समाचार

मुटुरोगी बालीका बचाउ अभियान सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ मंसिर । म्याग्दीको एक मुटुरोगी बालीकाको उपचारका लागि आर्थिक स्रोत जुटाउन अभियान सुरु भएको छ ।बेनी नगरपालिका २ रत्नेचौरकी ७ वर्षिया अरनीमा नेपालीको उपचारका लागि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले अभियान सुरु गरेको हो । ज्ञानपुञ्ज प्राबिमा कक्षा ३ मा पढ्ने नेपालीको मुटुमा प्वाल परेको गत कात्तिकमा पहिचान भएको थियो […]

संसोधन प्रस्ताव फिर्ता लिन माग गर्दै बेनीमा बिरोध प्रर्दशन

विकल्प न्यूज/बेनी मंसिर १६ गते । सरकारले केही दिनअघि संसदमा दर्ता गरेको संबिधानको दोस्रो संसोधनको प्रस्ताव फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयुले बिहीबार साँझ बेनीमा बिरोध प्रर्दशन गरेका छन् । बेनीको पिपलचोकदेखि क्याम्पसचोकसम्म राँके जुलुस र क्याम्पसचोकदेखि राँको बाहेकको जुलुले बजार परिक्रमा गरेको थियो । क्याम्पसचोक र जिल्ला […]

बजेट कार्यान्वयनमा जुट्न आग्रह

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ मंसिर । म्याग्दीका सरोकारवालाहरुबीच आगामी आर्थिक वर्ष २०७४७५ को जिल्ला विकास योजना निर्माणका सम्बन्धमा बिहीबार बेनीमा छलफल भएको छ । जिविस म्याग्दीले आयोजना गरेको सो पुर्व योजना तर्जुमा गोष्ठिमा जिल्लाका सांसद, राजनीतिक दलका नेता, कार्यालय प्रमुख, गाविस सचिव, गैरसरकारी संघ संस्थाका प्रतिनिधि लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले […]

खुसिको खबर ः आइतवारबाट बेनी– दरबाङ जीप सेवा सञ्चालन हुने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ मंसिर । म्याग्दीमा साढे तिन करोड रुपैयाँको लगानीमा नयाँ यातायात कम्पनी स्थापना भएको छ । म्याग्दीको दरवाङ क्षेत्रका युवा व्यवसायीहरुले स्थापना गरेको पश्चिम म्याग्दी यातायात सेवा प्रा.लीले बेनी–दरवाङ सडकमा आगामी आइतबार देखि जिप सेवा सुरु गर्ने तयारी गरेको जनाएको छ । हाल पाँच जनाको तिन करोड पचास लाख रुपैयाँ लगानी […]

बेनी–दरबाङ सडकलाई साढे अठार करोड बजेट प्राप्त

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ मंसिर । म्याग्दीको पश्चिमी क्षेत्रका बस्तीहरुलाई सदरमुकामसंग जोड्ने बेनी–दरवाङ सडक कालोपत्रे र स्तरउन्ती लागि साढे अठार करोड रुपैयाँ बजेट प्राप्त भएको छ । अर्थ मन्त्रालयले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई हालै बेनी–दरवाङ सडक स्तरउन्नतीका लागि बहुवर्षे ठेक्का मार्फत १८ करोड ५० लाख रुपैयाँ बजेट बराबरको काम गर्न स्वीकृती दिएको हो […]

नारच्याङको लुकेको सम्भावना (फोटोसहित)

शब्द सन्तोष गौतम/ तस्विर सन्दिप खत्री मंसिर १६ गते । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने नारच्याङ विश्व प्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा समावेश छ । नारच्याङलाई स्थानीय तहको पुनसंरचनाका क्रममा अन्नपूर्ण गाउँपालिकामा प्रस्ताव गरिएको छ । घलेम्दी, निलगिरी, रेले, मिस्त्री जस्ता नदीहरु रहेको नारच्याङमा जलविद्युतको प्रशस्त सम्भावना छ ।   दुइ मेघावाट क्षमताको तातोपानी जलविद्युत […]

विद्यार्थीद्धारा गलेश्वर मन्दिर सरसफाइ

विकल्प न्यूज/बेनी मंसिर १६ गते । वेष्ट पोइन्टका विद्यार्थीले गलेश्वर मन्दिर सरसफाइ गरेका छन् । बालाचतुर्दशीका दिन प्रशिद्ध तिर्थस्थल गलेश्वर धाममा सात बिज छर्ने र तिर्थालु भक्तजनको धेरै उपस्थिति हुने साथै यस अबसरमा उत्पन्न भएको फोहोर मैला ब्यबस्थापन गर्न विद्यार्थिले सरसफाइ गरेका हुन् । न्यु वेष्ट पोइन्ट आबासिय मावि कक्षा ७ र ८ का केहि […]

म्याग्दीका साठी विद्यालयमा पुस्तकालय र प्रयोगशाला स्थापना गरिने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १५ मंसिर । यस वर्ष म्याग्दीका साठी वटा विद्यालयमा पुस्तकालय र प्रयोगशाला स्थापना गरिने भएको छ । जिल्ला शिक्षा कार्यालयले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा तिस वटा विद्यालयमा विज्ञान, गणित अंग्रेजी प्रयोगशाला र तिस वटामा पुस्तकालय स्थापना गर्न लागिएको जानकारी दिइएको हो ।प्रयोगशालाका लागि प्रतिविद्यालय एक लाख पचास हजार र […]

ठेक्का प्रक्रियालाई प्रबिधि मैत्री र आधुनीकीकरण गर्ने तयारी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १५ मंसिर । ठेक्का प्रक्रियालाई प्रबिधिमैत्री र आधुनिकीकरण गर्ने तयारी भएको सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौले जनाएको छ । काठमाडौले बुधबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पुर्वाधार योजना निर्माणमा हुने अनियमितता, मिलेमतो, अस्वस्थ्य प्रतिस्पर्धा, ढिलासुस्ती नियन्त्रणका लागि ठेक्का प्रक्रियामा आधुनिक प्रबिधिको प्रयोग गर्न लागीएको जानकारी दिइएको हो । ईविडीङ मार्फत ठेक्का […]

म्याग्दी क्याम्पसको महायज्ञबाट एक करोड चार लाख नगद उठ्यो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १५ मंसिर । बेनीमा हालै सम्पन्न भएको म्याग्दी बेनी धार्मीक एवम् शैक्षिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञको बुधबार समिक्षा गरिएको छ । महायज्ञ मुल आयोजक म्याग्दी बहुमुखी क्याम्पसले सञ्चालक समिति पदाधीकारी, विभिन्न उपसमितिका संयोजक र कर्मचारीहरुको सहभागितामा समिक्षा गरिएको जनाएको छ । म्याग्दी बहुमुखी क्याम्पसमा स्नाकोत्तर तह थप र प्राबिधिक विषयको […]

गलेश्वरमा पौने पाँच लाख भेटी संकलन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १५ मंसिर । बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा यस वर्षको बालाचर्तुदर्शी पर्वमा पौने पाँच लाख रुपैयाँ भेटि संकलन भएको छ । बालाचर्तुदर्शी पर्वको अवसर पारेर गलेश्वरमा सतविज छर्न, मन्दिरमा पुजाआचा र दर्शनका लागि आएका भक्तजनले चार लाख ७६ हजार १३७ रुपैयाँ भेटि चढाएका हुन् । सोमबार भक्तजनले चढाएको भेटि गनेर […]

बेनीमा सिसिक्यामेरा जडान

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १५ मंसिर । म्याग्दीको सदरमुकाम बेनी बजारमा सिसिक्यामेरा जडान भएको छ । बेनीको शान्ति सुरक्षालाई थप सुदृढ पार्ने र आपराधिक गतिबिधि नियन्त्रणमा सहयोग गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघको पहलमा बजारका विभिन्न आठ ठाउँमा सिसीक्यामेरा जडान भएको हो । कालीपुल बसपार्क र क्याम्पसचोकमा दुईदुई तथा संगमचोक, न्युरोड, जिल्ला प्रशासन कार्यालय अगाडी […]

गाउँ पुगेका सांसदलाई समस्या र गुनासोको भारी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १४ मंसिर । म्याग्दीको उत्तरी क्षेत्रको भ्रमणमा गएका सांसद रेशमबहादुर बानियाँलाई स्थानीय बासिन्दाले समस्या र गुनासोको भारी बोकाएर पठाएका छन् । प्रस्तावीत अन्नपूर्ण गाउँपालिकामा समावेश भएका आठ गाविसको विकास गतिबिधिको अनुगमन र सरोकारवालाहरुसंग भेटघाट गर्न गाउँ पुगेका सांसद बानियाँलाई समक्ष स्थानीय बासिन्दाले विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायत क्षेत्र संग सम्बन्धित समस्या […]

म्याग्दीमा फोहोर र ढल व्यवस्थापनको चुनौती थपिदैँ

सन्तोष गौतम/विकल्प न्यूज मंसिर १४ गते । म्याग्दीको ग्रामिण बजार क्षेत्रमा फोहोर र ढल व्यवस्थापनको समस्याले सरसफाइमा चुनौती थपिएको छ । दरवाङ, सिंगा तातोपानी, बाबियाचौर, पोखरेबगर, भुरुङ तातोपानी क्षेत्रको ढल र फोहोर व्यवस्थापनमा समस्या भएको हो ।बेनपा १३ तातोपानी बजारको फोहोर फाल्ने ठाउँ । बेनी–दरवाङ सडक तल म्याग्दी नदी किनारमा फोहोर फाल्ने गरिएको छ । […]

यस्तो छ जिल्ला अस्पताल बेनीको साइनबोर्ड बगैंचा

घनश्याम खड्का /बेनी मंसिर १४ गते । कालीपुल बसपार्कबाट बेनीबजार पस्दा जिल्ला अस्पताल बाटैमा पर्छ । अस्पताल हातामा सिसौंका रूख–रूखमा ‘संरक्षित बगैंचा/उद्यान’ लेखिएका साइनबोर्डहरू झुन्डिएका देख्न सकिन्छन् । दुई दर्जनबढी सामाजिक संघसंस्था, विद्यालयका नामअंकित साइनबोर्डमुनि फूलहरू होइन, झाडी उर्मिएका छन् । कतिपय बोर्ड त झाडीभित्रै छोपिएका पनि छन् । अस्पतालको खाली ठाउँलाई सुन्दर बगैंचा बनाउने […]