ने बैठकले औपचारिक निर्णय गर्ने र […]

दरवाङका दुई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट

विकल्प न्यूज/बेनी साउन १६ गते ।   म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ इङलिस बोर्डीङ स्कुलका दुई जना केन्पोकाई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट भएका छन् । जापानको सिजुओकाकिङ हामामाचु मा अगस्त ७ देखि १२ सम्म हुने विश्व केन्पोकाई प्रतियोगितामा भाग लिन नेपालबाट दरवाङका दुई सहित तीन जना खेलाडी छनौट भएका हुन् । नेपाल केन्पोकाईको तर्फबाट १४/१५ […]

म्याग्दीका स्थानीय तहमा न्यायिक समिति मार्फत पीडितलाई घरदैलोमा न्याय

साधन राम्जाली /विकल्प न्यूज साउन १६ गते । संघियता कार्यन्वयन सँगै स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि गठन भएको न्यायिक समितिले न्याय सम्पादन गर्न थालेपछि सर्वसाधारणहरुलाई राहत मिलेको छ । स्थानीय तहमा गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा गठन भएको न्यायिक समिति क्रियाशिल भएपछि सर्वसाधारणहरुले घरदैलोमा न्याय पाउन थालेका हुन । गरिब,विपन्न र न्यायको पहुँच भन्दा बाहिर रहेका […]

समिक्षा गरेर अघि बढ्नुपर्छ–सांसद केसी

विकल्प न्यूज/बेनी साउन १५ गते ।   गण्डकी प्रदेशका सांसद बिनोद केसीले सरकारको कामको प्रभावकारिताको मूल्याङ्कन र समिक्षा गरेर अघि बढ्नुपर्ने अवस्था आएको बताउनुभएको छ । सहिद मनोज झपेन्द्र स्मृति दिवसको अवसर पारेर नेपाल निजामति कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति)ले बुधबार बेनीमा आयोजना गरेको कार्यक्रममा सांसद केसीले जनताले परिवर्तन र सुधारको अनुभूति हुने […]

स्वास्थ्यका कर्मचारी अख्तियारको खोरमा परेपछि कार्यालय सुनसान

विकल्प न्युज म्याग्दी, साउन १५ गते । स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख सहित चार जना कर्मचारी घुस लिएको आरोपमा अख्तियारको खोरमा परेपछि कार्यालय सुनसान बनेको छ । साउन १२ गते सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियारले निमित्त कार्यालय प्रमुख सहित चार जनालाई नियन्त्रणमा लिएको थियो । निमित्त कार्यालय प्रमुख भिमप्रसाद आचार्य, स्टोरकिपर रघुनाथा रेग्मी ,लेखापाल हरिशंकर शर्मा […]

बेनीको सडकमा बेथिति (फोटो/भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन १५ गते । बेनी प्रवेशद्धार नजिक सडक मापदण्ड मिचेर ठडाइएको घर  बेथिति १ बेनी नगरपालिकाको कार्यालय अगाडि सर्वसाधरणलाई आवतजावतमा समस्या हुनेगरी व्यवसायिक टहरा बनाइएको छ । यस्तै सडक मिचेर व्यवसायिक टहरा, ठेलागाडी,टिकट काउन्टर,पेट्रोल पम्प राखिएको छ । बेथिति २. बेनी प्रवेशद्धार नजिक सडक मिचेर घर निर्माण गरिएको छ । नगरपालिकाको अनुमतीविना रातको […]

म्याग्दीमा नेवार समुदायको बर्षे नाच सुरु (फोटो र भिडियो सहित )

विकल्प न्युज म्याग्दी ,साउन १४ गते । म्याग्दीको सदरमुकाम बेनीमा नेवार समुदायको परम्परागत एक महिने बर्षे नाच सुरु भएको छ । यो नाच नेवार समुदायले देशभर विभिन्न कार्यक्रम गरी हरेक बर्ष मनाउने गर्दछन् । बर्षे नाचको पहिलो दिन बेनीमा घण्टाकर्ण पर्व अर्थात गठेमंगल मनाइएको छ ।   बर्षे नाचलाइ नेवार समुदायले असत्य माथि सत्यको जितको […]

गलेश्वरमा दोस्रो सोमबार तिन लाख भेटी संकलन

विकल्प न्यूज/बेनी बेनी १४ साउन । बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा साउन महिनाको दोस्रो सोमबार करिब तिन लाख रुपैया भन्दा बढी भेटि संकलन भएको छ । गलेश्वर क्षेत्र विकास कोषले मंगलबार सरोकारवालाहरुको उपस्थितीमा भेटि गणना गरेर सार्वजनीक गरेको हो । दुई लाख ९९ हजार ३२२ रुपैयाँ भेटि संकलन भएको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी […]

गण्डकी प्रदेशमा एक वर्षमा तीन लाख विदेशी पर्यटक

चिप्लेढुङ्गा, साउन १४गते । गण्डकी प्रदेशमा एक वर्षमा २ लाख ९८ हजार ९ सय ७५ विदेशी पर्यटक प्रवेश गरेको तथ्याङ्क सङ्कलन भएको छ । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ मा पोखरा र आसपासका जिल्लामा प्रवेश गरेका पर्यटकको विवरण सङ्कलनबाट सो तथ्याङ्क बाहिर प्राप्त भएको जनाएको छ । यसअघि पोखरामा कति पर्यटक […]

रुमका पौरखी महिला (भिडियो रिपोर्ट)

विकल्प न्यूज/बेनी साउन १४ गते । रुमका महिलाहरु अल्लो धागोबाट निर्मित कपडा देखाउँदै ।  मालिका गाउँपालिका २ रुमकी मनकुमारी पुनले अल्लोबाट कपडा बुन्न थालेको चारवर्ष भयो । मनकुमारी मात्र होइन रुम गाउँका अधिकांश महिलाहरु अल्लो धागोबाट कपडा बनाउँछन् । सरकारी निकाय र विभिन्न संघसंस्थाको सहयोगमा पछिल्लो समय रुमका महिलाहरु परम्परागत सीपलाई आधुनिक प्रविधिको प्रयोग गरेर […]

कक्षा १२ को नतिजा सार्वजनिक

साउन १३, २०७६ काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालित कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सोमबार अपरान्ह सार्वजनिक गरिएको नतिजाअनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या ३ हजार ६७ जना छन्। परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए। नियमित तर्फका २ लाख […]

तिप्ल्याङमा अस्थायी प्रहरी पोष्ट स्थापना

विकल्प न्युज म्याग्दी, साउन १३ गते । जिल्लाको रघुगंगा गाउँपालिका – १ तिप्ल्याङमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालयको २४ औँ पोष्टको रुपमा तिप्ल्याङमा प्रहरी पोष्ट स्थापना गरिएको हो । प्रमुख अधिकारी लिलाधर अधिकारीले नागरिकलाई सुरक्षाको प्रत्याभूती दिलाउन प्रहरी पोष्ट स्थापना गरिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक […]

धौलागिरी गाउँपालिकामा बालबिवाह न्युनीकरणको पहल

सन्तोष गौतम/गोपाल आचार्य ताकम, साउन १३ गते । बालबिवाह न्यूनीकरणका लागि म्याग्दीको धवलागिरी गाउँपालिका¬ — ७ शिवाङमा आइतबार बालकचहरी सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका, गुड नेवर्स इन्टरनेशनल, कदम र संगम म्याग्दीको आयोजनामा भएका सो कार्यक्रममा बालबिवाहको अवस्था, कारण र समाजमा देखिएका असर तथा न्युनीकरणका उपायका सम्बन्धमा छलफल भएको थियो । कार्यक्रममा सहभागी जनप्रतिनिधि, सुरक्षा […]

साउनको दोस्रो सोमबार गलेश्वरमा भक्तजनको भिड (फोटोफिचर)

विकल्प न्यूज/बेनी साउन १३ गते । बेनी नगरपालिका ९ स्थित प्रशिद्ध गलेश्वरधाममा साउन महिनाको दोस्रो सोमबार पुजा र दर्शन गर्ने भक्तजनको भिड लागेको छ । विहान देखि नै मन्दिरमा भक्तजनको भिड लागेको थियो । म्याग्दी लगायत बागलुङ,पर्वत,पोखरा,काठमाण्डौ र चितवन देखि पुजा र दर्शन गर्न भक्तजनहरु आएका छन् ।