प्रवास

कोरियामा म्याग्दी रनिङ कप

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ साउन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाको आयोजनामा सउलमा म्याग्दी रनिङ कप २०१६ भलिबल प्रतियोगिता सम्पन्न भएको छ । कोरीयामा म्याग्देलीहरुलाई आपत, विपत परेको अवस्थामा सहयोग गर्ने उद्देश्यले म्याग्दी आवासगृह निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले आईतबार पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको हो । १८ टिम […]

कोरियामा पर्वत सेवा समाज

दिपिका भुसाल/विकल्प न्यूज साउन १७ गते । सामाजिक क्षेत्रमा सहयोग तथा जन्मभुमिको विकासका साथै बिपतमा परेकाहरुको सहयोगार्थ गठित ‘पर्वत सेवा समाज’को कोरियामा शाखा गठन गरिएको छ । कोरियामा कार्यरत इश्वर केसीको अध्यक्षतामा समाजको कोरिया शाखा गठन भएको हो । शाखाको उपाध्यहरुमा दिनेश ढकाल, बिक्रम कुँवरलाई चयन गरिएको छ । त्यस्तै सचिवालय संयोजकमा जयनारायण सुबेदी, सहसचिवमा […]

अविनाशको उपचारका लागि कोरियाबाट १ लाख सहयोग

विकल्प न्यूज/बेनी साउन ८ गते । मालिग्रेन्ट क्यान्सरबाट पीडित भएका बेनी नगरपालिका ११ पुलाचौरका अविनाश बानियाँको उपचारका लागि दक्षिण कोरियामा संकलन भएको एक लाख शुक्रबार काठमाण्डौमा एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना कोरिया) ले सुरु गरेको आर्थिक संकलन अभियान अन्र्तरगत संकलन भएको रकम बसन्त बानियाँ मार्फत डिजिटल साक्षरता अभियान्ता […]

खबराका नरबहादुर नेपालीको उपचारका लागि बहराईनबाट आर्थिक सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ५ साउन । मृगौलामा पत्थरी परेर बिरामी भएका बेनी नगरपालिका ४ खबराका नरबहादुर नेपालीको उपचारका लागि बहराईनबाट आर्थिक सहयोग प्राप्त भएको छ । खबरा घर भई हाल बहराईनमा कार्यरत भरत रत्नको पहलमा म्याग्दी उद्धार सहयोग समिति बहराईन मार्फत २८ हजार ४४६ रुपैयाँ सहयोग प्राप्त भएको हो । भरत रत्नका बुवा वुद्धविर […]

परोपकारी कार्यमा सक्रिय बन्दै म्याग्दी एकता सेवा समिति युएई

जे.सागर युएई/विकल्प न्यूज असार २५ गते । युएईमा कार्यरत म्याग्दीबासी नेपालीहरुको संस्था म्याग्दी एकता सेवा समिति , युएई समाजसेवाको कार्यमा सक्रिय हुन थालेको छ । २०१४ डिसेम्बरमा गठन भइ समाजसेवाका विभिन्न कार्यमा आफूलाई सहभागी गराउँदै आएको समितिले यसअघि म्याग्दी स्थित श्री त्रिभुवन मंगला मा।बि।लाई यस अघिनै करिब ६५ हजार रुपैया आर्थिक सहयोग गरिसकेको छ भने […]

युएईमा म्याग्दी प्रबासी नेपाली संघ (मोना) स्थापना

हिरा बुढाथोकी , दुबई १८ असार ।  संयुक्त अरब इमिरेट्सको युएईमा रोजगारका लागी आएका म्याग्देलीहरुले म्याग्दी अन्तराष्ट्रिय संगठन (मोना) सँग समन्वयन गर्दै जिल्लाको सामजीक बिकास तथा परोपकारी काममा सहयोग पुर्याउने लक्ष्य सहित (मोना) युएई स्थापना गरेको छ । गत महिना प्रदीप सुबेदीको अध्यक्षतामा गठन भएको १५ सदस्य कार्यसमितीलाई शुक्रबार शारजाहको रोलामा बसेको पहिलो बैठकबाट २५ […]

दुवईमा मोना गठन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ जेठ । बैदेशिक रोजगारी र पेशा, ब्यवसायको क्रममा दुवईमा पुगेका म्याग्देलीहरु संगठीत भएका छन् । १० जुन अथवा शुक्रबार दुवईमा भएको भेलाले त्यहाँ प्रदिप सुवेदीको अध्यक्षतामा प्रवासी म्याग्देली नेपाली संघ (मोना)को राष्ट्रिय समिति गठन गरेको हो । त्यहाँ रहेका म्याग्देलीहरलाई दुख पर्दा सहयोग गर्ने, जिल्लाका सामाजिक तथा परोपकारी अभियानलाई सघाउने […]

म्याग्दीलाई ‘फ्रि वाईफाई’ जिल्ला बनाउन मोना कतारद्धारा सांगीतिक कार्यक्रम

तिलु शर्मा पौडेल १७ जेठ, (दोहा) कतार । म्याग्दी प्रवासी नेपाली संघ कतारले मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।  म्याग्दीको बहुचर्चित परियोजना ‘वाइफाई फ्रि म्याग्दी जिल्ला’ बनाउने अभियानमा सहयोग पुर्‍याउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको थियो ।    ‘ग्रामिण सञ्चार विकासका लागि सहयोगार्थ’ भन्ने नारासहित मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ख्यातीप्राप्त […]

मुटुरोगी बालकको उपचारका लागि प्रवासबाट सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ जेठ । बेनी नगरपालीका १ रत्नेचौरका ९ वर्षिय नविन थापा मगरलाई मुटुरोगको उपचारका लागि प्रवासीले बुधबार करिब एक लाख रुपैया नगद सहयोग गरेका छन् । थापाको मुटुमा परेको प्वालको शल्यक्रिया गर्नका लागी आर्थिक स्रोत जुटाउन ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको अभियानमा प्रवासी म्याग्देली नेपाली संघ (मोना) हङकङले ९५ हजार ३९५ […]

मृगौला पीडित गुरूङको उपचारमा मलेसियाबाट ९२ हजार सहयोग

विकल्प न्यूज/बेनी जेठ ७ गते । मृगौलाको उपचार गराइरहेका बेनी नगरपालिका–१३ का ३६ बर्षिय तेजेन्द्र गुरूङलाई मलेसियामा रहेका म्याग्देलीले आर्थिक सहयोग जुटाएका छन्। आर्थिक अवस्था कमजोर भएर उपचारबाट बन्चित भएका गुरूङलाई मलेसियामा रहेका भकिम्ली–२ छेपारेका सक बहादुर काउचाको नेतृत्वमा संकलन भएको ९२ हजार १९२ रुपैयाँ शुक्रबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । ओमकुमारी शान्ति […]

मुटुरोगी थापालाई बचाउन बेल्जियमबाट सहयोग

विकल्प न्यूज/बेनी बैशाख १८ गते । बेनी नगरपालिका–१ रत्नेचौरका ९ बर्षिय नविन थापा मगरको मुटुको उपचारका लागि बेल्जियममा रहेका एक दम्पत्तीले आर्थिक सहयोग गरेका छन् । रत्नेचौर स्थायी घर भई हाल बेल्जियममा रहेका मोना बेल्जियका सचिव सुमन थापा ‘प्रदिप’ र सरु थापा ‘ओविसरा’ले आफ्नो छोरी सन्झनाको पास्नीमा संकलन भएको ५५ हजार ५ सय रुपैयाँ थापामगरको […]

धाइरिङका आगलागी पीडितलाई युकेबाट सहयोग

विकल्प न्यूज/बेनी बैशाख ४ गते । धाइरिङ गाविस लालुङखानीका आगलागी पीडित परिवारहरुलाई युकेबाट आर्थिक सहयोग प्राप्त भएको छ । धाइरिङ ९ निवासी हाल युकेमा रहनुभएका दधी आचार्य र सोही गाविस ७ का नारायणप्रसाद आचार्यले आगलागी परिवारका लागि २३ हजार पाँचसय रुपियाँ आर्थिक सहयोग गर्नुभएको हो । शनिबार मिलनचोकमा पर्वतका प्रहरी नायव उपरिक्षक गंगा पन्तले आगलागी […]

म्याग्दीको विकासमा प्रवासीको योगदान

सन्तोष गौतम,ठाकुरप्रसाद आचार्य / विकल्प न्यूज म्याग्दी,बैशाख २ गते । विभिन्न कारणले बिदेशिन पुगेका म्याग्दीका प्रवासीहरु परोपकारी काममा अग्रसर भएका छन् । सात समुन्द्रपारीका देशमा श्रम, पसिना बेचेर कमाएको पैसा प्रवासी म्याग्देलीहरुले जिल्लाको सामाजिक एवम भौतिक पूर्वाधारको विकासमा लगाउन थालेका हुन् । व्यक्तिगत र संस्थागत रुपमा प्रवासीबाट म्याग्दीको शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको क्षेत्रमा करोडौ […]

जन्मगाउँमा लाखौ लगानीमा पूर्वाधार निर्माण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ बैशाख । म्याग्दीको ताकम गाविस ७ हिलापोखरीमा दुई व्यक्तिले लाखौ लगानीमा विकासका पुर्वाधार निर्माण गर्नुभएको छ । हाल पोखरा नदीपुर बस्नुहुने रेशम पुन र बेलायतमा रहनुभएका दुर्गाबहादुर पुनले आफ्नो जन्मगाउँमा नौ लाख रुपैयाको लगानीमा सडक र सामुदायिक भवन निर्माण गर्नुभएको हो । सिंगापुर प्रहरीको सेवानिवृत्त रहनुभएका रेशम पुन र उहाँकी […]

म्याग्दीका गाउँमा इन्टरनेट सेवा विस्तारका लागि सहयोग जुटाउन पोर्चुगलमा सांस्कृतिक कार्यक्रम

विकल्प न्यूज/बेनी चैत २३ गते । म्याग्दीका सवै गाविसमा इन्टरनेट सेवा विस्तारका लागि विदेशमा वसोवास गर्ने म्याग्देलीहरुले सहयोग जुटाउन थालेका छन् । यहि अप्रिल २४ का दिन मोना पोर्चुगलले सांस्कृतिक कार्यक्रम गरि सहयोग जुटाउने अभियानको थालनी गर्न लागेको मोना अन्तरास्ट्रिय युरोप विभागका सचिव तथा मोना पोर्चुगलका सल्लाहकार सुर्जे भट्टचनले जानकारी दिनुभयो । कार्यक्रममा नेपालको लोक […]