ताजा समाचार:
Search

फोटो

पुनहिलको पारिलो घाममा रमाउँदै पर्यटक ..

विकल्प न्यूज/बेनी पुस २१ गते । अन्नपूर्ण गाउँपालिका ६ घार स्थित घोडेपानीको पुनहिलबाट देखिएको हिमश्रृङ्खलाको दृश्य सँगै पुस महिनाको पारिलो घाममा रमाउँदै पर्यटक । तस्विर ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज

पानीका लागि श्रमदान गर्दै ताकमबासी…

विकल्प न्यूज/बेनी पुस १९ गते । . म्याग्दीको धौलागिरी गाउँपालिका ७ ताकमका बासिन्दा खानेपानी आयोजनाको पाईपलाईन खन्दै । ताकमका सबै घरमा निजी धारा जडान गर्ने लक्ष्य सहित सञ्चालीत खानेपानी आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जिल्ला समन्वय समिति अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनामा ताकममा कोटखोला खानेपानी तथा सरसफाई आयोजना […]

दरवाङ बजार संरक्षण गर्न तटबन्धन निर्माण गरिँदै

विकल्प न्यूज/बेनी पुस १९ गते । म्याग्दीको मालीका गाउँपालिकाको केन्द्र दरवाङ बजारलाई म्याग्दी नदीको कटानबाट बचाउनका लागि तटबन्ध निर्माण गरिँदै । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय बागलुङ, मालीका गाउँपालिका र वडा कार्यालयले दरवाङ बजार संरक्षणका लागि छुट्टा छुट्टै योजना सञ्चालन गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले पनि दरवाङ बजार संरक्षणको योजनामा सघाउने घोषणा गरेपनि […]

गुरील्ला पदमार्गबाट देखिन्छ यस्तो दृष्य

गुरील्ला पदमार्गअन्तर्गत म्याग्दीको धौलागिरि गाउँपालिका– २ मा पर्ने जलजलाबाट देखिएको चुरेन हिमाल । तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस

गुरिल्ला ट्रेलमा पर्ने म्याग्दीको जलजलाबाट देखिएको धवलागिरी हिमाल

तस्बिर/सुरेन्द्र राना setopati.com  

पहाड फुटाएर सडक विस्तार गर्दै…….

विकल्प न्यूज/बेनी पुस १३ गते ।पहाड फुटाएर सडक विस्तार गर्दै……. बेनी–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना खण्डमा कम्मरमा रसी बाँधेर पहाड फुटाउने काम गर्दै मजदुरहरु । चीनको सिमाना कोरला नाका जोड्ने यो सडक विस्तारको काम तिब्र रुपमा भैरहेको छ । तस्विर सन्तोष गौतम ÷विकल्प न्यूज

‘महादानी’लाई डोलीमा बोकेर सम्मान

म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको धौलागिरि माविका पूर्व विद्यार्थी हाल न्युजिल्याण्डमा कार्यरत लालबहादुर केसीको हजुरआमा गौमती केसीलाई उक्त विद्यालयमा रु २५ लाखको अक्षयकोष स्थापना गरेबापत सम्मान गरिँदै । तस्बिर : कमल खत्री, म्याग्दी, रासस

नवनिर्वाचित सांसदत्रयलाई जलजलाको माझफाँटमा भव्य स्वागत (फोटोफिचर)

विकल्प न्यूज/जलजाल पर्वत पुस १ गते । पर्वतका नवनिर्वाचित सांसदत्रयलाई जलजला गाउँपालिका माझफाँटका स्थानीयहरुले भव्य स्वागत गरेका छन् । वाम गठबन्धन जलजलाले आयोजना गरेको विजयी ¥यालीमा सहभागि स्थानीयहरुले प्रतिनिधिसभा सदस्य पदम गिरि,प्रदेशसभा क्षेत्र क का सांसद नेत्रनाथ अधिकारी र ख का सांसद विकास लम्साललाई भव्य स्वागत गरेका हुन । तस्विरहरु ठाकुरप्रसाद आचार्य

नवनिर्वाचित सांसदलाई जलजलाको माझफाँटमा भव्य स्वागत (फोटोफिचर)

विकल्प न्यूज/जलजाल पर्वत पुस १ गते । पर्वतका नवनिर्वाचित सांसदत्रयलाई जलजला गाउँपालिका माझफाँटका स्थानीयहरुले भव्य स्वागत गरेका छन् । वाम गठबन्धन जलजलाले आयोजना गरेको विजयी ¥यालीमा सहभागि स्थानीयहरुले प्रतिनिधिसभा सदस्य पदम गिरि,प्रदेशसभा क्षेत्र क का सांसद नेत्रनाथ अधिकारी र ख का सांसद विकास लम्साललाई भव्य स्वागत गरेका हुन । तस्विरहरु ठाकुरप्रसाद आचार्य

पर्वतमा वाम गठबन्धनको भव्य विजय उत्सव (फोटोफिचर)

विकल्प न्यूज/पर्वत मंसिर २४ गते । वाम गठबन्धनले पर्वतका तिनै क्षेत्रमा जित हाँसिल गरेपछि कुश्माबजारमा भव्य विजय जुलुस निकालेको छ । कुश्मा बजार ढाक्ने गरि निकालेको विजयी ¥यालीले बजारका विभिन्न भागमा पुगेर वान्द्रेवेडीको चौरमा पुगेर आमसभामा परिणत भएको थियो । तस्विरहरु ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज

पर्वतमा वाम गठबन्धन विजय नजिक

विकल्प न्यूज/पर्वत मंसिर २३ गते । मंसिर २१ गते भएको निर्वाचनको मतगणना पर्वतमा जारी छ । पछिल्लो मतगणना अनुसार वाम गठबन्धन लोकतान्त्रीक गठबन्धन भन्दा भारी मतका साथ अगाडि देखिएको छ । प्रतिनिधिसभाका उम्मेदवार पदम गिरि भारी मतले अगाडि देखिनुभएको छ । यसका साथै प्रदेश तर्फका उम्मेदवारहरु पनि अगाडि देखिएका छन् । पर्वतमा वाम गठबन्धनको तिनै […]

म्याग्दीमा वाम गठबन्धनको विजय उत्सव (फोटोफिचर)

विकल्प न्यूज/बेनी मंसिर २३ गते ।      म्याग्दीको सदरमुकाम बेनीबजारमा वाम गठबन्धनले भव्य रुपमा विजय उत्सव मनाएको छ । शुक्रवार सार्वजनिक भएको मतगणनामा म्याग्दीका तिनै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका थिए । बाजागाजा सहित बेनीको विरेन्द्रचोकबाट सुरु भएको विजय ¥याली हुलाकचोक,न्यूरोड,क्याम्पसचोक हुँदै हस्पिटलचोक,बैंकरोड भएर खुल्ला मञ्चमा पुगेर आमसभामा परिणत भएको थियो । आमसभामा […]

बेनीमा खुसीयाली मनाउँदै……

म्याग्दीको प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई वटै सिट जितेपछि एमाले र माओवादीले आयोजना गरेको बिजय उत्सवमा सहभागी कार्यकर्ताहरु । तस्विर सन्तोष गौतम, म्याग्दी

म्याग्दीमा वाम गठवन्धनको ‘क्लिन स्वीप’(विजयी ¥यालीको फोटोसहित)

विकल्प न्यूज/बेनी मंसिर २२ गते । पहिलो चरणअन्तर्गत गत मंसिर १० गते निर्वाचन भएको ४ नम्बर प्रदेशको जिल्ला म्याग्दीमा वाम गठवन्धनले ‘क्लीन स्वीप’ गरेको छ । प्रतिनिधिसिभा सदस्यको एउटा र प्रदेशसभाका २ गरी ३ वटै निर्वाचन क्षेत्रमा वाम गठवन्धनका उम्मेदवार विजयी भएका हुन् । प्रतिनिधिसभा सदस्यमा वाम गठवन्धनका उम्मेदवार एमालेका वैकल्पीक केन्द्रीय सदस्य भूपेन्द्र वहादुर […]

देशमा विकास र समृद्धिको ढोका खुलोस

  मतको सम्मान होस ! पर्वतको जलजला गाउँपालिका ७ स्थित श्री फर्से धाइरिङ माविमा रहेको मतदानकेन्द्रमा मतदान गर्दै ८३ वर्षिय तुलसीराम उपाध्याय । तस्विर ठाकुरप्रसाद आचार्य/बेनी,म्याग्दी