फिचर

चिटिक्क रुम गाउँ…..

यसैवर्ष सडक सञ्जालसंग जोडिएको म्याग्दीको रुम गाउँ । सडक पुगेपनि यातायात सुबिधा नहुँदा रुमका बासिन्दा निराश भएका छन् । तस्विर /सन्तोष गौतम

पदयात्रामा पर्यटक…..

पदयात्रामा पर्यटक….. धौलागिरी सेञ्चुरी पदमार्गको झिँ हुदै पाखापानीको ठाडाखानीतर्फ जाँदै गरेका पर्यटकहरु । याम सुरु भएसंगै म्याग्दीका पर्यटकीय स्थलहरुमा पर्यटकको चहलपहल बढेको छ । तस्विर सन्तोष गौतम/विकल्प न्यूज

नमुना झोलुङ्गे पुल…….

बेनी नगरपालिका २ बगरफाँटको काठेखोलामा अभ्यासका लागि नमुना झोलुङ्गे पुल बनाउदै उपभोक्ता समितिका प्रतिनिधिहरु । जिल्ला समन्वय समिती, मिलन म्याग्दी र टिबीएसयु बुटवल मार्फत यस वर्ष निर्माण हुन लागेका ७ वटा झोलुङ्गे पुलका २८ जना उपभोक्ताहरुलाई तालीम प्रदान गरेका छन् । तस्विर सन्तोष गौतम/विकल्प न्यूज

टोड्केमा गुराँस फुल्दा……

म्याग्दीको मंगला गाउँपालिका १ कुहुँ र रघुगंगा गाउँपालिका ४ झिको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्केको जंगलमा ढकमक्क फुलेको लालीगुराँस । बसन्त ऋतुको आगमनसंगै म्याग्दीको पहाडी क्षेत्रका जंगलहरु गुराँस फुलेर रंगीएका छन् । सन्तोष गौतम /विकल्प न्यूज

सांस्कृतिक महोत्सवको नवौं दिन आज पनि उस्तै धमका

विकल्प न्यूज/बेनी चैत १८ गते । बेनीमा जारी प्रथम धौलागिरि  सांस्कृतिक  महोत्सवमा आज नवौ दिनको साँझ पनि कलाकारहरुको प्रस्तुतीले खुल्ला मञ्च रमाइलोमा परिणत भएको थियो । साँझ पख जम्मा भएका दर्शकहरुलाई राष्ट्रिय एवम् स्थानीय  कलाकारहरुले छमछमी नचएका थिए । निता पुन,गणेश पौडेल र गिता पाइजा युवा कलाकारहरु विजुन केसी,सुजन वराइलीले ले दर्शकहरुलाई थप मनोरञ्जन दिएका थिए । […]

बेनीको सांस्कृतिक महोत्सवमा शंकर विसी र पार्वती राईको धमाका डान्स (फोटो)

विकल्प न्यूज/बेनी चैत १६ गते । बेनीमा जारी प्रथम धौलागिरि सांस्कृतिक महोत्सवमा चर्चित डान्सर शंकर बिसी र पार्वती राइले विहिवार साँझ धमका डान्स प्रस्तुती गरेका छन् । दर्शकले खचाखच भरिएको खुल्ला मञ्चमा उनीहरुको डान्स सँगै युवायुवतीहरु कम्मर मर्काइ मर्काइ नाचेका छन् । तस्विरहरु ठाकुरप्रसाद आचार्य

बेनीमा प्रथम धौलागिरि साँस्कृतिक महोत्सव सुरु(फोटोसहित)

विकल्प न्यूज/बेनी चैत १० गते ।सदरमुकाम बेनीमा आज देखि प्रथम धौलागिरी साँस्कृतिक महोत्सव–२०७३ सुरु भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान धौलागिरी अञ्चल समितिको आयोजनामा चैत्र १० गतेदेखि देखि २० गतेसम्म उक्त महोत्सव आयोजना हुन लागेको हो ।      महोत्सव सुरु हुनुभन्दा पहिला विभिन्न जातजातिका झाँकी सहित ¥याली निकालिएको छ । खुल्ला मञ्चबाट […]

परिश्रमी कृषक

चुत्रेनीबाट बेनीतर्फ डोकोमा तरकारी बोकेर आउदै गरेका कृषकहरु । चुत्रेनी, सिंगा, सुर्केमेला, बास्कुना क्षेत्रमा कृषकहरु तरकारी खेतीतर्फ आकर्षित भएका छन् । तर यातायात सुबिधामा सहज पहुँच नहुँदा उनिहरुलाई तरकारी ढुवानीमा समस्या भएको छ । तस्विर सन्तोष गौतम

पौरखी महिलाहरु ….

पौरखी महिलाहरु …. म्याग्दीको मंगला गाउँपालिका १ कुहुँका महिलाहरु मगर समुदायको परम्परागत पोषाक भाङ्ग्रा बुन्ने सिप सिक्दै । साविकको कुहुँ गाविस कार्यालयको सहयोग र महिला सञ्जालको आयोजनामा १७ जनालाई एक महिना भाङ्ग्रा बुन्ने तालीम प्रदान गरिएको थियो । तस्विर कबिता रोका, कुहुँ

बेनीमा यस्तो देखियो होली पर्व (फोटो सहित )

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, फागुन २९ गते म्याग्दीमा यस वर्षको फागुपूर्णिमा (होली) पर्व सदरमुकाम बेनीबजारसहित ग्रामीण क्षेत्रमा हर्षोल्लासका साथ मनाइएको छ । हरेक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने नेपालीहरुको रङको पर्व होली साथीभाईबीच एकापसमा रङ लगाएर होलीपर्व मनाइएको हो ।         स–साना बालबालिकादेखि युवा पुस्तासम्म उमेर समूह बनाएर एक अर्कामाथि विभिन्न प्रकारका रङहरू […]

आज नारी दिवस…

विकल्प न्यूज/बेनी फागुन २५ गते । १०७ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा बेनीमा निकालिएको ¥यालीमा सहभागिहरु । तस्विर ठाकुरप्रसाद आचार्य

यसरी मनाइयो बेनीमा अन्तराष्ट्रिय नारी दिवस(फोटोफिचर)

विकल्प न्यूज/बेनी फागुन २५ गते । फागुन २५ गते आज १०७ औं अन्तराष्ट्रिय महिला दिवसमा बेनीमा पनि मनाइएको छ । बेनीमा क्रियाशिल विभिन्न संघसंस्थाहरुले महिला दिवस मनाएका हुन । विहान विरेन्द्रचोकबाट निस्केको ¥यालीले बजार परिक्रमा पछि सोही स्थानमा आएर कोणसभामा परिणत भएको थियो ।तस्विरहरु ठाकुरप्रसाद आचार्य

यस्तो देखियो अनेरास्ववियुको विजय उत्सव (फोटोफिचर)

विकल्प न्यूज/बेनी फागुन १९ गते । म्याग्दी वहुमुखी क्याम्पसमा बुधवार सम्पन्न नयाँ नेतृत्व चयनका लागि भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट अनेरास्ववियुले सभापति सहित पुरै प्यानल विजयी भएपछि विहिबार बेनीबजारमा विजय उत्सव मनाएका छन् । क्याम्पस चोकबाट बाजागाजा सहित निस्केको ¥यालीले बजार परिक्रमा गरेको थियो । तस्विरहरु ठाकुरप्रसाद आचार्य

दृष्ट्रि विहिन खत्रीले गरे पहिलो मतदान

विकल्प न्यूज/बेनी आगमी नयाँ नेतृत्व चयन गर्न बुधवार हुनलागेको स्ववियु निर्वाचनमा म्याग्दी वहुमुखी क्याम्पसको विएड दोस्रो वर्षमा अध्ययनरत गोपाल खत्रीले कमल खत्रीको सहयोगमा पहिलो मतदान गर्नुभएको हो । मतदान विहान ८.१५ देखि सुरु भएको छ । तस्विर ठाकुरप्रसाद आचार्य

सँगसँगै मतदान ….

विकल्प न्यूज/बेनी फागुन १८ गते । म्याग्दी बहुमुखी क्याम्पसको स्वावियु निर्वाचनमा मतदान गर्दै सभापतिका उम्मेदवारहरु । अनेरास्ववियुकी सावित्री खत्री,नेविसंघका हरिकृष्ण आचार्य,अखिल क्रान्तिकारी(प्रचण्ड) का सुदिन पौडेल र अखिल क्रान्तिकारी(विप्लव)का सम्राट सापकोटा । उनीहरुले एकसाथ मतदान गरेका छन् । अहिले मतदान प्रक्रिया सुरु भएको छ । तस्विर ठाकुरप्रसाद आचार्य