फिचर

बेनीको बरापाखो सामुदायिक वनमा भिषण आगलागी(फोटोसहित)

विकल्प न्यूज/बेनी चैत ५ गते । सदरमुकाम बेनी नजिक रहेको बराहपाखो सामुदायिक वनमा सोमबार दिउसो भीषण आगलागी भएको छ । बेनी नगरपालिका–७ र ८ क्षेत्र पर्ने सामुदायिक वनमा दिउसो देखि लागेको आगो अझै नियन्त्रणमा लिन सकिएको छैन । आगलागी भएपछि डिभिजन वन कार्यालयका कर्मचारीहरु, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीका साथै स्थानीयले आगो […]

महाशिवरात्री पर्वमा गलेश्वर शिवालयमा भक्तजनको चहलपहल

विकल्प न्यूज/बेनी म्याग्दी,फागुन २५ गते ।     आज महाशिवरात्रीका दिन म्याग्दीको बेनी नगरपालिका –९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा विहानै देखि भक्तजनहरुको भीड लागेको छ । भगवान शिवको पूजा आराधना गर्र्ने भक्तजनहरुको निकै चहलपहल देखिएको छ । विहानै देखि भक्तजनको लामो लाइन लागेको हो । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि शिवालयमा […]

धार्मिक पर्यटकले भरियो पञ्चकोट (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य फागुन २१ गते ।   बागलुङ नगरपालिका ६ स्थित प्रशिद्ध धार्मिक स्थल सर्वसिद्धिधाम पञ्चकोटमा धार्मिक पर्यटकहरुको ओइरो लागेको छ । धार्मिक पर्यटकका कारण पञ्चकोट दैनिकजसो भरिभराउ देखिएको छ । पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको दर्शन र अवलोकन गर्न देशभरीबाट भक्तजनहरु पञ्चकोट पुग्ने गरेका छन् । फागुनको ९ गते देखि सुरु भएको ब्रह्माण्डीय महायज्ञमा […]

विपद्को क्षति न्यूनीकरण गर्न पूर्वतयारी ः मुख्यमन्त्री पाण्डे

विकल्प न्यूज/बेनी फागुन १८ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् पूर्वतयारी, रोकथाम, उद्धार, राहत तथा क्षतिपूर्ति वितरण र पुनःस्थापनालाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ । सशस्त्र प्रहरी बलले म्याग्दीको बेनीमा आज आयोजना गरेको नदीजन्य विपद्को नमूना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले विपद्को जोखिम र क्षति न्यूनीकरणमा प्रदेश सरकारले जोड दिएको बताउनुभयो […]

बेनीमा मगर दिवसको रौनक (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य म्याग्दी,फागुन १५ गते । म्याग्दीका मगर समुदायहरुले ४२ औं मगर दिवस मनाएका छन् । दिवसका अवसरमा मंगलबार म्याग्दीको सदरमुकाम बेनीमा उनीहरुले सांस्कृतिक झाँकी प्रदर्शन गरेका हुन । जातिय पहिचान झल्कने भेषभूषा सहित सांस्कृतिक झाँकी प्रदर्शन सहित बजारमा ¥याली निकालेका थिए । मौलिक पोसाकमा सजिएका मगर समुदायका युवायुवतीहरुले लोपोन्मुख अवस्थामा रहेको सोरठी भाकामा गीत […]

राष्ट्रपति पौडेलद्धारा पञ्चकोटमा मुक्तिनाथ महाघण्टको उद्घाटन (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य बागलुङ,फागुन १० गते । राष्ट्रपति रामचन्द्र पौडेल बिहिबार विहान बागलुङ नगरपालिका ६ स्थित सर्वसिद्धिधाम पञ्चकोट राखिएको मुक्तिनाथ महाघण्टको उद्घाटन गर्नुभएको छ । बुधबार देखि पञ्चकोटमा संचालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको दोस्रो दिन सहभागी हुन आउनुभएका राष्ट्रपति पौडेलले पाँचहजार पाँचसय ५५ किलोको ध्वन्यात्मक मुक्तिनाथ महाघण्टको समुद्घाटन,यज्ञमण्डपको दर्शन र महायज्ञ सफलताको शुभकामना गर्नुभयो । राष्ट्रपति पौडेललाई […]

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञ सुरु (फोटोसहित)

ठाकुरप्रसाद आचार्य फागुन ९ गते । बागलुङको धार्मिक पर्यटकीय स्थल सर्वसिद्धिधाम पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सुरु भएको छ । बुधबार देखि सुरु भएको महायज्ञ एकसय ८ जना नौ वर्ष मुनीका कन्याहरु मर्फत सामुहिक रुपमा दीप प्रज्वलन गरेर उद्घाटन गरियो । महायज्ञको उदघाटन पूर्व भजनकिर्तन,बाजागाजा सहित कलश यात्राले पञ्चकोट परिक्रमा गरिएको थियो । बागलुङ नगरपालिका ६ […]

रघुगंगाको मौवाफाँटमा शैक्षिक सामग्री प्रदर्शनी मेला (फोटोसहित)

विकल्प न्यूज/बेनी फागुन ७ गते ।  म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आइतबार विद्यालय स्तरीय शैक्षिक सामग्री प्रदर्शनी मेला सम्पन्न भएको छ । सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुले तयार पारेका शैक्षिक सामग्रीहरुको प्रदर्शन गरी सिकाई आदान–प्रदान गर्ने उद्देश्यले मौवाफाँट स्थित ज्ञानोदय माध्यमिक विद्यालयको परिसरमा एकिदिने शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना गरिएको हो । रघुगंगा गाउँपालिका […]

बेनीको प्रकाश माविमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम (फोटो फिचर)

विकल्प न्यूज/बेनी फागुन २ गते । आज माघ शुक्लपञ्चमी अर्थात् श्रीपञ्चमी । आज विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदै छ ।सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्तपञ्चमी’ पनि भनिन्छ । आजकै दिनबाट बालबालिकाहरुलाई अक्षरारम्भ गराउने प्रचलन पनि छ । बेनीको प्रकाश माविले सरस्वती पूजाको अवसर […]

बादीकाको भिरमा सडक ढलान भएपछि धारापानीवासीले मनाए खुसियाली

विकल्प न्यूज\बेनी माघ २८ गते । धवलागिरि गाउँपालिका–७ बादीकाको भिरको सडकमा ट्रयाक खन्नै मुस्किल थियो । स्थानीयको चन्दा संकलन गरी डोजर प्रयोगबाट १३ वर्षअघि अक्करे पहाडमा ट्रयाक खोलिएको थियो । अहिले सडकको स्तरोन्नति भएपछि भने अक्करे भिरमा सवारीसाधन सहजरूपमा वारपार गर्न सक्ने भएका छन् । शनिबार गाउँलेहरुले खुसियालीमा नौमति बाजा सहित नाचगान गरेका छन् । […]

गलेश्वर स्थित देवशिलाको उद्गमस्थलमा पूजापाठ र दीप प्रज्वलन (फोटोसहित)

ठाकुरप्रसाद आचार्य /बेनी माघ ८ गते । भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राणप्रतिष्ठाको साइत पारेर म्याग्दीको गलेश्वरधाम स्थित कालिगण्डकी नदी किनारमा सोमबार लाख बत्ती प्रज्वलन र पूजापाठ गरिएको छ । गत वर्ष गलेश्वर नजिक कालिगण्डकी नदी किनारबाट रामललाको मुर्ति बनाउन दुईवटा देवशिला अयोध्या लगिएको थियो । देवाशिला उत्खनन गरिएको कालिगण्डकी नदी किनारलाई श्रीरामघाट नामाकरण गरिएको […]

पूर्वाधारको पखाईमा बरंजाको पर्यटकीय स्थल गाम्फा धुरी

विकल्प न्यूज\बेनी पुस ११ गते । म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर ४ बरंजामा अवस्थित ऐतिहासिक पर्यटकीय स्थल गाम्फा धुरी पूर्वाधारको पखाईमा रहेको छ । समुन्द्री सतहदेखि ३ हजार ९ मिटरको उचाईमा रहेको उक्त स्थानमा पयर्टक लक्षित पूर्वाधार नहुँदा प्रकृतिको अनुपम उपहार हुँदाहुँदै पनि ओझेलमा परेको छ । वरिपरि घना जंगलको विचमा रहेको अग्लो पहाडको टुप्पो, […]

प्रशिद्ध धार्मिक स्थल धाइरिङ भुमेथान (फोटोफिचर)

विकल्प न्यूज\बेनी पुस ३ गते । म्याग्दीको बेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ स्थित प्रशिद्ध धाइरिङ भुमेथानको दर्शन र पूजाआजा गरे मनोकांक्षा पुरा हुने गहिरो जनविश्वास छ । भुमेथान यस क्षेत्रकै प्रशिद्ध धार्मिक स्थल हो । धाइरिङ गाउँको सिरानमा करिब नौं पुस्ता अघि भूमेथानको स्थापना गरिएको थियो । जुम्लामा पूजा गर्ने भुमेथानलाई आचार्य परिवारले […]

बेनी नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु (फोटोसहित)

ठाकुरप्रसाद आचार्य म्याग्दी,मङ्सिर २८ गते । म्याग्दीको बेनी नगरपालिमा विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता विहिवार देखि सुरु भएको छ । विद्यालय तहमा रहेका खेल प्रतिभाको पहिचान र प्रवर्धन गर्न आयोजित प्रतियोगितामा बेनी नगरपालिकाभित्रका विभिन्न २५ विद्यालयले सहभागिता जनाएका छन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स र कबड्डी विद्याका विभिन्न […]

आहा जमेर बरफ बनेको अन्नपूर्णको पञ्चकुण्ड ताल ! (फोटोसहित)

विकल्प न्यूज\बेनी मंसिर २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा रहेको पञ्चकुण्ड ताल जमेर बरफ बनेको छ । समुन्द्री सतह देखि चारहजार एकसय ९५ मिटरको उचाईमा रहेको पञ्चकुण्ड ताल चिसो बढेसँगै जमेर बरफ भएको हो । आधारशिविर पुगेका आन्तरिक पर्यटकहरु जमेको तालमा रमाउँदै तस्विर खिचेका छन् । […]