प्रवास

मोना स्पेनद्धारा तथ्याङक संकलन सुरु

विकल्प न्यूज/बेनी मंसिर ११ गते । स्पेनमा रहेको म्याग्देलीहरुको साझा सस्था मोना स्पेनले स्पेनमा रोजगारी,अध्ययन र व्यवसायको शिलशिलामा मा बसोबास गरिरहेका म्याग्देलीहरुको तथ्याङक संकलन सुरु गरेको छ । बार्सिलोना,म्याडृड ,अलिकन्ते,ग्रीन क्यानरिआ,बेनिड्रुम्,सेविया लगायतका शहर मा बसोबास गर्ने म्याग्देलीहरुको नामावली गर्ने कार्य भइरहेको कार्यक्रम संयोजक खगेन्द्र बुढाथोकी ले बताउनु भयो । सयौको संख्यामा स्पेनमा म्याग्देलीहरु रहेकाले सम्पूर्णको […]

सुरेशको उपचारका लागि दक्षिण कोरियाबाट ३७ हजार सहयोग

विकल्प न्यूज/बेनी मंसिर ११ गते । मंगला गाउँपालिका ५ नेटाका मिर्गौला पीडित सुरेश छन्त्यालको उपचारका लागि सञ्चालन गरिएको अभियानका क्रममा मंगलवार दक्षिण कोरियाबाट थप ३७ हजार एकसय ८० रुपियाँ सहयोग प्राप्त भएको छ । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले सञ्चालन गरेको सुरेश बचाऊ अभियानलाई सहयोग पु¥याउन मंगला गाउँपालिका ४ सोरडाँडा स्थायी घर भई हाल दक्षिण कोरियामा […]

जटिल राेगका विरामीलाई मोना यूएईद्धारा १ लाख सहयाेग

विकल्प न्युज / बेनि मंसिर ४ गते ।  म्याग्दी प्रवासी नेपाली संघ, मोना यूएईले उपचार गराइरहेका तीनजना बिरामीलाई एक लाख आर्थिक सहयोग गरेको छ । आर्थिक अभाव र विपन्नताका कारण लामो समय उपचारबाट बन्चित भएका विरामीलाई लक्षित गरी मोना यूएईल संकलन गरेको आर्थिक विरामीका आफन्तलाई हस्तान्तरण गरिएको हो । मोना यूएईका महासचिव सुवास राम्जाली, उपसमिति […]

मृर्गौलापीडित छन्त्याललाई कतारबाट आर्थिक सहयोग

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, कात्तिक १८ ।पश्चिम म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनका मृर्गौलापीडित १९ वर्षीय सुरेश छन्त्याललाई शनिबार आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारको सिलसिलामा कतारमा पुगेका प्रवासीहरुबाट हिमालयन युवा समाज दोहा कतारले सहयोग अभियानमार्फत सङ्कलित नगद ७५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । उक्त सहयोग संस्थाका प्रतिनिधिहरुमार्फत सुरेशकी आमा सीता पाईजा छन्त्याललाई उपलब्ध गराइएको […]

सुरेशको उपचारका लागि मोना नागोया जापानबाट ६८ हजार सहयोग

विकल्प न्यूज/बेनी बेनी १२ कात्तिक । मंगला गाउँपालिका ५ नेटाका मृगौलापीडित सुरेश छन्त्यालको उपचारका लागि सोमबार ६८ हजार रुपैयाँ आर्थिक सहयोग सोमबार प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली संघ( मोना) क्षेत्रीय समिति नागोया जापानबाट सो सहयोग प्राप्त भएको हो । मोना नागोया जापानबाट संकलित रकम मोना क्षत्रीय समिति जापानका सदस्य पुर्ण पुर्जाद्धारा ओमकुमारी शान्तिकोषका […]

शान्तिकोषलाई मोना फ्रान्सद्धारा ३ लाख सहयोग

विकल्प न्यूज/बेनी असोज २९ गते । रोजगारीको शिलशिलामा फ्रान्समा रहेका म्याग्देलीहरुले गठन गरेको मोना फ्रान्सले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई ३ लाख रुपियाँ सहयोग गरेका छन् । सहयोग जुटाउन युरोप भ्रमणमा निस्केको शान्तिकोषको टोलीलाई मोना फ्रान्सका अध्यक्ष हेम बानियाँ र अन्य पदाधिकारीहरुले कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गरेका हुन । कोषको विधान अनुसार […]

म्याग्दी उद्दार समिति बहराइनद्धारा डेढलाख भन्दा वढी सहयोग हस्तान्तरण

विकल्प न्यूज/बेनी असोज २८ गते । प्रवासी म्याग्देलीहरुको संस्था म्याग्दी उद्दार समिति बहराइनले आइतवार डेढलाख रुपियाँ भन्दा वढी आर्थिक सहयोग प्रदान गरेको छ । रघुगंगा गाउँपालिका ४ दग्नाम घर भई बहराइन स्थित बुकामल कम्पनीमा कार्यरत अग्नी पीडित धनबहादुर तिलिजालाई बेनीमा आयोजित कार्यक्रमका विच समितिले एकलाख ६१ हजार पाँच रुपियाँ सहयोग हस्तान्तरण गरेको हो । बहराइनमा […]

सुरेशको उपचारका लागि आईतबार ६ लाख सहयोग प्राप्त

विकल्प न्यूज/बेनी असोज २१ गते । म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका मिर्गौला पीडित सुरेश छन्त्यालको उपचारका लागि आईतबार ६ लाख ४ हजार सातसय ६० रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ। मोना कुवेतबाट ५ लाख ५ हजार २१०, जापानमा रहेका कमल बानियाँ र सुरेश पुनको सक्रियताबाट संकलित ८९ हजार ५५० र हङकङमा रहेकी सुरक्षा मल्लबाट १० […]

मिर्गौला पीडित सुरेशलाई फेरी जुट्यो साढे ३ लाख रुपियाँ

विकल्प न्यूज/बेनी असोज १६ गते । मंगला गाउँपालिका ५ नेटाका मिर्गौला पीडित सुरेश छन्त्यालको उपचारका लागि सञ्चालन गरिएको अभियानका क्रममा मंगलवार करिब साढे तिनलाख रुपियाँ जुटेको छ । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले सञ्चालन गरेको सुरेश बचाऊ अभियानका क्रममा मंगलबार विभिन्न मुलुकहरुमा रहेका म्याग्देलीहरुले ३ लाख ४४ हजार ९ सय ८७ रुपियाँ कोषलाई पठाएका छन् […]

पोर्चुगलमा रहेका नेपालीहरुले पठाए सुरेशको उपचारका लागि ५१ हजार

विकल्प न्यूज/बेनी असोज २ गते । म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका मिर्गौला पीडित सुरेश छन्त्यालको उपचारका लागि पोर्चुगलमा रहेका नेपालीहरुले ५१ हजार ९ सय सत्र रुपियाँ सहयोग पठाएका छन् । हाल पोर्चुगलमा रहनुभएका मंगला गाउँपालिका ५ अर्मनका शिववहादुर थापाको पहलमा त्यहाँ रहेका नेपालीहरुबाट उक्त सहयोग रकम संकलन भएको ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो […]

मृगौला पीडित सुरेशको उपचारका लागि करिव ३ लाख सहयोग

विकल्प न्यूज/बेनी असोज १ गते ।  दुवै मृगौला खरावी भएपछि उपचार गराइरहेका एक यूवालाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूएईले आर्थिक सहयोग गरेको छ । सुरेश बचाउ अभियानमा मोना यूएईले १ लाख ७० हजार ५० रुपैयाँ सहयोग गरेको हो । सोमबार ओमकुमारी शान्ति कोषमा आयोजित कार्यक्रममा मोना यूएईका कार्यसमिति सदस्य लोकेन्द्र केसीले सुरेशकी आमा सिता […]

सुरेशको उपचारका लागि इराकबाट एकलाख सहयोग

विकल्प न्यूज/बेनी भदौ २४ गते । मंगला गाउँपालिका ५ नेटाका मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि इराकमा रहेका म्याग्देलीहरुले आर्थिक सहयोग पठाएका छन् । बेनी नगरपालिका ६ चुत्रेनी निवासी कृष्ण मल्लको सक्रियतामा इराकमा रहेका नेपालीहरुको सहयोगबाट संकलन भएको एकलाख रुपियाँ आइतवार सुरेश बचाउ अभियान सञ्चालन गर्दै आएको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई हस्तान्तरण गरिएको छ । […]

बहराईनमा रहेका म्याग्देलीहरुको तिज विशेष कार्यक्रम

विकल्प न्यूज/बहराइन भदौ २३ गते । रोजगारीको शिलशिलामा बहराइन पुगेका नेपालीहरुले हरितालिका तिजका अवसरमा कार्यक्रम आयोजना गरेका छन् । म्याग्दी उद्दार समिती बहराईनले चेलिबेटी भेटघाट तथा तिजको दरखाने कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । नारिहरुको महान पर्व तिजको पावन अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा हर्ष र उल्लास मय बातावरणमा म्याग्देली हरुको ठुलो संख्यामा उपस्थिति […]

रितुङ पुस्तकालको अक्षयकोषलाई अमेरिकाबाट ४२ हजार सहयाेग

अनिल पौडेल/बेनी साउन ४ गते । म्याग्दीको रघुगंगा–८ कुईनेमँगलेस्थित रितुङ मावि दुलेखर्कमा स्थापना भएको रितुङ पुस्तकालयको अक्षयकोषका लागि अमेरिकाबाट ४२ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । कुईनेमँगलेस्थित चौरखानीका खुममायाँ छन्त्याल, इनमायाँ छन्त्याल (इशा), लक्ष्मी छन्त्याल र ललित छन्त्यालले आफ्नो स्वर्गीय हजुरबुवा दलबहादुर छन्त्याल र हजुरआमा तुलसा छन्त्यालको स्मृतिमा एकमुष्ट ४२ हजार रुपैयाँ उपलब्ध गराएका हुन् […]

पर्यटक सूचना केन्द्रलाई मोना कतारद्धारा स्मार्ट टिभी सहयोग

विकल्प न्यूज/बेनी साउन १ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित सूचना केन्द्रलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले सहयोग गरेको छ । जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्लाका चर्चित तथा ओझेलमा परेका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसारका लागि लक्षित गरी कालिपुलमा स्थापना गरिएको केन्द्रलाई आवश्यक पर्ने स्मार्ट टिभी र पोजेक्टर खरिद गर्न ६१ ह्जार आर्थिक […]