फोटो

हिउँमा रमाउँदै

विकल्प न्यूज/बेनी माघ २६ गते । हिउँमा रमाउँदै । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा हिउँमा बच्चा सहित रमाउँदै एक युवती । शुक्रवार परेको भारी हिमपातका कारण पर्यटकीय स्थलहरुमा हिउँ खेल्नेको भीड लाग्ने गरेको छ । तस्विर सन्दीप खत्रीको फेसबुकबाट

मुस्ताङको ‘ढुम्बा’ ताल जमेर बरफ भएपछि…

विकल्प न्युज /मुस्ताङ माघ २४ गते । हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा पछिल्लो समय हिउँ परेर अत्याधिक चिसो बढेपछि तालको पानि समेत जमेर बरफ बनेको छ । पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बनेको जिल्लाको घरपझोङ गाउपालिका( ५ सम्ले गाउँमा रहेको ढुम्बा ताल बरफमा परिणत भएको हो । मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आउने अधिकांश पर्यटकहरू ढुम्बा ताल […]

जितको उत्साह (फोटोफिचर)

विकल्प न्यूज/बेनी माघ २१ गते । बेनीमा आयोजना गरिएको नगर स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेपछि खुसीयाली मनाउँदै बेनी स्थित माउण्ट आवाशीय माविका शिक्षक र विद्यार्थीहरु । उनीहरुले बाजागाजा र नाचगान सहित बजारमा ¥याली निकाले छन् । तस्विर ठाकुरप्रसाद आचार्य 

फोटोमा हेर्नुहोस निर्माण व्यवसायी संघ म्याग्दीको निर्वाचन चहलपहल

विकल्प न्यूज/बेनी माघ १९ गते । निर्माण व्यवसायी संघ म्याग्दीको आगमी नेतृत्व चयनका लागि भोली आइतवार निर्बाचन हुने भएको छ । माघ ५ गते सुरु भएको संघको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशन नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचनको तालिका तय गरीएको थियो ।  नयाँ नेतृत्वका लागि अध्यक्षमा पदमा वर्तमान अध्यक्ष समेत रहुनभएका नारायण […]

मुख्यमन्त्री गुरुङद्धारा धौलागिरिको गाउँसभालाई सम्बोधन (फोटोफिचर)

विकल्प न्यूज/बेनी माघ १३ गते ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा पृथ्वीसुब्बा गुरुङले धौलागिरी गाउँपालिकाको पाँचौ गाउँसभालाई सम्बोधन गर्नुभएको छ । आइतवार गाउँपालिका केन्द्र मुनामा आयोाजना गरिएको गाउँसभालाई मुख्यमन्त्री गुरुङले सम्बोधन गर्नुभएको हो ।  पोखराबाट हेलिकोप्टरबाट मुना आउनुभएका मुख्य मन्त्री गुरुङले गाउँपालिकाको पर्यटन,जलविद्युत र कृषिको सम्भावनाका वारेमा अवलोकन गर्नुभएको छ । मुख्य मन्त्री गुरुङ, उद्योग,बन वातावरण तथा […]

जनताको जिवनस्तर सुधारमा प्राथमिकता–मुख्यमन्त्री गुरुङ

विकल्प न्युज मुना माघ १३ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा पृथ्वीसुब्बा गुरुङले रोजगारी सिर्जना र आम्दानी वृद्धी गरेर जनताको जिवनस्तर सुधारमा प्राथमिकता दिएको बताउनुभएको छ । म्याग्दीको मुनामा आइतबार धवलागिरी गाउँपालिकाको पाँचौ गाउँसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले विकास र जनताको आर्थिक अवस्था सुधार गर्न जोड दिएको बताउनुभयो । ‘पर्यटन, जलविद्युत, कृषि र […]

फोटोमा हेर्नुहोस हिमपात पछिको मुस्ताङको चराङ गाउँ

फोटोमा हेर्नुहोस हिमपात पछिको मुस्ताङको चराङ गाउँ विकल्प न्यूज/मुस्ताङ माघ १० गते । हिमाली जिल्ला मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ मा पर्ने लोवा समुदाएको चराङ गाउँ । मंगलवार र बुधवार परेको हिमपातले सुन्दर देखिएको चराङ गाउँ । तस्बिर सबिना पौडेल ,चराङ मुस्ताङ ।

रहर लाग्दोआलु  खेती …….

विकल्प न्यूज/बेनी माघ १० गते ।   रहर लाग्दो  आलु   खेती ः बेनी नगरपालिका ४ राक्सेका कृषक कृष्ण आचार्यले गरेको आलु खेती । आलु खेतीमा काम गर्दै कृषक आचार्य । आलु खेतीबाट राम्रो आम्दानी हुँनथालेपछि यहाँका अधिकांश किसानहरुले आलुखेती गर्न थालेका छन् । तस्विर साधन राम्जाली /विकल्प न्यूज

धुमधाम सँग मनाए बेनीमा मगर समुदायले माघे संक्रान्ति पर्व (फोटो सहित)

विकल्प न्यूज/बेनी माघ १ गते । माघे सङ्क्रान्ति पर्वलाई म्याग्दीका मगर समुदायले धुमधामका साथ साँस्कृतिक झाँकी पदर्शन सहित मनाएका छन् । मगर लगायत आम नेपालीले मनाउने माघे संक्रान्ति पर्वको अवसरमा नेपाल मगर संघ म्याग्दीको आयोजनामा मंगलवार बेनीमा मगर समुदायको कला संस्कृति र भेषभुषा पदर्शन गरिएको हो ।  मगर समुदायको मौलिक भेषभुषामा सयौँको संख्यामा सहमागी ¥यालीले बेनी बजार […]

पुख्र्यौली नृत्यमा चम्कीँदै बाल कलाकार पाइजा (फोटो सहित )

विकल्प न्यूज/बेनी माघ १ गते ।  मगर संघ म्याग्दीले माघे संक्रान्ति पर्वका अवसरमा बेनीमा निकालेको सांस्कृतिक झाँकी सहितको सोरठी र पुख्र्यौली नृत्यमा बालकलाकारका रुपमा थिए प्रदिप पाइजा । रघुगंगा गाउँपालिका ४ दमिजाका ९ वर्षीय बालकलाकार पाइजाले बेनीको सडकमा पुख्र्यौली नृत्यमा मादलेका रुपमा भुमिका निभाए ।  बेनीको लिटल एकेडेमीको कक्षा दुईमा अध्ययन गर्ने पाइजाले ठूलाबुवाको सहयोगले […]

तस्विरमा हेर्नुहोस बेनीमा माघी पर्वको रौनक (फोटोफिचर)

विकल्प न्यूज/बेनी माघ १ गते । आज माघ १ गते मगर समुदायले बेनीमा हर्षउल्लासका साथ माघेसंक्रान्ति पर्व मनाएका छन् । नेपाल मगर संघ म्याग्दीले आयोजना गरेको कार्यक्रममा विभिन्न पुख्र्र्यौली नृत्य, सहित बजारमा ¥याली सहितको झाँकी निकालीएको थियो । तस्विर ठाकुरप्रसाद आचार्य

बेनीको मेलामा स्थानीय उत्पादनका स्टल(फोटो)

विकल्प न्यूज/बेनी माघ १ गते । म्याग्दीका महिला उद्यमीहरुले आयोजना गरेको माघे संक्रान्ति मेलामा स्थानीय उत्पादनका स्टलहरु राखिएका छन् । म्याग्दी उद्योग वाणिज्य संघ अन्र्तगतको महिला उद्यम विकास समितिले दुइ दिने मेलाको आयोजना गरेको छ । मेलामा महिला उद्यमीहरुलाई प्रोत्साह र उनीहरुले उत्पादन गरेका सामाग्रीको बजारीकरण गर्नका लागि स्टलहरु राखिएको आयोजकले जनाएका छन् । तस्विर […]

पौरखी महिला

विकल्प न्यूज/बेनी माघ १ गते ।  रुमका महिलाहरुले उत्पादन गरेको अल्लोका कपडा,ढाका,ज्याकेट,सल लगायतका उत्पादनहरु । बेनीमा आयोजना गरिएको माघे संक्रान्ति मेलामा मालिका गाउँपालिका २ रुमकी मनकुमारी पुनले स्थानीय उत्पादन विक्री वितरणका लागि राख्नुभएको छ । उहाँ मेलाका अवसरमा सम्मानित समेत हुनुभएको छ । तस्विर ठाकुरप्रसाद आचार्य(शिब)

तस्विरमा हेर्नुहोस बेनीको माघेसंक्रान्ति मेला (फोटोफिचर)

विकल्प न्यूज/बेनी पुस ३० गते । सोमबार देखि बेनीमा माघेसंक्रान्ति मेलाको आयोजना गरिएको छ । महिला उद्यमीहरुको नेतृत्वमा बेनीको कालिपुल वसपार्कमा मेलाको आयोजना गरिएको छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य

बेनीमा माघे संक्रान्ति मेला सुरु (फोटोफिचर)

विकल्प न्यूज/बेनी पुस ३० गते ।  म्याग्दीको सदरमुकाम बेनीबजारमा माघेसंक्रान्ति मेला सुरु भएको छ । महिला उद्यमीहरुले म्याग्दी भ्रमण वर्ष २०७५ को अवसर पारेर परम्परागत रुपमा बेनीमा लाग्ने माघेसंक्रान्ति मेलाको जर्गेना गर्नका लागि मेलाको आयोजना गरेका हुन । म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा सोमवार देखि बेनीको कालीपुल वसपार्कमा मेलाको […]