ताजा समाचार:
Search

फोटो

तातोपानीकुण्डमा स्नान गर्दै प्रचण्ड र थापा

विकल्प न्यूज/बेनी कार्तिक २६ गते । पूर्वप्रधानमन्त्री तथा नेकपा(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा म्याग्दीको बेनीनगरपालिका ४ स्थित तातोपानी कुण्डमा सोमवार स्नान गर्दै । परिवार सहित उहाँहरु तातोपानी कुण्डमा स्नान गर्न म्याग्दी आउनुभएको हो । तस्विर ठाकुरप्रसाद आचार्य

बेनीमा देउसी भैलोको रौनक

विकल्प न्यूज/बेनी कार्तिक २० गते । दशैं पछिको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै जाँदा बेनीमा देउसी भैलोले रौनकता वढेको छ । विभिन्न संघ सस्थाहरुले बजारमा खेलेको देउसी भैलोले रौनकता वढाएको हो । बेनीको एभरग्रिन युथ क्लबले बेनीमा खेलेको भैलो / तस्विर ठाकुरप्रसाद आचार्य

२२० केभिए प्रशासरण लाइनमा तार टाङ्न सुरु (फोटो)

विकल्प न्यूज/बेनी कार्तिक १९ गते । २२० केभिए कालिगण्डकी प्रशारण करिडोर आयोजना अन्तर्गत म्याग्दीको दाना देखि पर्वतको खुर्कोट सम्म निर्माण गरिने प्रशासरण लाइन अन्र्गत निर्माण गरिएका टावरहरुमा तार टाङ्न सुरु गरिएको छ ।

ढकमक्क सयपत्री

विकल्प न्यूज/बेनी कार्तिक १९ गते । नेपालीहरुको महान पर्व तिहार नजिकिँदै गर्दा गाउँघरमा सयपत्री फुलहरु ढकमक्क फुल्न थालेका छन् । तस्विर ठाकुरप्रसाद आचार्य

आहा खुलेको हिमाल

विकल्प न्यूज/बेनी कार्तिक १८ गते ।  आहा खुलेको हिमाल म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट देखिएको धौलागिरि हिमालको दृश्य र पृष्ठभूमिमा ढकमक्क फुलेको तिहारे फुल । तस्विर ठाकुरप्रसाद आचार्य

टोड्के स्थित धार्मिक स्थल स्वर्गाश्रम शाखाको मन्दिर र धौलागिरी हिमालको दृश्य

विकल्प न्यूज/बेनी कार्तिक १८ गते । म्याग्दीको पर्यटकीय स्थल टोड्के स्थित धार्मिक स्थल स्वर्गाश्रम शाखाको मन्दिर र धौलागिरी हिमालको दृश्य तस्विर ठाकुरप्रसाद आचार्य

म्याग्दीका ग्रामीण भेगमा पहेलपुर धानबाली (फोटोफिचर)

विकल्प न्यूज/बेनी कार्तिक १२ गते ।म्याग्दी जिल्लाको ग्रामीण भेगका किसानहरुलाई वर्षेबाली अन्तर्गतको धानबाली भिœयाउन भ्याइनभ्याई सुरु भएको छ । ‘मानो खाएर मुरी उब्जाउने’ समयमा आफ्नो खेतमा रोपको धानबाली भिœयाउने चटारोमा किसानहरु लागिपरेका छन् । खेतका गह्राभरी पाकेको पहेंलपुर मुख्य धानबाली भिœयाउने काममा किसानहरु व्यस्त देखिएका छन् । नेपालीहरुको महान् पर्व दशैंको शुरुआतदेखि नै किसानहरुले बाली भिœयाउन […]

पर्यटकीय स्थल टोड्केको सुन्दरता (फोटो)

      विकल्प न्यूज/बेनी कार्तिक १२ गते । म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट देखिएको धौलागिरी हिमशृङ्खाल र टोड्केमा निर्माधिन अवस्थामा रहेको टोड्के हिल रिसोर्ट । करिव तिन करोड रुपियाँको लागतमा यहाँ सुविधा सम्पन्न रिसोर्ट बन्न लागेको छ । तस्विर ठाकुरप्रसाद आचार्य

बेनीको कोतमन्दिरमा फुलपाती भित्राइयो (फोटोफिचर)

विकल्प न्यूज/बेनी असोज ३० गते । आज नवदुर्गाको सातौ दिन सप्तमीमा बेनीमा रहेको बेनी कोतमन्दिरमा फुलपाती भित्राइएको छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य

पुनहिलमा रमाउँदै पर्यटक (फोटो)

विकल्प न्यूज/बेनी असोज २९ गते ।

दिदीबहिनीको सामुहिक लगानीमा बेनीमा खुल्यो लोकल मार्ट

विकल्प न्यूज/बेनी असोज २३ गते । बेनीका महिलाहरुले सामुहिक लगानीमा म्याग्दी लोकल मार्ट खोलेका छन् । बेनी नगरपालिका ७ विरेन्द्र चोकमा स्थानीय उत्पादनहरुको संकलन गरि विक्रि वितरण गर्नका लागि महिलाहरुले सामुहिक लगानी गरेर पसल खोलेका हुन । बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवाल,बेनी विरेन्द्रचोककी पुष्पा पुन,न्यूरोडकी अम्बिका श्रेष्ठ , सुगम श्रेष्ठ र  जलजला ७ मिलनचोककी जमुना […]

प्रशासनमा पुग्ने सेवाग्राहीलाई पत्रपत्रिका पढ्ने सुविधा ..

विकल्प न्यूज/बेनी असोज १६ गते । जिल्ला प्रशासन कार्यालय म्याग्दीले सेवा लिन आउने सेवाग्राहीको सुविधाका लागि कार्यालय परिसरमा राष्ट्रिय,स्थानीय पत्रपत्रिका तथा विभिन्न जानकारीमुलक पुस्तकहरु पढ्ने सुविधा प्रदान गरेको छ । तस्विर ठाकुरप्रसाद आचार्य  

बेनी – जोमसोम सडक ः ट्रयाक खुल्यो, जोखिम उस्तै

घनश्याम खड्का /बेनी असोज १० गते । बेनी-जोमसोम ७६ किलोमिटर सडकमा ‘ट्रयाक’ खोलेपछि सोमसार साँझदेखि पुन:यातायात सञ्चालन भएको छ । सडकको बेनी-घाँसा ४० किमी पहिरोग्रस्त खण्डका गलेश्वर, भीरकाटे, तातोपानी, गुईठे, रुप्सेछहरा, काप्रे र बाँदरजुँगभीरमा झरेको पहिरोमा ‘ट्रयाक’ मात्र खुलेको हो । सडक पुरै पहिरोग्रस्त र अझै जोखिमयुक्त छ । सडकको दर्जनबढी स्थानमा पहिरो झर्ने र भासिने क्रम […]

हत्केलामा ज्यान राखेर भिरकाे यात्रा

विकल्प न्युज / बेनी असाेज ४ गते । बेनी जाेमसाेम सडक खण्ड अन्तरगत काभ्रे भिरमा गयकाे पहिराेका कारणा सडक अवरुद्ध भयकाे छ । सडक बन्द हुदा मुस्ताङ पुग्ने यात्रुहरू जाेखिम माेलेर यात्रा गर्न बाध्य छन । तस्वीर ईन्द्र शिह शेरचन 

संविधान दिवसका अवसरमा प्रभातफेरी (फोटो)

विकल्प न्यूज/बेनी असोज ३ गते ।  संविधान दिवस २०७५ का अवसरमा बेनीमा प्रभातफेरी गरिएको छ । बेनीको विरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी न्यूरोड,क्याम्पस चोक,संगमचोक हुँदै बेनी सामुदायिक माविमा पुगेर औपचारिक कार्यक्रम गरिएको हो । प्रभातफेरीमा प्रदेश सांसद विनोद केसी,जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र वहादुर केसी,जिल्ला न्यायाधिश राजकुमार कोइराल, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी लीलाधर […]