भिडियो

बेनी अस्पतालले सुरु ग¥यो पहिलोपटक डायलासिस सेवा (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन १८ गते । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालले पहिलोपटक मृगौलाको डायलासिस सेवा सुरु गरेको छ । ४ वटा मेशिनबाट आइतवार देखि डायलासिस सेवा सुरु गरेको हो ।     गण्डकी प्रदेशको सामाजिक विकास मान्त्रालय र बेनी अस्पतालको सहकार्यमा डायलासिस सेवा सञ्चालनमा ल्याइएको हो । आइतबार दुइजना विरामीको डायलासिस गरेर सेवा सुरु गरिएको अस्पतालले जनाएको छ […]

बेनीमा मास्क नलगाई हिड्नेलाई च्याप्प समाउँदै गाडीमा हाल्दै (फोटो/भिडियो)

विकल्प न्यूज/बेनी साउन १५ गते । म्याग्दीको सदरमुकाम बेनीमा मास्क नलगाई हिडडुल गर्ने सर्वसाधरणहरुलाई प्रहरीले पक्राउ गर्ने गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम बढेको भन्दै प्रहरी प्रशासनले न्यूनतम स्वास्थ्य सुरक्षाका नियमहरु पालना नगर्नेहरुलाई कडाई गर्न थालेको हो । मास्क नलगाई हिडेका पचासजनालाई विहिवार बेनीबजारका विभिन्न स्थानहरुबाट प्रहरीले पक्राउ गरी सेचत बनाएर छाडेको प्रहरी निरिक्षक डाक्टरप्रसाद […]

भिडियोमा हेर्नुहोस बिमका पहिरो पीडितको पीडा

विकल्प न्यूज/बेनी साउन १२ गते ।  गत असार २५ गते राती परेको भिषण वर्षापछि बिम गाउँ क्षणभरमै पहिरोमा परिणत भयो । गाउँनै शोकमा ढुब्यो । पहिरोमा परेर ९ जनाको ज्यान गयो । एउटा परिवार त सखाप नै भयो । पहिरोले २६ घरलाई पूर्ण क्षति पु¥यौं । ५५ देखि ६० घर उच्च जोखिममा छन् । गाउँमा […]

मराङका पहिरोपीडित सुत्केरी महिला भोकभोकै (भिडियो रिपोर्ट सहित)

ठाकुरप्रसाद आचार्य/मराङ साउन ११ गते ।   गत असार २५ गते धौलागिरि गाउँपालिका ६ मराङ नाम्रुककी सविना विक बेलुकाको खान खादै थिइन । अविरल वर्षा भइरहेको थियो । एकैछिनमा गाउँ माथिबाट पहिरो खस्न थाल्यो । छिनभरमै पहिरोले घर घेरियो । खाना खादै गरेको भाग छाडेर भाग्यौं सविनाले भन्नुभयो ‘श्रीमानले पाँचदिनको बच्चा, मैले अर्को छोरीलाई समाएर भाग्यौं ।’ […]

नदी कटान र पहिरोका कारण बेनी – गलेश्वर सडकमा जोखिम बढ्यो (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन ७ गते ।    बेनी–गलेश्वर सडकको जलेश्वर खण्डमा पहिरो गएका कारण जोखिम बढेको छ । सडक माथिबाट आउने पहिरो र कालिगण्डकी नदीले कटान गर्दा सडक भासिएका कारण सवारी साधन आवतजावत र सर्वसाधरणहरुलाई समेत पैदल हिड्न सकस परेको छ । जलेश्वर नजिक सडक माथिबाट आएको पहिरोका विहिवार विहान सडक अवरुद्ध भएको हो । एक्साभेटरले पहिरो पन्छाउने […]

कालिगण्डकीमा आएको बाढीले बेनीको बसपार्क कटान गर्न थाल्यो (तस्विर र भिडियो)

विकल्प न्यूज/बेनी साउन ६ गते । सोमबार धौलागिरि रेन्जमा भएको भारी वर्षाका कारण कालिगण्डकीमा आएको बाढीले बेनीको कालिपुल स्थित वसपार्क कटान गर्न थालेको छ । नदीमा पानीको सतह वढेपछि कालिपुल स्थित पेट्रोलपम्प नजिक नदी किनारमा लगाइएको ग्याविन जाली भत्कीन थालेको छ । जाली भत्किन थालेपनि बसपार्क नदी कटानको उच्च जोखिममा परेको छ । यसै गरी […]

कालिगण्डकी र म्याग्दी खोलामा फेरी आयो बाढी(भिडियो)

विकल्प न्यूज/बेनी साउन ५ गते ।  सोमबार साँझ एक्कासी कालिगण्डकी र म्याग्दीखोलामा ठूलो बाढी आएको छ ।रुप्से झरनामा आएको बाढीका कारण कालिगण्डकीमा पानीको सतह बढेको अनुमान गरिएको छ । रुप्सेमा आएका बाढीका कारण झरनाको फेदीमा रहेको होटल,पार्किङ गरेर राखेको बस र एक्साभेटर बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरी नायब उपरिक्षक किरण जंग कुँबरले बताउनुभयो । […]

आँखै अगाडी आफन्त पहिरोमा पुरिए (भिडियो सहित)

विकल्प न्यूज/सिवाङ असार २७ गते । ‘मध्यरातको समय थियो एक्कासी माथिबाट ठूलो पहिरो खस्यो । सवै जना भागभाग भयौं । हेर्दा हेर्दै आँखै अगाडि तिनजनालाई पहिरोले पु¥यो । बचाउन सकिएन । ’ मराङ कल्लेनीका तोरण बहादुर भण्डारीले भन्नुभयो ‘भागेर ज्यान बच्यौं छिमेकीलाई बचाउन सकिएन ।’ विहिवार राती ठूलो पानी परेको थियो । मध्यरातमा त माथिको […]

जब काली र म्याग्दी नदि उर्लीयाे ( भिडियाे)

https://m.youtube.com/watch?feature=share&v=xmDcwTBbrUY

अविरल वर्षा सँगै म्याग्दी खोलामा ठूलो बाढी आयो (भिडियो सहित)

विकल्प न्यूज/बेनी असार २६ गते । विहिवार राती देखि परेको अविरल बर्षा सँगै म्याग्दी र कालीगण्डकीमा ठूलो बाढी आएको छ । म्याग्दी खोलामा पानीको सतह ह्वात्तै बढेको छ । कालि र म्याग्दीमा पानी सतह बढेपछि नदी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधरणहरुलाई उच्च सर्तकता अपनाउन अनुरोध गरिएको छ । https://www.youtube.com/watch?v=kMJKIVER9L0

तोरीपानीका रिजालको रहरलाग्दो किबी खेती हेर्नुहोस भिडियो

विकल्प न्यूज/बेनी असार २१ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित तोरीपानीका बामदेब रिजालले पाखोबारीमा व्यवसायिक रुपमा किबी खेती गर्नुभएको छ । ७ वर्ष अघि करिब २२ देखि २५ रोपनी जग्गामा किबीका विरुवा ४०० विरुवा रोप्नुभएको थियो ।  तिनवर्ष देखि फल दिन थालेको उहाँले बताउनुभयो । एक बोटमा पचास देखि ९० केजी सम्म किबी फल्ने रिजालले […]

तोरीपानीका सागर ः जसले वर्षेनी झण्डै एककरोड रुपियाँ बराबरका विरुवा विक्री गर्नुहुन्छ (भिडियो)

विकल्प न्यूज/बेनी असार ५ गते ।  म्याग्दीको बेनी नगरपालिका ९ घतानका सागर बानियाँले करिब ६० देखि ९० लाख रुपियाँ बराबरका विभिन्न जातका जडीबुटीका विरुवाहरु विक्री गर्नुहुन्छ । यतिखेर उहाँको नर्सरी ब्याडमा सतुवा,टिमुर,लोडसल्ला,रोजमेरी,दाँतेओखर लगायतका विरुवाहरु छन् । ९/१० वर्ष देखि विरुवा उत्पादन गर्दै आउनुभएका बानियाँले पछिल्ला केही वर्ष यसलाई व्यवसायिकता दिनुभएको छ । गत वर्ष २० […]

हेर्नुहोस, ओमकार पुरीको सफलताको कथा (भिडियो)

विकल्प न्यूज/बेनी असार १ गते ।  बेनी नगरपालिका १० काउलेगौडाका ओमकार पुरीले ६० लाख लगानी गरेर कुखुरा व्यवसाय गर्नुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएर उहाँले गाउँमै व्यवसायिक रुपमा कुखुरापालन सुरु गर्नुभएको हो । पुरी पोल्ट्री फर्म स्थापना गरी पुरीले व्यवसायीक रुपमा कुखुरा पाल्न थाल्नुभएको हो । पुरीको फर्ममा यतिखेर ३ हजार वटा अण्डा उत्पादन गर्ने […]

तोरीपानी देखि ढोलठान पुग्ने ८ सय मिटर पदमार्ग निर्माण (फोटो/भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ ३१ गते ।     बेनी नगरपालिका वडा नम्बर ९ को एतिहासिक स्थल ढोलठान दरबार पुग्न पदमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत विनियोजन भएको ६ लाख ३३ हजार तिनसय ३३ रुपियाँ लागतमा तोरीपानीको गुफाबोट देखि ढोलठान दरबार सम्म दुइमिटर चौढाई भएको ८ सय मिटर लामो पदमार्ग निर्माण गरिएको हो । स्वरोजगार […]

बेनी नगरकार्यपालिकाको ५६ औं वैठकका निर्णय सार्वजनिक भिडियो

विकल्प न्यूज/बेनी जेठ २९ गते । विहिवार नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा वसेको नगरकार्यपालिकाको ५६ औं वैठकका निर्णय प्रवक्ता एवम् वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराइलीले सार्वजनिक गर्नुभएको छ । हेर्नुहोस भिडियो