प्रवास

मनकारी परदेशी ः जसले गाउँमा विद्यालय बनाइदिए

विकल्प न्यूज/बेनी चैत २२ गते । बेनी नगरपालीका ९ काउलेगौडामा जन्मिएका ४८ वर्षिय भोजबहादुर बानिया सानो हुँदा ‘शिशु’ कक्षा पढ्न एक घण्टा हिडेर नेप्टेचौर स्थित अहिलेको राष्ट्रिय माविमा पढ्न जाँदाको दुख अझै झलझली सम्झन्छन् । नेप्टेचौरमा तिन कक्षासम्म अध्ययन गरेका बानियाँले घरबाटै आउने जाने गरेर बेनीको प्रकाश मावि उच्च माबिबाट एसएलसी पास गरेका थिए । […]

पर्वत सेवा समाजले पायो बैधानिकता

अगन्धर तिवारी /विकल्प न्यूज पर्वत,फागुन २८ गते । पर्वत जिल्लामा जन्मस्थान भई बिदेश, जिल्ला बाहिर तथा जिल्लाभित्रै बसोबास गर्ने यूवाहरुको सक्रियतामा सामाजिक सेवा गर्ने उद्धेश्यले ‘पर्वत सेवा समाज नेपाल’ नामक संस्थाको विधिवत शुभारम्भ गरिएको छ । पर्वतको पाङ्ग्राङमा जन्मथलो भई हाल रोजगारको शिलशिलामा इजरायलमा रहेकी दिपिका भुषालको संयोजकत्वमा गठित संस्थाले जिल्ला प्रशासन कार्यालय पर्वत र […]

प्रवासी म्याग्देलीको सहयोगी मन – चार विद्यालयलाई मोना वेल्जियमको ३ लाख सहयोग

विकल्प न्यूज/बेनी म्याग्दी,फागुन २७ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) वेल्जियमले भूकम्पबाट क्षती भएका जिल्लाका ग्रामिण भेगमा रहेका चार सामुदायिक विद्यालयलाई तिनलाख रुपियाँ सहयोग गरेको छ । जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषको समन्वयमा मोना बेल्जियमले संकलन गरेको उक्त रकम कोषद्धारा बेनीमा आयोजना गरिएको कार्यक्रमका अवसरमा प्रत्येक विद्यालयलाई ७५ हजार रुपियाँका दरले हस्तान्तरण गरिएको हो […]

भगवतीका स्वर्गीय कमल भण्डारीको परिवारलाई ६ लाख रुपियाँ संकलन

विकल्प न्यूज/विकल्प न्यूज फागुन २७ गते । साउदी अरवमा ज्यान गुमाएका भगवती–९ का कमल भण्डारीको परिवारलाई प्रवासी म्याग्देलीले सञ्चालन गरेको आर्थिक सहयोग अभियानका क्रममा अहिले सम्म ६ लाख रुपियाँ भन्दा वढी आर्थिक संकलन भएको छ । कार्तिक १२ गते कामको शिलशिलामा भण्डारीको करेन्ट लागेर साउदीमा निधन भएको थियो । आर्थिक अवस्था कमजोर भएको भण्डारी परिवारका […]

भगवतीका स्वर्गीय कमल भण्डारीको परिवारलाई मोना बेल्जीयमको पचास हजार सहयोग

विकल्प न्यूज/बेनी म्याग्दी,फागुन २७ गते । साउदी अरवमा ज्यान गुमाएका भगवती–९ का कमल भण्डारीको परिवारलाई वेल्जीयममा रहेका राखु निवासीहरुले पचास हजार रुपियाँ आर्थिक सहयोग गरेका छन् । मोना बेल्जीयमका निवर्तमान अध्यक्ष एवम् मोना आइइसीका महासचिव घनश्याम शाहीले बेनीमा आयोजना गरिएको सहयोग हस्तान्तरण कार्याक्रमका विच सो आर्थिक सहयोग रकम स्वर्गिय भण्डारीका धर्मपत्नी मिना भण्डारीलाई प्रदान गर्नुभएको […]

टोड्के महोत्सवलाई मोनाद्धारा एक लाख सहयोग

सन्तोष गौतम/विकल्प म्याग्दी,फागुन २६ गते । म्याग्दीको पर्यटकीय तथा धार्मीक स्थलमा सञ्चालन भएको टोड्के महोत्सवलाई प्रवासी म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिले एक लाख रुपैया सहयोग गरेको छ । मंगलबारदेखि सुरु भएको महोत्सवको उद्घाटन समारोहमा मोनाका महासचिव घनश्याम शाहीले मुल आयोजक समितिलाई एक लाख रुपैया नगद हस्तान्तरण गर्नुभएको थियो । टोड्के […]

पर्वत प्रवासी समाज कोरियाको अध्यक्षमा पुर्जा

विकल्प न्यूज /बेनी माघ २७ गते । हालै सम्पन्न भएको पर्वत प्रवासी समाज दक्षिण कोरियाको चौथो अधिवेशनबाट तुलबहादुर पुर्जा अध्यक्षमा निर्वाचित हुनुभएको छ । विभिन्न पेशा तथा रोजगारीको शिलशिलामा दक्षिण कोरिया पुगेका पर्वतेलीहरुको साझा संस्थाका रुपमा क्रियाशिल प्रवासी समाज सामाजिक कार्यमा अग्रसर हुँदै आएको छ । अधिवेशनले ११ सदस्यीय कार्य समितिको निर्बिरोध चयन गरेको हो […]

पर्वत सेवासमाज इजरायलको सामाजिक कार्यमा अग्रसरता

विकल्प न्यूज /बेनी पर्वत,माघ १० गते । विभिन्न पेशा तथा रोजगारीका शिलसिलामा इजरायल पुगेका पर्वतेलीहरुले जिल्लाको मानविय कार्यको क्षेत्रमा जुट्न थालेका छन् । उनीहरुले त्यहाँ पर्वत सेवासमाज इजरायल नामक संस्था स्थापना गरेर जिल्लाको सामाजिक र परोपकारी क्षेत्रमा काम गर्न थालेका हुन । संस्थाको हालै सम्पन्न प्रथम पहिलो अधिबेशनका अवसरमा जिल्लाको परोपकारी क्षेत्रमा एकलाख पचास हजार […]

मोना बेलायतको अध्यक्षमा कमल पुर्जा

सन्तोष गौतम/विकल्प म्याग्दी,माघ १० गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेलायतको अध्यक्षमा कमलबहादुर पुर्जा निर्वीरोध चयन हुनुभएको छ । पाँचौ अधिवेशन मार्फत चयन हुने आगामी कार्यसमितिका लागि शनिबार सम्मको उमेदवारी दर्ता गर्ने समयसिमा तोकिएकोमा अध्यक्ष पदमा म्याग्दी दानाका पुर्जाको मात्रै उमेद्वारी परेपछि उहाँ निर्वीरोध हुनुभएको हो । तोकिएको समयमा पुर्जाको मात्र उमेद्वारी परेकाले यही […]

बेनीको बालगृहलाई स्पेनबाट रु १० हजार सहयोग

विकल्प न्यूज /बेनी पुस २९ गते । रोजगारीको शिलशिलामा स्पेन पुग्नुभएका बेनी नगरपालिका ९ घतान निवासी खिमविर मिजारले बेनीमा रहेको बालगृहमा वस्ने अनाथ बालबालिकाहरुका लागि १० हजार रुपियाँ सहयोग गर्नुभएको छ । मिजारको बहिनी लक्ष्मी मिजार र छिमेकी हिरा श्रेष्ठले बुधबार बालसंगठनका कोषाध्यक्ष टंक हमाललाई सो रकम हस्तान्तरण गर्नुभएको हो । ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश […]

म्याग्दीका दुर्गम भेगमा इन्टरनेट विस्तार गर्न मोना हङकङले सहयोग गर्ने

विकल्प न्यूज /बेनी पुस २२ गते । म्याग्दीका दुर्गम भेगमा इन्टरनेट सञ्जाल विस्तार गर्नका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले आर्थिक सहयोग गर्ने भएको छ । जिल्ला विकास समितिले एक वर्ष अगाडी जिल्लाका दुर्गम गाउँमा वसोवास गर्ने जिल्लावासीहरुलाई इन्टरनेटको पहुँचमा ल्याउन योजना अगाडी बढाएको थियो । म्याग्दी प्रवासी नेपाली संघ (मोना), हङकङको हालै सम्पन्न […]

बेल्जियमका नेपालीद्धारा गलेश्वरका वृद्धाहरुलाई न्यानो कपडा सहयोग

निर्मल खत्री/विकल्प म्याग्दी,पुस २१ गते । म्याग्दीको गलेश्वर जेष्ठ वृद्धा आश्रममा रहेका ५० जना वृद्धालाई बेल्जियमा रहेका नेपालीहरुले ५० थान बल्याङ्गकेट बितरण गरेका छन । बेनी नगरपालिका वडा १ का झलक बहादुर महतको संयोजकमा बेल्जियममा कार्यरत्त नेपाली दाजुभाईहरुको सहयोगमा जाडो मौसम भएको समयमा म्याग्दीमा रहेको एक मात्र वृद्धा आश्रम गलेश्वर जेष्ठ नागरिक वृद्धा आश्रमका बृद्धाहरुलाई […]

दृष्टिविहिन विद्यार्थीलाई बोल्ने कम्प्यूटर हस्तान्तरण

हरिकृष्ण गौतम/विकल्प म्याग्दी,पुस २१ गते । म्याग्दीको पिप्ले गाविसस्थित ज्ञानोदय माविको दृष्टिविहिन स्रोतकक्षामा अध्ययरत विद्यार्थीलाई हङकङबाट १ लाख १२ हजार मुल्यको बोल्ने कम्प्यूटर सहयोग गरेका छन् । ओखरबोट गाविस महवीर स्थायी घरभई हाल हङकङमा बसोबास गर्ने धनमयाँ पुन (आशा)ले स्वर्गीय श्रीमान मोहन थापा मगरको सम्झनामा दृष्टिविहिन विद्यार्थीैले प्रयोग गर्ने ९२ हजार बराबरका दुईवटा कम्प्यूटर सोमबार […]

करेन्ट लागेर घाइते भएका बस्यालको उपचारका लागि कुबेतबाट आर्थिक सहयोग

सन्तोष गौतम/विकल्प म्याग्दी,पुस ८ गते । करेन्ट लागेर घाइते भएका म्याग्दीका एक युवाको उपचारका लागि कुबेतबाट आर्थिक सहयोग प्राप्त भएको छ । पिप्ले ७ का गोविन्द बस्यालको उपचारका लागि कुवेतमा रहेका म्याग्दी देविस्थानका डमप्रकाश बस्यालको पहलमा संकलित २२ हजार १२९ रुपैयाँ बुधबार हस्तान्तरण गरिएको छ । मिजार समाजले बेनीमा आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष सुकलाल […]

एनआरएन कतारको महासचिवमा म्याग्दीका गर्बुजाको उम्मेदवारी

विकल्प /म्याग्दी पुस २ गते । गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद्को २०१५ र १७ कार्यकालको लागि म्याग्दी सेवा समाजका निर्वतनमान अध्यक्ष इन्जिनियर नन्दप्रसाद गर्बुजाले महासचिवमा उम्मेदवारी दिएका छन् । म्याग्दी मराङ स्थायी घर भएका गर्बुजाले विगत जस्तै एनआरएनमार्फत आफ्ना कार्यक्रमहरूलाई कार्यान्वयन गराउन महासचिवमा उम्मेदवारी दिएको बताएका छन् । म्याग्दी सेवा समाजमार्फत म्याग्दीका साथै […]