फोटो

बेनीमा पर्यटन महाेत्सव सुरू (फाेटाे)

विकल्प न्युुुज । बेनी चैत २३ गते ।  रेडियो म्याग्दी द्वारा आयोजित प्रथम म्याग्दी पर्यटन महोत्सव २०७५ झाकी सहित सुरू भएकाे छ । 

बेनीको खुल्लामञ्चमा योग शिविर (फोटोफिचर)

विकल्प न्यूज/बेनी चैत १३ गते । म्याग्दीको सदरमुकाम बेनीमा बुधवार देखि तिन दिने बृहत निशुल्क योग शिविर सुरु गरिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा शिविर आयोजना गरिएको हो । शिविरमा डा योगी विकासानन्दले तिन दिन सम्म योगाभ्यास गराउने बताइएको छ । शिविरमा करिब पाँचसय जनाले सहभागिता जनाएका छन् । तस्विरहरु साधान राम्जाली

लामो पुलमा सेल्फी …..

विकल्प न्यूज/बेनी चैत ११ गते । रघुगंगा गाउँपालिका १ बेगखोल स्थित नेपालकै लामो पुलमा सेल्फी लिँदै आन्तरिक पर्यटकहरु । तस्विर ठाकुरप्रसाद आचार्य

लामो पुलको अवलोकन गर्दै पर्यटक (फोटो)

विकल्प न्यूज/बेनी चैत ११ गते । रघुगंगा गाउँपालिका १ बेगखोलमा निर्माण गरिएको नेपालकै लामो पुलको अवलोकन गर्दै बेनीबाट पुगेका आन्तरिक पर्यटकहरु । एकवर्ष अघि बेगको बाँदुक र बेग गाउँलाई जोडन निर्माण गरिएको पुलको पछिल्लो समय अवलोकन गर्न बेनी देखि आन्तरिक पर्यटकहरु पुग्न थालेका छन् । पुल तिसय ६५ .८ मिटर छ । तस्विर ठाकुरप्रसाद आचार्य  […]

रुइसे र लामो पुलमा उद्योग बाणिज्य संघको पर्यटन प्रबद्र्धन कार्यक्रम (फोटोफिचर)

विकल्प न्यूज/बेनी चैत १० गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग बाणिज्य संघले जिल्लाको पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरी पर्यटन प्रबद्र्धन गर्ने अभियान थालेको छ । म्याग्दी भ्रमण वर्ष २०७५ लाई सफल बनाउन संघले पर्यटकीय क्षेत्रहरुमा पुगेर प्रबद्र्धनात्मक कार्यक्रमको सुरुवात गरिएको संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले बताउनुभयो । यसै शिलशिलामा शनिबार रघुगंगगा गाउँपालिकाको २ भगवति […]

यस्तो छ बेनीमा फागुको रौनक (फोटोफिचर)

विकल्प न्यूज/बेनी चैत ६ गते । फागु पूर्णिमा दिन बुधवार बेनीमा निकै रौनक छाएको छ । युवा युवती तथा बालक देखि बृद्धा सम्मलाई फागुको रौनकले छोपेको छ । सवैजना रमाइलो गर्दै एकआपसमा होलीको शुभकामना दिएका छन् । होलीका अवसरमा केही अप्रिय घटनाहरु नहोस भनेर प्रहरीले पनि आफ्नो गस्ती बढाएको छ ।   तस्विरहरु साधन राम्जाली   […]

मौलिक पोषाकमा चिटिक्क

विकल्प न्यूज/बेनी चैत ५ गते । थकाली समुदायको पर्व फागु पूर्णिमाका अवसरमा मौलिक पोषाकमा सजिएका थकाली समुदायका महिलाहरु । तस्विर विकल्प न्यूज

म्याग्दीमा मनाईयाे महिला दिवस (फाेटाे)

विकल्प न्युज / बेनी फागुन २४ गते । म्याग्दी मा मनाईयाे १०९ अौ अन्तरास्ट्रिय श्रमिक महिला दिवस ङ  

आहा ! सुन्दर दृश्य ……

विकल्प न्यूज\बेनी् फागुन १६ गते ।  आहा ! अन्नपूर्ण गाउँपालिका हिस्तानमा फुलेको गुराँस माथि परेको हिउँ । तस्विर कविता पुन

जिसस म्याग्दीको विशेष जिल्लासभा बेनीमा सुरु (फोटोसहित)

विकल्प न्यूज/बेनी फागुन १५ गते । जिल्ला समन्वय समिति म्याग्दीको विशेष जिल्ला सभा बेनीमा सुरु भएको छ । सभाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले उद्घाटन गर्नुभएको हो । जिल्ला सभालाई सम्बोधन गर्दै मन्त्री थापाले जनता सँग नजिकमा रहेको स्थानीय सरकार प्रभावकारी र व्यवस्थित रुपमा सञ्चालन हुनुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकार सफल […]

आहा निलगिरी !

आहा निलगिरी ! म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ भुरुङ तातोपानीबाट देखिएको निलगिरी हिमालको दृश्य । हिमपात पछि निलगिरी हिउँले सेताम्मै भएको छ । तस्विर ठाकुरप्रसाद आचार्य 

हिउँमा रमाउँदै

विकल्प न्यूज/बेनी माघ २६ गते । हिउँमा रमाउँदै । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा हिउँमा बच्चा सहित रमाउँदै एक युवती । शुक्रवार परेको भारी हिमपातका कारण पर्यटकीय स्थलहरुमा हिउँ खेल्नेको भीड लाग्ने गरेको छ । तस्विर सन्दीप खत्रीको फेसबुकबाट

मुस्ताङको ‘ढुम्बा’ ताल जमेर बरफ भएपछि…

विकल्प न्युज /मुस्ताङ माघ २४ गते । हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा पछिल्लो समय हिउँ परेर अत्याधिक चिसो बढेपछि तालको पानि समेत जमेर बरफ बनेको छ । पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बनेको जिल्लाको घरपझोङ गाउपालिका( ५ सम्ले गाउँमा रहेको ढुम्बा ताल बरफमा परिणत भएको हो । मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आउने अधिकांश पर्यटकहरू ढुम्बा ताल […]

जितको उत्साह (फोटोफिचर)

विकल्प न्यूज/बेनी माघ २१ गते । बेनीमा आयोजना गरिएको नगर स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेपछि खुसीयाली मनाउँदै बेनी स्थित माउण्ट आवाशीय माविका शिक्षक र विद्यार्थीहरु । उनीहरुले बाजागाजा र नाचगान सहित बजारमा ¥याली निकाले छन् । तस्विर ठाकुरप्रसाद आचार्य 

फोटोमा हेर्नुहोस निर्माण व्यवसायी संघ म्याग्दीको निर्वाचन चहलपहल

विकल्प न्यूज/बेनी माघ १९ गते । निर्माण व्यवसायी संघ म्याग्दीको आगमी नेतृत्व चयनका लागि भोली आइतवार निर्बाचन हुने भएको छ । माघ ५ गते सुरु भएको संघको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशन नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचनको तालिका तय गरीएको थियो ।  नयाँ नेतृत्वका लागि अध्यक्षमा पदमा वर्तमान अध्यक्ष समेत रहुनभएका नारायण […]