फोटो

भूरुङ तातोपानीमा २५ करोड लगानीमा होटल सञ्चालनको तयारी (भिडियो)

विकल्प न्यूज\बेनी मंसिर २२ गते । कालिगण्डकी कोरिडोरमा अहिले सम्मकै ठूलो होटल सञ्चालनको तयारी गरिएको छ । बेनीमा विगत २५ वर्ष देखि व्यवसाय गर्दै आउनुभएका राजु हामलले करिब २५ करोड रुपियाँ भन्दा बढी लगानी गरेर अन्नपूर्ण गाउँपालिका ४ भूरुङ् तातोपानीमा न्यूचुरल होटल स्प्रिङ सञ्चालनको तयारी गर्नुभएको हो । यतिखेर होटलका लागि ७ तले भवन निर्माण […]

बेनीमा जेसीज कप फुटबल प्रतियोगिताको १९ औं संस्करण सुरु (फोटो)

विकल्प न्यूज/बेनी मंसिर २२ गते । सदरमुकाम बेनीमा बुधबार देखि १९ औं जेसिज कप फुटबल प्रतियोगिता सुरु भएको छ । अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगितामा जिल्लाभरबाट २१ विद्यालयको सहभागिता रहेको  जेसिजका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता मंगलबार उद्घाटन गरिएको थियो । प्रतियोगिता मंसिर २५ गतेसम्म संचालन हुने छ । […]

गलेश्वरमा शतवीज छर्ने भक्तजनको चहलपहल (फोटोफिचर)

विकल्प न्यूज/बेनी मंसिर १७ गते । म्याग्दीको प्रशिद्ध गलेश्वरधाममा बालाचतुदर्शीका दिन (आज) सदवीज छर्ने भक्तजनहरुको चहलपहल देखिएको छ । कोरोना महामारीका लामो समय देखि सुनसान बनेको मन्दिरमा आज भने भक्तजनको चहलपहल भएको हो । सतवीज छर्न म्याग्दीका साथै बागलुङ,पर्वत लगायतका जिल्लाहरुबाट भक्तजनहरु आएका छन् । त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका […]

जलजलाको गौशालामा हुर्किदै छन गाईहरु (भिडियो/फोटो)

विकल्प न्यूज/बेनी मंसिर १६ गते । स्थानीय जातका गाईको सरक्षण गर्न पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा गौशाला स्थापना गरिएको छ । लोपहुँदै गएको स्थानीय जातका गाईको संरक्षण गौशाला स्थापना गरिएको हो । गौशालामा हाल स्थानीय जातका ३२ वटा गाईहरु छन् । गण्डकी गोपाल गौशालाले दुईवर्ष अघि नेपालमै पहिलो पटक गौ महोत्सव आयोजना गरेको थियो । […]

बेनीमा मगरमुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन सुरु(फोटोफचर)

विकल्प न्यूज/बेनी मंसिर ८ गते । विप्लव नेतृत्वको नेकपाको भातृ संगठन मगरमुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन बेनीमा सुरु भएको छ । बेनीको खुल्ला मञ्चमा सम्मेलनको उद्घाटन नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले गर्ने जनाइएको छ । सम्मेलनमा देशभरबाट करिब ४ सय प्रतिनिधिहरु सहभागि भएका मगर मुक्ति मोर्चाका संयोजक गमबहादुर श्रीसमगरले बताउनुभयो । सम्मेलनका अवसर बेनीमा […]

कांग्रेस म्याग्दीको अधिवेशन : मतगणना सुरू

विकल्प न्युज/ बेनी म्याग्दी, ३ कात्तिक । काँग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनमा उप सभापती , सचिव, सहसचिव लगायत कार्य समिती र महाधिवेसन प्रतिनिधि चयनको लागी भएको मतदानको मतगणना सुरु भएको छ । मतदानमा कुल ७३५ मतदातामा ७१२ मत खसेकाे छ । महाधिवेशन प्रतिनिधि वाट मतगणना सुरू गरीएको छ । नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन […]

कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिबेशनमा निर्बिरोध नभएका पदमा मतदान सुरु (फोटो/भिडियो)

विकल्प न्यूज/बेनी मंसिर २ गते । नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा मतदान सुरु भएको छ । अधिवेशनमा समापतिमा खमबहादुर गर्वुजा सर्वसम्मत भएपनि उपसभापति, सचिव, सह-सचिव र महाधिवेशन प्रतिनिधि लगायतका पदमा मतदान मार्फत टुंगो लगाउन लागिएको हो ।

नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशन सुरु (फोटो\भिडियो)

विकल्प न्यूज/बेनी मंसिर १ गते । नेपाली काँग्रेस म्याग्दीको आगमी नेतृत्व चयनका लागि बेनीमा सातौं जिल्ला अधिवेशन सुरु भएको छ । अधिवेशन सुरु हुनभन्दा पहिला बेनीमा काँग्रेसले बाजागाज सहित ¥याली निकालेको छ ।

खाेपका लागि लामवद्द सर्वसाधारण(फाेटाे)

विकल्प न्युज/ बेनी कार्तिक २९ गते । काेराेना विरूद्दकाे खाेप लगाउन बेनी  अस्पताल मा रहेकाे खाेप केन्द्रमा लामवद्द  सर्वसाधारणहरू । खाेप लगाउन अस्पतालमा सयौंको संख्यामा सर्वसाधारणको लामाे लाईन  लागेकाे छ । १८ वर्ष भन्दा माथिका सवै नागरिकका लागि २२ हजार ६०० सय डाेज खाेप आएकाे  स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयाे । जिल्लाका सवै […]

पर्वत बेनी स्थित राजमार्गको हालत ! सडक बनाउने निकाय कहाँ छ ?

विकल्प न्यूज/बेनी कात्तिक २४ गते । बेनी – मालढुङ्गा सडक अन्तर्गत पर्वतको जलजला वडा नम्बर ३ पर्वत बेनी स्थित पहिरोमा सडक भत्किएको तिनहप्ता भइसकेको छ । जसका कारण सडक साघुरो बनेको छ । दैनिक सयौंको संख्यामा सवारीसाधनहरु जोखिम मोलेर आवतजावत गरेका छन् । सडक भत्किएका कारण यो स्थानमा पैदल यात्रीलाई समेत आवतजावतमा समस्या भएको छ । […]

मनै लोभ्याउने सयपत्री फूलको खेती(फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी कात्तिक १८ गते । म्याग्दीको बेनी नगरपालिका ४ सिंगामा हरियाली ग्रुपले सयपत्री फूलको खेती गरेको छ । करिब ४ रोपनी जमिनमा फुल खेती गरेको हरियाली ग्रुपका सञ्चालक शेरबहादुर केसीले बताउनुभयो । तिनवर्ष देखि व्यवसायीक रुपमा फुलको खेती गर्दै आएको र वार्षिक रुपमा ४ लाख रुपियाँ बराबरको फुल विक्री हुने गरेको उहाँले बताउनुभयो । […]

बेनीमा देउसी भैलोको रौनक सुरु (फोटोफिचर)

विकल्प न्यूज/बेनी कात्तिक १७ गते । राष्ट्रिय पर्व तिहारको अवसरमा सिंगै बेनीबजार देउसी भैलोमय बनेको छ । विभिन्न संघसंस्थाहरुले बजारमा देउसी भैलो खेल्न थालेका छन् ।   

बेनीमा माेनाकाे चौथाे महाधिवेशन सुरू ( भिडियो /फाेटाे )

विकल्प न्युज/बेनी कार्तिक २ गते । बेनीमा माेनाकाे चौथाे महाधिवेशन सुरू भएको छ । अधिवेशन सुरू हुनुभन्दा अघि बेनीमा झाँकि र वाजागाजा सहित र्यालि निकालिएको छ ।  जिसस सभाहलमा अधिवेशनकाे उद्घाटन सांसद  भुपेन्द्र बहादुर थापाले गर्नुभएको छ। विभिन्न पेशा र राेजगारिकाे क्रममा संसारभर छरिएर रहेका म्याग्देेलिहरूकाे साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (माेना) अन्तर्राष्ट्रिय कार्यकारि […]

बेनीको कोतघरमा फुलपाती भित्र्याइयो (फोटो\भिडियो)

विकल्प न्यूज/बेनी असोज २६ गते । नवदुर्गाको सातौ दिन अर्थात आश्विन शुक्ल सप्तमीका दिन म्याग्दीका कोत एवं हिन्दुधर्मावलम्बीले आ–आफ्नो घरमा फूलपाती भित्र्याएर मनाएका छन् । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतिकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ […]

तातोपानीमा छतमै हेलिप्याड सुविधासहितको ‘‘श्रेष्ठ होटल हटस्प्रिङ’’ सञ्चालनको तयारी (भिडियोसहित)

विकल्प न्यूज/बेनी असोज २४ गते । म्याग्दीको सिंगा तातोपानी बजारमा सुविधा सम्पन्न होटल सञ्चालनको तयारीमा छ । दुईवर्ष अघिबाट पूर्वाधार निर्माण सुरु गरिएको होटल यतिखेर सञ्चालनको अन्तिम तयारीमा जुटेको हो । बेनी नगरपालिका ४ सिंगा तातोपानी कुण्ड नजिक करिब १५ करोड रुपैयाँको लगानीमा श्रेष्ठ होटल हटस्प्रिङ सञ्चालनको अन्तिम तयारी गरिएको छ । तातोपानी कुण्डमा आउने […]