ताजा समाचार:
Search

फोटो

सामुदायिक विद्यालयमा कम्प्युटर सिक्दै विद्यार्थी (फोटोफिचर)

विकल्प न्यूज/बेनी असार ८ गते । जिल्लाको मंगला गाउँपालिका १ कुहुँ पूर्णगाउँ स्थित राष्ट्रिय जनजागृति माध्यमिक विद्यालयमा कम्प्युटर सिक्दै गरेका विद्यार्थी । ६ वर्ष अघि स्थानीय जमन वहादुर वानियाँ र उहाँको धर्मपत्नी प्रेमकुमारी बानियाँको ६ लाख रुपियाँको आर्थिक सहयोगमा विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको थियो । कक्षा ४ देखि माथिका विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा अनिबार्य गरिएको […]

हिस्तानको महभिर झरना…….

विकल्प न्यूज/बेनी असार ४ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तानको महभिर झरनालाई पर्यटकीय गन्तब्य बनाउन फेदीमा निर्माण गरिएको पोखरी । तस्विर सन्तोष गौतम

परिश्रमी कृषक

विकल्प न्यूज/बेनी असार ४ गते । परिश्रमी कृषक । जलजला ७ धाइरिङ सल्यानका युवा कृषक योगेन्द्र पौडेल विउ उत्पादनका लागि खेतमा फलाएको काक्रो देखाउँदै । पौडेल वैदेशिक रोजगारीबाट फर्किएर विगत दश वर्ष देखि गाउँमै व्यवसायिक तरकारी खेती गर्दै आउनुभएको छ । तस्विर ठाकुरप्रसाद आचार्य/म्याग्दी

बरंजाको दह ताल

विकल्प न्यूज/बेनी असार ४ गते । म्याग्दीको मंगला गाउँपालिका ३ स्थित धार्मीक पर्यटकीय सम्भावना बोकेको दह ताल । तस्विर सन्तोष गौतम

लभ्ली झरना !

विकल्प न्यूज/बेनी जेठ १८ गते । धौलागिरि गाउँपालिका २ लुलाङमा रहेको नर्जाखोलाको झरना । पछिल्लो समय नाम परिवर्तन गरि लभ्ली झरना राखिएको छ । तस्विर ठाकुरप्रसाद आचार्य  

ग्रामिण वस्तीको सुन्दरता…..

विकल्प न्यूज/बेनी जेठ १८ गते । धौलागिरि गाउँपालिका ३ मुनाको सुन्दर वस्ती । मुना धौलागिरि गाउँपालिकाको केन्द्र हो । यातायात सञ्जालले जोडेपछि यहाँ वस्ती विकास तिव्र भएको छ । तस्विर ठाकुरप्रसाद आचार्य

परिश्रमी गुर्जाली महिला

विकल्प न्यूज/बेनी जेठ १७ गते ।म्याग्दीको धौलागिरि गाउँपालिकाको विकट गाउँ गुर्जाकी एक महिला भेडाको ऊनबाट तयार पारिएको धागोबाट काम्लो बुन्दै । तस्विर ठाकुरप्रसाद आचार्य

म्याग्दी भ्रमण वर्षलाई जलजलाको साथ

विकल्प न्यूज/बेनी बैशाख ३१ गते । आइतवार देखि औपचारिक रुपमा सुरु गरिएको म्याग्दी भ्रमण वर्ष २०७५ लाई पर्वतको उत्तरी जलजला गाउँपालिकाका स्थानीयहरुले साथ दिएका छन् । भ्रमण वर्षको उद्घाटनका समयमा जलजला ३ पर्वत बेनीमा रहको कालिगण्डकी आमा समुह बेनीमा निकालिएको ¥यालीमा सहभागि भएका थिए । तस्विर ठाकुरप्रसाद आचार्य

आज देखि म्याग्दी भ्रमण वर्षको शुभारम्भ (फोटोफिचर)

विकल्प न्यूज/बेनी बैशाख ३० गते । म्याग्दीमा आन्तरिक एवम् वाह्य पर्यटक भित्र्याउने उद्देश्यले आयोजना गरिएको म्याग्दी भ्रमण वर्षको आज नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयान मन्त्री रबिन्द्र अधिकारीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । बजारमा निकालिएको ¥यालीका फोटोहरु हेर्नुहोस 

घराम्दीको मारुनी नाच ………

घराम्दीको मारुनी नाच ……… विकल्प न्यूज/बेनी बैशाख २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तानमा पुगेका पाहुनाहरुको स्वागतका लागि मगर समुदायको मौलीक मारुनी नाच प्रस्तुत गर्दै कलाकारहरु । तस्विर सन्तोष गौतम

तातोपानीमा पर्यटक…..

विकल्प न्यूज/बेनी बैशाख २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्दै पर्यटकहरु । पर्यटकीय याम भएकाले तातोपानी स्नानका लागि आउने पर्यटकको चहलपहल बढेको छ । तस्विर नवविकल्प

घराम्दीको आलु खेती

विकल्प न्यूज/बेनी बैशाख २७ गते । अन्नपूर्ण गाउँपालिका ७ घराम्दीका कृषकले गरेको आलु खेती । तस्विर विकल्प न्यूज

जमराबाट जुस !

जमराबाट जुस ! विकल्प न्यूज/बेनी बैशाख २७ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको मल्जाजी  जुस पसलमा जुस बनाउनका लागि  गरिएको जमरा खेती । स्वास्थ्यवद्र्धक मानिने जमरालाई प्रशोधन गरि जुस बनाएर बिक्री गरि राम्रो आम्दानी गरेका छन् । पछिल्लो समय जमराको जुसको माग वढेको छ ।  तस्विर सन्तोष गौतम

महादेव माविमा कम्प्युटर सिक्दै…

विकल्प न्यूज/बेनी बैशाख २० गते । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगमा रहेको महादेव माविमा प्रवासमा रहेका पूर्व विद्यार्थीको सहयोगमा कम्प्युटर सिक्दै विद्यार्थीहरु । तस्विर सन्तोष गौतम

फराकिलो बन्दै बेनी–दरवाङ सडक

विकल्प न्यूज/बेनी बैशाख १९ गते । बेनी–दरवाङ सडक योजना अन्तरगत म्याग्दीको बेनी नगरपालिका ४ सिंगाको कुनाताल क्षेत्रमा पहाड काटेर सडक फराकीलो बनाइदै । बैशाख १० गतेदेखि बिहान ५ देखि ९ र दिउँसो १२ देखि ४ बजेसम्म सवारी रोकेर सडक फुटाउने काम गरिँदै आएको निर्माण कम्पनीले जनाएको छ । तस्विर विकल्प न्यूज