ताजा समाचार:
Search

फोटो

जेसिज कपको उपाधी शारदा मावि छिस्वाङले जित्यो

विकल्प न्यूज/बेनी मंसिर २४ गते ।         बेनीमा शनिबार सम्पन्न भएको २० औं अन्तर मावि स्तरीय जेसिज कप फुटबल प्रतियोगिताको उपाधी मंगला गाउँपालिका ५ स्थित शारदा मावि छिस्बाङले जितेको छ । बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा शारदा माविले बेनीको प्रकाश माविलाई १ विरुद्ध २ गोल गर्दै े जेसिज कप फुटबल प्रतियोगिताको २० औं संस्करणको […]

मालढुङ्गा–बेनी सडक अलपत्र पारेर कहाँ गयो ठेकेदार ?

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर २३ गते । म्याग्दी र मुस्ताङका लागि मध्यपहाडी लोकमार्ग पोखरा – बागलुङ सडक हुँदै गुडेका सवारीसाधन पर्वतको मालढुङ्गा पुगेर रोकिन्छन् र दाया मोडिन्छन् । फराकिलो र चिल्लो पोखरा – बागलुङ सडक जस्तै होला मालढुङ्गा –बेनी सडक ! यस्तै सोच राखेर अगाडी बढेका सवारीचालक र यात्रु सडकको अवस्था देख्दा अचम्मित मात्र हुँदैनन् सडकको […]

करबाकेलीमा सङ्ग्रहालय संचालन(भिडियो/फोटोसहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी मंसिर १४ गते । पुन समुदायको कला,संस्कृति र परम्परागत शैलीलाई संरक्षण गर्न करबाकेली इको ट्रेकमा सङ्ग्रहालय स्थापना गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडास्थित करबाकेलीमा पुन समुदायले चन्दा सहयोग जुटाएर सङ्ग्रहालय स्थापना गरेका हुन । करबाकेलीलाई पुन समुदायले कुलदेवताका रुपमा पुजा गर्दछन् । सङ्ग्रहालय स्थापना भएपछि पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने विश्वास गरिएको […]

म्याग्दीमा मतगणना सुरु (फोटो)

विकल्प न्यूज\बेनी मंसिर ५ गते । म्याग्दीमा मतगणना सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार राती ९ बजेदेखि मतगणना सुरु भएको हो । धवलागिरि गाउँपालिका १ गुर्जाबाट मतगणना सुरु गरिएको छ ।

म्याग्दीमा ६० प्रतिशत मत खस्यो, मतपेटिका संकलन सुरु

ठाकुरप्रसाद आचार्य/बेनी मङ्सिर ४ गते । आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा म्याग्दीमा करिब ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको कार्यालयले जनाएको छ । जिल्लाका ८६ मतदानस्थलका एकसय २० मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भई मतपेटिका संकलन थालिएको सहायक […]

म्याग्दीका मतदान केन्द्रमा सर्वदलीय वैठक र बुथ निर्माण

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर ३ गते । भोली आइतबार हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि म्याग्दीमा मतदान केन्द्रमा सर्वदलीय वैठक र बुथ निर्माण धमाधम भइरहेका छन् । मतदान केन्द्रमा खटिएका मतदान अधिकृत सहितको टोलीले निर्वाचनलाई सफल बनाउन सर्वदलीय वैठक र बुथ निर्माण गरेका छन् । जिल्लाका सबै मतदान स्थलमा मतदान केन्द्रको संरचना निर्माण लगायतको […]

मतदानस्थल तर्फ जाँदै गरेका कर्मचारी र सुरक्षाकर्मी (फोटोफिचर)

विकल्प न्यूज\बेनी मंसिर १ गते । आगमी आइतबार हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरु निर्वाचन सामग्री लिएर मतदान केन्द्रमा पुगेका छन् । तस्विरहरु  

कालिगण्डकी नदीमा फूलको तोरण तारियो (फोटो फिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी कात्तिक १८ गते । पछिल्लो समयमा हाम्रो समाजमा तोरण तार्ने संस्कृति हराउँदै जान थाले पनि केही स्थानमा भने हरिबोधनी एकादशीका दिन पुजाआरधाना गरेर नदी वारपार फुलको तोरण तार्ने पुरानो संस्कृति अझै जिवित छ । यही संस्कृतिलाई जोगाउँन पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीका स्थानीयहरुले हरिबोधनी एकादर्शीका दिन शुक्रबार कालिगण्डकी नदीमा तोरण तारे । […]

घोडेपानीमा घोडादौड प्रतियोगिता सम्पन्न (फोटोफिचर)

सुरेन गुरुङ/म्याग्दी घोडेपानी १८ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बिहिबार तेस्रो घोडादौड प्रतियोगिता सम्पन्न भएको छ । १६ जना घोडा धावक सहभागि प्रतियोगितामा कास्कीको अन्नपूर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ । गुरुङको घोडाले दोस्रो घोडेपानी घोडादौड प्रतियोगितामा पनि प्रथम भएको थियो । अन्नपूर्ण गाउँपालिका–५ घोप्टेखर्क देखि घोडेपानीसम्मको सात दशमलब पाँच किलोमिटर दुरी […]

पर्या–पर्यटन ः जलजला गाउँपालिकाका नयाँ गन्तव्यहरु

विकल्प न्यूज/जलजला कात्तिक १७ गते । सहरको भिडभाड र मन भुलाउन बनाइएका कृत्रिम संरचना छाडेर केही दिनलाई प्रकृतिमा रमाउँ भन्ने चाहनुहुन्छ रु त्यसो भए तपाइँका लागि पर्वतको जलजला गाउँपालिका उपयुक्त गन्तव्य बन्न सक्छ । गाउँपालिकाभित्र प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र सामाजिक महत्वका ठाउँ धेरै रहेका छन् । तर, ती गन्तव्यको सही पहिचान र उचित प्रचारप्रसार […]

ज्यामरुककोटबाट धौलागिरि नियाल्दा (फोटो फिचर)

ठाकुरप्रसाद आचार्य\म्याग्दी कात्तिक १३ गते । बेनीको शिरैमा अवस्थित अग्लो ज्यामरुककोट डाँडा जहाँबाट दुई ठूला नदीले काँखमा हालेजस्तो देखिने सुन्दर बेनी बजारको दृश्य । बजारसँगै देखिने रमणीय धौलागिरि हिमश्रृङ्खला र पहाडी रमणीय भूभाग । बेनी देखि करिब ४ किलोमिटरको उकालो यात्रा पछि पुग्न सकिने ज्यामरुककोटबाट १५ वटा हिमश्रृङखलाका साथै दर्जनौँ गाउँ, वनजंगल र नदीको नागबेली […]

मोना हङकङले ग¥यो आधार शिविर पुगेर राउण्ड धौलागिरिको प्रचार (फोटो फिचर)

विकल्प न्यूज/बेन कार्तिक ८ गते । राउण्ड धौलागिरि पदयात्रालाई प्रचारप्रसार गरेर विश्वभर चिनाउने उद्देश्यले पदयात्रामा निस्केको टोली आधार शिविर पुगेर फर्किएको छ । हङकङमा बसोबास गर्ने म्याग्दीलेहरुको समुह म्याग्दीको धौलागिरि गाउँपालिका ४ स्थित संसारको सातौं अग्लो धौलागिरि हिमालको आधार शिविर पुगेको हो । धौलागिरि हिमालको आधार शिविर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि म्याग्दी प्रवासी नेपाली संघ(मोना) […]

राष्ट्रिय खेलकुद ः तेक्वान्दोमा पुलिस विजयी(फोटोभिडियो)

ठाकुरप्रसाद आचार्य\म्याग्दी कार्तिक २ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा भएको तेक्वान्दो खेलमा विभागीय समुह नेपाल पुलिस क्लव विजयी भएको छ । बेनीको कभर्ड हलमा भएको प्रतियोगितामा पुलिस क्लबले सवै भन्दा धेरै पदक हात पार्दै विजयी भएको हो । प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदक जितेको प्रहरी विजेता बनेको हो […]

बेनीको खुल्ला मञ्च खेलप्रेमी दर्शकहरुले भरिभराउ (तस्विर)

विकल्प न्यूज/बेनी असोज ३१ गते । बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिता हर्न बेनीको खुल्ला मञ्च दर्शकहरुहरुले भरिभराउ भएको छ । सोमबार भएको क्वाटर फाइनल खेल हेर्न पुगेका दर्शकहरु । तस्विरहरु ठाकुरप्रसाद आचार्य

महिला भलिबल ः आर्मीलाई पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश

विकल्प न्यूज/बेनी असोज ३१ गते । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बेनीमा जारी महिला भलिबल प्रतियोगिताको क्वाटर फाइनल खेलमा सोमबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल प्रहरीको पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मी क्लबमाथि पुलिसले ३ –२ले जित निकालेको छ । बीच निकै प्रतिस्पर्धात्मक खेल भएको छ । खेलप्रेमीहरुले खुल्ला मञ्च भरिभराउ […]