ताजा समाचार:
Search

म्याग्दी समाचार

सङ्गिनी सहकारीको अध्यक्षमा ः श्रेष्ठ चयन

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, मंसिर २ गते । महिलाहरुको आफ्नै व्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित सङ्गिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आइतबार सातौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । साधारणसभाले पुनः साधना श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा नविना थापा रावल, सचिवमा कल्पना केसी, सहसचिवमा जानकी […]

वडाध्यक्षबाट राजिनामा दिएर शिक्षकको जागिर

२ मंसिर, सल्यान । सल्यानका एक जनप्रतिनिधिले राजीनामा दिएर शिक्षकको जागिर खाएका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेशकुमार बुढामगरले वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षकमा जागिर खाएका हुन् । बुढामगर २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका थिए । शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटाअन्तर्गत मुस्ताङबाट नाम निकाल्नु सफल भएपछि […]

माझफाँटमा सञ्चालित आँखा शिविरको पहिलो दिन दुइसय ८० ले सेवा लिए

विकल्प न्यूज/जलजला मंसिर १ गते ।     जलजला गाउँपालिका–३ मल्लाजमा आइतबार देखि सुरु भएको निशूल्क आँखा शिविरमा दुई सय ८० जनाले सेवा लिएका छन् । लायन्स क्लव अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा र आँखा उपचार केन्द्र बेनीको प्राबिधिक सहयोगमा आयोजना गरेको शिविरको पहिलो दिन आँखा परिक्षण र औषधि वितरण गरिएको शिविरका संयोजक तुलसीराम […]

कालिगण्डकीमा मोटरसाइकल खस्दा विदेशी पर्यटकको मृत्यु

विकल्प न्यूज/मुस्ताङ मंसिर १ गते ।  उद्दारमा खटिएका सुरक्षाकर्मी । तस्बिर : जिप्रका मुस्ताङ   जोमसोम : पोखरादेखि मुस्ताङ आउँदै गरेका मोटर साइकल दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ।म्याग्दी र मुस्ताङको सीमाक्षेत्र तल्लो घाँसा नजिक राष्ट्रिय गौरवको निर्माणधिन बेनी- जोमसोम सडकबाट कालिगण्डकी नदीमा खस्दा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । […]

मिडिया अवार्डद्धारा नवविकल्पका सम्पादक आचार्य सम्मानीत

विकल्प न्यूज/बेनी कार्तिक ३० गते ।  म्याग्दी मिडिया सोसाईटीले स्थापना गरेको मिडिया अवार्ड २०७६ बाट नवविकल्प साप्ताहिक र विकल्प न्यूज डट कममा प्रकाशक /सम्पादक ठाकुरप्रसाद आचार्य सम्मानित हुनुभएको छ । एकदश भन्दा बढी समय म्याग्दीमा पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार आचार्यलाई म्याग्दी मिडिया सोसाईटीको तेस्रो साधारणसभाको अवसरमा सो अवार्डद्धारा सम्मान गरिएको हो । सोसाईटीले हरेक बर्ष प्रदान […]

सवारी नियम मिच्ने चालकलाई खादा र फूलका गुच्छा !

विकल्प न्यूज/बेनी कार्तिक २९ गते ।  गोरखा – हामीलाई थाहा भएकै कुरा हो, सवारी चलाउने क्रममा सवारी चालनसन्बन्धी नियम पालना नगरेमा ट्राफिक प्रहरीले कारबाही गर्छन् ।तर गोरखामा भने नियम उल्लंघन गर्ने सवारी चालकलाई पुष्पगुच्छा र खादा लगाइएको छ । आबुखैरेनी गोरखा सडकखण्डको १२ किलो बजारमा कार्यक्रम गरी जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले यो […]

जसले नेपाललाई च्याम्पियन बनाए

विकल्प न्यूज/बेनी कार्तिक २९ गते ।   सुबास हुमागाईं, ढाका महिला राष्ट्रिय भलिबल टोलीले बिहिबार नेपाली भलिबलमा नयाँ इतिहास रच्यो । बंगलादेशमा सम्पन्न एभीसी एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाल च्याम्पियन बन्यो । यसक्रममा नेपालले प्रतियोगिता अवधिभर कुनै सेट हारेन ।  कप्तान अरुण शाहीको नेतृत्वमा रहेको टोलीले उपाधि दिलाउने क्रममा एकपक्षीय प्रदर्शन गरे । प्रशिक्षक जगदीश प्रसाद […]

म्याग्दीमा सडक दुर्घटना कारण ः जिर्ण सडक र थोत्रा सवारीसाधन

विकल्प न्यूज/बेनी कार्तिक २९ गते ।बिममा भएको बस दुर्घटना स्थल । तस्विर सामाजिक सञ्जाल डेढहप्ता अघि मालिका गाउँपालिका ७ बिममा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गयो । बिम दुर्घटनाको दुइदिन अगाडि रुममा भएको जिप दुर्घटनामा २ जनाको ज्यान गयो थियो । यि दुवै अवस्थालाई हेर्दा जिर्ण सडक,थोत्रा सवारीसाधन,क्षमता भन्दा धेरै यात्रु बोक्नु र अपरिपक्क […]

महिला भलिबलमा नेपाललाई ऐतिहासिक उपाधि

विकल्प न्यूज/बेनी कार्तिक २८ गते ।  नेपालको सिनियर महिला राष्ट्रिय भलिबल टोलीले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जितेको छ । समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको नेपालले माल्दिभ्सलाई ३–० को सहज सेटमा पराजित गरी इतिहासकै पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेको हो । समूह चरणमा पनि माल्दिभ्स ३–० कै सेटमा हारेको थियो । सहिद […]

रुमको बिलबाङमा खुकुरी प्रहारबाट शिक्षिका गम्भिर घाइते

विकल्प न्यूज/बेनी कार्तिक २७ गते । म्याग्दीको मालिका गाउँपालिका २ रुमको बिलबाङमा  स्थानीय एक युवाले खुकुरी प्रहार गर्दा शिक्षिका गम्भिर घाईते हुनुभएको छ । बुधवार करिब ९.३० बजेतिर बिलबाङबाट खबाङ स्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयमा जाँदै गर्दा शिक्षिका इन्द्रकुमारी पुनलाई स्थानीय रमेश पुनले खुकुरी प्रहार गर्दा गम्भिर घाईते हुनुभएको हो । गाउँदेखि माथि बाटोमा हिडिरहनुभएकी शिक्षिका […]

म्याग्दीको मुना गाउँकी एक बालिका दुइवर्ष देखि साङ्लोमा

साधन राम्जाली /विकल्प न्यूज कार्तिक २७ गते । मुना÷ गत विहिबार धौलागिरि गाउँपालिकाको केन्द्र ३ मुना स्थित डोल्मा कामीको घरमा पुग्दा साँझ करिब साढे चार बजेको थियो । बनजंगलमा चराचुरङ्गीको आवाज घन्कीरहेको थियो । स्थानीयवासीहरु मेलापात पुगेर घर फिर्ता हुँदै थिए । बालबालिकाहरु खेल खैल्दै गाउँका टोल,चोकहरुमा रमाइरहेका बेला गाउँकी एक बालिका भने खुट्टामा फलामको […]

एउटै बोकाको मूल्य तीन लाख रुपैयाँ

२६ कत्तिक, बेनी ।  एउटै बोकाको मूल्य करीब तीन लाख रुपैयाँ परेको सुन्दा अचम्म लाग्न सक्छ तर यहाँका एक किसानले एउटै बोकालाई २ लाख ९० हजार रुपैयाँमा बिक्री गरेका छन् । बेनी नगरपालिका–९ स्थित तोरीपानीमा विगत छ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आएका किसान आनन्द रिजालले बोयर जातको एउटै बोकालाई उक्त मूल्यमा बिक्री गरेको […]

यस्तो हो नेपालको खास नक्सा

सुरेन्द्र काफ्ले कार्तिक २६ गते । काठमाडौं : संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ। कस्तो हुन्छ त त्यो नक्सा ? नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ (हेर्नुहोस् नक्सा)। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण नक्सासहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो। […]

ठगी आरोपमा ‘अघोरी बाबा’की श्रीमती पक्राउ

काठमाडौं ।  एक महिलालाई झुक्याएर विवाह गराइदिएको आरोपमा ‘अघोरी बाबा’की श्रीमती शारदा पाण्डे पक्राउ परेकी छन् । महानगरीय प्रहरी वृत बौद्धबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । वृत बौद्धका डीएसपी रमेश बहादुर सिहंका अनुसार शारदा र उनका पूर्वपति मिलेर एक महिलालाई विवाहका विषयमा झुक्याएका थिए । सोही प्रकरणको अनुसन्धानका क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो । […]

व्यवसायीको नमुना काम ः १८ महिनामा सक्नुपर्ने काम ७ महिनामै सम्पन्न

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज कार्तिक २५ गते । निर्माण व्यवसायीहरुले समयमै काम सम्पन्न नगर्दा कतिपय योजनाहरु अलपत्र परेका छन् । मुलुकभर साना देखि ठूला योजनाहरु निर्माण व्यवसायीहरुको लापरबाही कारण थला परेका खबरहरु आइरहेका समयमा म्याग्दीमा भने योजना सक्नुपर्ने समय भन्दा एघार महिना अगावै निर्माण सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाहल सहितको दुइतला भवन […]