फिचर

अन्नपूर्ण आधारशिविरमा दौड प्रतियोगिता (फोटोसहित)

ठाकुरप्रसाद आचार्य/बेनी जेठ ७ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा दौड प्रतियोगिता गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन शनिबार चारहजार एकसय ९० मिटर उचाईमा रहेको आधारशिविरमा दौड प्रतियोगिताको आयोजना गरेको हो । आधारशिविरको पर्यटकीय सम्भाव्यताको खोजी र स्वदेश तथा विदेशमा प्रचारप्रसार […]

सवारी दुर्घटना न्यूनीकरणका लागि म्याग्दीमा ट्राफिक सप्ताह

विकल्प न्यूज/बेनी बैशाख २५ गते । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि म्याग्दीमा जिल्लामा ट्राफिक सप्ताह सुरु भएको छ । ‘सडक सुरक्षा र सवारी, हामी सबैको जिम्मेवारी, सुरक्षित सडक, सुरक्षित म्याग्दी’ भन्ने मूल नाराका साथ बेनीमा विभिन्न कार्यक्रम गरी ट्राफिक सप्ताह सुरु गरिएको छ । सोमबार बेनीमा जनप्रतिनिधि,ट्राफिक प्रहरी,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,विद्यार्थी र व्यवसायीहरुले […]

तरकारी खेतीले सुन्दर देखियो सल्यानको फाँट(फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/जलजला बैशाख २३ गते ।  म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ स्थित सल्यान फाँट यतिखेर तरकारी खेतीले भरिएको छ । बाह्ै महिना सिँचाई सुविधा उपलब्ध भएको समथर फाँट काउली,बन्दागोभी,काक्रो र गोलभेडा लगायतका तरकारीले सुन्दर देखिएको छ । तरकारी खेतीका लागि धाइरिङ पर्वत मै नमुना गाउँ हो । तरकारी पकेट क्षेत्रका रुपमा […]

धारापानी र ताकमबाट देखियो सुन्दर दृश्य (फोटो फिचर)

ठाकुरप्रसाद आचार्य /म्याग्दी बैशाख ११ गते ।  म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानी र ताकम वस्ती हिमालको काँखमै जस्तो देखिन्छ । समथर भूभाग,खेतीयोग्य जमिन र पुराना परम्परागत घरहरु अनी आगनमा बसेर हिमाल देख्नि पाइने यहाँको मुख्य विशेषता हो । यो वस्तीलाई गुरील्ला पदमार्ग र धौलागिरी पदयात्राको प्रवेशद्धारका रुपमा लिने गरिन्छ । फागुनको अन्तिमसाता देखि हिमालमा हिँउ […]

बेग र बाँदुक जोड्ने लामो पुल उद्घाटन

विकल्प न्यूज\बेनी बैशाख २ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नको लागि निर्माण गरिएको लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको उक्त ३ सय ६५ दशमलब ८० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको पाँच बर्षपछि मात्रै शुक्रवार उद्घाटन गरिएको हो । नयाँ बर्षको अवसर […]

अन्नपूर्णमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

ठाकुरप्रसाद आचार्य /म्याग्दी चैत २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ७ हिस्तानको घराम्दीमा सोमबार देखि पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता र वास्केटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा(खम्बिर)ले उद्घाटन गर्नुभयो । प्रतियोगिता आगमी वैशाख १ गते सम्म सञ्चालन हुने […]

सुन्दर छ अन्नपूर्णको फुतफुते झरना

ठाकुरप्रसाद आचार्य \विकल्प न्यूज चैत २३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा पर्ने फुतफुते झरना पर्यटकको आकर्षणको केन्द्र बनेको छ । नारच्याङ देखी अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जाने मौरिस हर्जोग ट्रेलमा पर्ने यो झरना सुन्दर र मनोमहक छ । झरनाको दृश्यले पदयात्रालाई रोमाञ्चक बनाउँछ । थकान […]

म्याग्दीको सिंगा तातोपानी कुण्ड विरामीले भरिभराउ (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य\म्याग्दी फागुन २४ गते । प्राकृतिक उपचार स्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका ४ सिंगा स्थित तातोपानी कुण्डमा स्नान गर्ने विरामीहरुले भरिभराउ भएको छ । छाला, हाडजोर्नी, ग्याष्टिक, पिनास लगायतका समस्या भएका विरामीहरु तातोपानी कुण्डमा स्नान गरेर प्राकृतिक उपचार गरेमा रोग निको हुने विश्वासका साथ आएका विरामीहरुका कारण यतिखेर कुण्ड भरिभराउ भएको हो । […]

बेनीमा होलीको रौनक (फोटोफिचर)

विकल्प न्यूज\बेनी फागुन २१ गते । रङ्गहरूको पर्व होली आज (सोमबार) बेनीमा धुमधाम सँग मनाइएको छ । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाइएको छ । होलीका दिन एकआपसमा शुभकामना साटासाट,नाचगान गरेर मनाइएको छ । होलीका दिन बेनी बजार होलीमय बनेको छ ।

बेनीमा मगर समुदायले मनाए ४१ औँ मगर दिवस (फोटोफिचर)

विकल्प न्यूज/बेनी फागुन १५ गते । बेनीमा मगर समुदायले ४१ औँ मगर दिवस मनाएका छन् । २०३९ साल फागुन १५ गते स्व. हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको अधिवेशनलाई आधार मानी मगर समुदायले हरेक वर्ष फागुन १५ गते मगर सङ्घ र सम्बन्धित सङ्घसंस्थाले एकता दिवसका रूपमा मनाउँदै आएका छन् । नेपाल मगर संघ […]

बेनीमा जिल्लास्तरीय आठौंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

ठाकुरप्रसाद आचार्य/म्याग्दी फागुन १२ गते । शुक्रबार देखि बेनीमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा बेनीको खुल्ला मंचमा शुक्रबार र शनिबार दुईदिनसम्म सञ्चालन हुने प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा(खम्बिर)ले उद्घाटन गर्नुभएको । जिल्लाका ६ वटै पालिकामा पालिकास्तरीय रनिङशिल्ड सम्पन्न भएपछि जिल्लास्तरीय आठौं रनिङशिल्ड प्रतियोगिता गर्न लागिएको […]

राष्ट्रपतिद्धारा मल्लाजको बराह तालमा निर्मित बराह कुलमन्दिरको उद्घाटन (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी फागुन १० गते । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार पर्वतको जलजला गाउँपालिका स्थित धार्मिक पर्यटकीय स्थल बराह तालमा आउने हुनुभएको छ । भण्डारीले बराह तालमा निर्माण गरिएको आदि बराह मन्दिरको उद्घाटन गर्नुभएको छ ।  साथै राष्ट्रपति भण्डारीले धार्मिक एवम् पौराणिक महत्वको क्षेत्र हम्पाल कालञ्जरको हेलिकोप्टरबाट अवलोकन गर्नुभएको छ । विहान ११.२० बजे राष्ट्रपति भण्डारी […]

राष्ट्रपतिको स्वागतका लागि तयार भयो जलजलाको बराहताल (भिडियो सहित )

विकल्प न्यूज/जलजला फागुन ९ गते । भोली बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीको पर्वतको जलजला क्षेत्रमा हुने भ्रमणको तयारी पुरा भएको छ । बुधवार विहान ११ बजे राष्ट्रपति भण्डारी जलजला गाउँपालिका २ पूर्ण गाउँस्थित बरातालमा आउने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । राष्ट्रपतिको भ्रमणलाई लिएर मंगलबार जिल्ला स्थित सुरक्षा अधिकारी,राष्ट्रपति कार्यालयबाट खटिएको […]

महाशिवरात्री पर्वमा भक्तजनले भरियो गलेश्वर शिवालय (फोटो/भिडियो)

ठाकुरप्रसाद आचार्य/गलेश्वर फागुन ६ गते । म्याग्दीको बेनी नगरपालिका –९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्नेको भीड लागेको छ । महाशिवरात्रिको अवसरमा शनिबार गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लागेको हो । गलेश्वर एक अलौकिक शक्ति धामको रुपमा परिचित छ । धर्मिक ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्वपूर्ण मानिएको गलेश्वरधाम राहु […]

हिमाली क्षेत्रमा डढेलो(फोटो)

विकल्प न्यूज । बेनी फागुन १ गते । हिमाली क्षेत्रमा डढेलो यस वर्ष हिमपात नभएका कारण हिमाली क्ष्ोत्रमा डढेलो लागेको छ । धवलागिरी गाउँपालिका ७ ताकमबाट देखिएको गुर्जा हिमाल र जंगलमा लागेको डढेलो । हिउँदेयाममा बाक्लो हिउँले छोपिनुपर्ने हिमाली भेगमा यतिबेला भने दैनिकजसो डढेलो लाग्न थालेको छ । विगतमा माघसम्ममा बस्तीसम्मै हिउँ जम्नेमा यस वर्ष भने […]