ताजा समाचार:
Search

भिडियो

कोरोना संक्रमणको चेनब्रेक गर्न थप दश दिन पूर्ण लकडाउन ः प्रजिअ अधिकारी (भिडियो)

विकल्प न्यूज/बेनी बैशाख ३० गते ।  कोरोना संक्रमणको चेनबे्रक गर्न म्याग्दीमा थप दश दिन पूर्ण लकडाउन गरिने भएको छ । समुदाय स्तरमा कोरोना संक्रमण उच्च भएको भन्दै विहिवार बसेको डिसिसिएमसीको वैठकले जिल्लाभरी पूर्ण लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले बताउनुभयो । वैठकले कोरोना रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका सम्बन्धमा भएका कामकारवाहीहरुको […]

कोरोना रोकथाम र व्यवस्थापनमा जुट्यो बेनी ः भिडियो

विकल्प न्यूज/बेनी बैशाख २७ गते । बेनी नगरपालिका कोरोना रोकथाम,नियन्त्रण र व्यवस्थापनमा प्रभावकारी रुपमा जुटेको छ । कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएपछि रोकथाम र व्यवस्थापनमा नगरपालिका जुटेको हो । बेनी नगरले अक्सिजन सहितको २० बेड क्षमताको बेनी अस्पतालमा कोभिड अस्पताल,२० बेडको क्वारेन्टाइन निर्माण गर्न लागेको छ । यसका साथै समुदाय स्तरमा पुगेको पिसिआर परिक्षणका लागि स्वाव […]

नेतृत्वको ढुलमुले चरित्रका कारण कांग्रेसले अवसर गुमायो ः नेता पौडेल (भिडियो)

विकल्प न्यूज/बेनी चैत १ गते । नेपाली कांग्रेस म्याग्दीले बेनीमा राखेको श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वको ढुलमुले चरित्रका कारण कांग्रेसले अवसर गुमाएको बताउनुभएको छ । कांग्रेस म्याग्दीका पूर्व सभापति स्व भुपेन्द्र बहादुर खड्काको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा नेता पौडेलबाट व्यक्त विचारहरु ः

तस्विर र भिडियोमा हेर्नुहोस् नेपाल मगर विद्यार्थी संघको राष्ट्रिय भेला

विकल्प न्यूज\बेनी फागुन २७ गते । नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला बेनीमा सुरु भएको छ । भेलाको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवीले गर्नुभयो । भेलाको उदघाटन हुनुभन्दा अघि बेनीमा मगर समुदायको कालासंस्कृति,झाँकी,भेषभूषा,सोरठी नृत्य सहित ¥याली निकालेका थिए । भेला भोली शुक्रबार सम्म सञ्चालन हुने छ । भेलामा देशभरबाट दुईसय प्रतिनिधिहरु […]

भलिबलमा बिजेता महिला टिमलाई बेनीमा भब्य सम्मान ( फोटो/भिडियो)

विकल्प न्यूज/बेनी फागुन १२ गते । पोखरामा सम्पन्न गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा महिलातर्फ बिजेता बनेको म्याग्दीका खेलाडीहरुलाई बेनीमा बाजागाजा सहित सम्मान गरिएको छ । जिल्ला भलिबल संघको आयोजनामा खेलाडीहरुलाई सम्मान गरिएको हो । विरेन्द्रचोकबाट सुरु भएको बाजागाजा सहितको ¥याली बजार परिक्रमा गरेको थियो ।

भिडियोमा हेर्नुहोस काँग्रेस म्याग्दीको विरोध प्रदर्शन

विकल्प न्यूज/बेनी फागुन ३ गते । नेपाली काँग्रेस म्याग्दीले सोमबार बेनीमा वृहत विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंबैधानिक कदमका विरुद्धमा नेपाली काँग्रेस म्याग्दीले बेनीमा विरोध प्रदर्शन गरेको छ ।

प्रतिगमनका विरुद्ध उर्लियो म्याग्दी (भिडियो)

विकल्प न्यूज/बेनी माघ २५ गते ।  प्रतिगमनका विरुद्ध बेनीमा नेकपा प्रचण्ड – माधब समुहले बृहत ¥याली निकालेका छन् । ¥यालीमा नेकपाका कार्यकर्ताहरुले प्रतिगमन विरुद्ध नाराबाजी गरेका थिय । बेनीको विरेन्द्रचोकबाट निस्केको जुलुस बजार परिक्रममा पछि जिसस सभाहलमा पुगेको थियो । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन पछि यो समुह निरन्तर विरोधमा […]

गायक पुनको‘चोखो माया’म्युजिक भिडियो सार्वजनिक

विकल्प न्यूज/बेनी माघ १० गते । चर्चित गायक किरन पुनको ‘चोखो माया’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । माया प्रेममा आधारित गीतको म्युजिक भिडिओ गायक पुनको अफिसियल युट्युव च्यानल किरन पुन मार्फत सार्वजनिक गरिएको हो । गीतमा शब्द/सिर्जना र संगित पुनको र एरेण्ज राकेश सोनीको रहेको छ । गायक पुन र गायीका यामुना बुढाको […]

भिडियोमा हेर्नुहोस् नेकपा (ओली पक्ष) युवा संघ म्याग्दीको शक्ति प्रदर्शन

विकल्प न्यूज/बेनी पुस २१ गते । नेकपा (ओलीपक्ष) युवा संघ म्याग्दीले बेनीमा वृहत युवा भेला सम्पन्न गरेको छ । राष्ट्रिय युवा संघ म्याग्दीको आयोजनामा गरेको युवा भेलालाई नेकपाका केन्द्रिय सदस्य तथा युवा नेता महेश बस्नेतले सम्बोधन गर्नुभएको थियो ।  

ओलीको समर्थनमा मात्र होइन, योजना अलपत्र पार्ने ठेकेदारको खोजीमा पनि झरेका हुन युवाहरु ः विद्यार्थी नेता पौडेल (भिडियो)

विकल्प न्यूज/बेनी पुस २१ गते । नेकपा (ओली) पक्षका विद्यार्थी नेता अनेरास्ववियूका केन्द्रिय सदस्य तथा म्याग्दीका विद्यार्थी नेता प्रकाश पौडेलले म्याग्दीका योजनाहरु अलपत्र पार्ने ठेकेदारहरुलाई नछाडिने चेतावनी दिनुभएको छ । युवा संघ म्याग्दीले बेनीमा आयोजना गरेको युवा भेलामा नेता पौडेलले जिल्लाको विकास योजनाहरुमा भएको ढिलासुस्ती र बेथितिका वारेमा युवाहरुले भण्डाफोर गर्ने उद्घोष गर्नुभयो ।  

म्याग्दीलाई लाल किल्ला नै बनाउने नेकपा ओली पक्षको उदघोष (भिडियो सहित)

विकल्प न्यूज/बेनी पुस १८ गते । पार्टी भित्रका केही व्यक्तिहरु फुटेर गएपनि म्याग्दी जिल्ला लाल किल्ला नै हुने नेकपा ओली पक्षका नेताहरुले उदघोष गरेका छन् । शनिबार बेनीमा नेकपा ओली पक्षले गरेको अगुवा कार्यकर्ता भेलामा बोल्ने जिल्लाका नेताहरुले लाल किल्ला कायम हुने दावी गरे । पार्टी विभाजन भएपनि अधिकांश नेता तथा कार्यकर्ताहरु नेकपा ओली पक्षमा […]

यसरी हुँदैछ रत्नेचौरमा सडक कालोपत्रे (फोटोफिचर/भिडियो सहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज मंसिर १७ गते । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकले वर्षौ देखि आजित भएका बेनी नगरपालिका १ रत्नेचौरवासीहरुले भने अव घरकै अगाडि चिल्लो सडक देख्न पाउने भएका छन् । सघीय सरकारले सडक स्तरउन्नती सहित कालोपत्रेका लागि बजेट विनियोजन सँगै घर अगाडिको धुलाम्मे सडक कालोपत्रे हुनथालेपछि स्थानीवासीहरु उत्साहित भएका हुन । सडकको ट्रयाक […]

आहा ! नारच्याङको शिरैमा कति राम्रो झरना (फोटो/भिडियो)

ठाकुरप्रसाद आचार्य/बेनी असोज १८ गते ।      गाउँको शिरैमा मनमोहक झरना । तल सुन्दर वस्ती । यो हो म्याग्दीको अन्पूर्ण गाउँपालिका ४ नारच्याङ गाउँ । गाउँको शिरबाट झर्ने छहराखोला झरनाले नारच्याङ गाउँको सुन्दरता थपिदिएको छ । मुस्ताङ जाने पर्यटकहरु झरनाको सुन्दरतामा रमाउने गर्दछन् । बेनी–जोमसोम सडक छेवैमा पर्ने उक्त झरनाको अवलोकन गर्न पर्यटकहरु लोभिने […]

विद्यार्थी खोज्दै शिक्षक घरघरमा (भिडियो)

विकल्प न्यूज/बेनी असोज १४ गते । कोरोना महामारीका विच विद्यालय सञ्चालन नभएपछि बेनी सामुदायिक विद्यालयले विद्यार्थीको घरघरमा पुगेर पढाउन थालेको छ । विद्यालयले अहिले सम्म ६०० भन्दा बढी विद्यार्थीहरुको घरघरमा पुगिसकेको छ । टोलमा विद्यार्थीहरुलाई भेला गराएर विषयगत शिक्षकहरुले पढाउन थालेका छन् । यो अभियान विद्यालयले असार १५ गतेबाट सुरु गरेको हो । कोरोना महामारी रहेसम्म […]

‘यसपाली दशैंमा’ गीत सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी असोज ९ गते । बेनीका कलाकार सुनिल बानियाँको अभिनय रहेको ‘यसपाली दशैंमा’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । समाजमा रहेको जातिय विवेदका विरुद्ध जनचेतनामुलक सन्देश दिने खालको विषयवस्तुलाई गीतमा समेटिएको छ । अन्तरजातिय बिबाहबाट सफल भएका एक दम्पत्तिको सफल कथामा आधारित रहेर म्यूजिक भिडियो तयार पारिएको कलाकार बानियाँले बताउनुभयो । बेनी सामुदायिक विद्यालयका शिक्षक समेत […]