ताजा समाचार:
Search

समाचार

पार्कीङ गरेको दुई वटा एक्साभेटरमा आगलागी, तिन वटा ट्याक्सी तोडफोड

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी ११ पुस । म्याग्दीमा आइतबार राती पार्कीङ गरेर राखेको दुई वटा एक्साभेटर डोजरमा आगलागी र तिन वटा ट्याक्सी तोडफोड भएको छ । बेनी–गलेश्वर सडकको रातोपहिरोमा पार्कीङ गरेर राखेको पोखरा कन्ट्रक्सन प्रालीको बा १ क २७५६ र एसीएस एभेरष्ट कन्ट्रक्सनको बा १ क ६५२३ नम्बरको एक्साभेटरमा आगलागी भएको हो । डोजरमा […]

बोट बाटै विक्री हुन्छन् बासखर्कका रसिला सुन्तला

सन्तोष गौतम/विकल्प न्यूज वासखर्क,पुस ११ गते । पर्वतको बाँसखर्कमा सहर र बिदेश गएकाहरु गाउँ फर्केर सुन्तला खेती गर्न थालेका छन् । सडक र बजार विस्तारसंगै सुन्तलाखेतीबाट आम्दानीको सम्भावना बढेपछि सुबिधा, अवसर र रोजगारीका लागि सहर तथा बिदेश गएकाहरु गाउँ फर्कन थालेका हुन् । छोराछोरी पढाउनका लागि म्याग्दीको बेनीमा बस्दै आउनुभएकी बाँसखर्क २ की चन्द्रकुमारी भण्डारी […]

क्रिसमसको अवसरमा मोना पोर्चुगलद्धारा सांस्कृतिक कार्यक्रम

विकल्प न्यूज/पोर्चुगल पुस १० गते । म्याग्दी प्रवासी संघ (मोना पोर्चुगल) ले क्रिसमसका अवसरमा सांस्कृतिक कार्यक्रम गरेको छ । पेशा व्यवसाय र रोजगारीको शिलशिलामा म्याग्दीबाट पोर्चुगल पुगेका म्याग्देलीहरुको संस्था मोना पोर्चुगलले क्रिसमसका अवसरमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । पोर्चुगलको राजधानी लिस्बोनमा मोना पोर्चुगल द्वारा डिसेम्बर २४ तारिकका दिन भब्य क्रिसमस पार्टीको धमाका सिजन […]

त्रिपुरेश्वर महादेव मन्दिरमा आयोजना गरिएको महायज्ञमा ३ करोड बढी संकलन

खिमानन्द कँडेल/विकल्प न्यूज बागलुङ,पुस १० गते । विश्वका हिन्दु धर्मावलम्बीहरुको लागि प्रसिद्ध धार्मिक स्थलको रुपमा आफ्नो परिचय बनाउँदै गईरहेको त्रिपुरेश्वर महादेव मन्दिर (शिवालय, रामकोट मन्दिर), विहुँकोट, बागलुङमा आयोजना गरिएको धनधान्याचल महायज्ञ धुमधाम रुपमा सम्पन्न भएको ।यही मंसीर २८ गते देखि पौष ६ गतेसम्म आयोजना गरिएको यस महायज्ञमा देश तथा विदेशमा रहेका दानवीरहरुबाट रु. ३ करोड […]

निस्कोटको स्वास्थ्य चौकीलाई जग्गा सहयोग

विकल्प न्यूज/बेनी पुस १० गते । म्याग्दीको निस्कोटका एक दम्पतीले स्वास्थ्य चौकीलाई दश लाख रुपैयाँ मूल्य बराबरको जग्गा सहयोग गरेका छन् । निस्कोट ९ का खड्कचन पुन र उहाँकी श्रीमती निरु पुनले शनिबार गाउँ परिषद्को अवसरमा स्वास्थ्य चौकीलाई तिन रोपनी जग्गा उपलब्ध गराउनुभएको हो । पुन दम्पतीले दिवंगत बुवा तुलबहादुर पुनको स्मृतीमा उपलब्ध गराउनुभएको सो […]

गुरील्ला पदमार्गको उद्घाटन

सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ पुस । म्याग्दीको दरवाङ देखि रुकुमको चुनवाङ जोड्ने द्धन्द्ध प्रभावित बस्तीहरुलाई समेटेर तयार पारिएको गुरील्ला पदमार्ग औपचारिक रुपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुकुममा शनिबार आयोजित कार्यक्रममा गुरील्ला पदमार्ग र युद्ध संग्रहालयको उद्घाटन गर्नुभएको हो ।तत्कालीन नेकपा माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्धको जनवादी गणतन्त्र स्थापनाको कार्यनीतिलाई बदलेर संघिय […]

झिँको गाउँ परिषद् सम्पन्न

विकल्प न्यूज/बेनी पुस ९ गते । चालु आर्थिक वर्ष २०७३७४ का लागि प्राप्त भएको ३६ लाख ३४ हजार ५३५ रुपैया बजेट विभिन्न योजना तथा कार्यक्रममा बिनियोजन गर्दै म्याग्दीको झिँ गाविसको २५ औ गाउँ परिषद् शनिबार सम्पन्न भएको छ । गाविस सचिव तेजकुमारी थापाको अध्यक्षता, एकिकृत योजना तर्जुमा समितिका सचिव एवं महेन्द्र माविका प्रअ यामबहादुर गर्बुजाको […]

आगलागी पीडितलाई स्वमसेवीकाको सहयोग

विकल्प न्यूज/बेनी पुस ९ गते । बेनी नगरपालिका ८ अर्थुङ्गेका आगलागी पीडितहरुलाई सावीकको अर्थुङ्गे गाविसमा कार्यरत महिला स्वमसेवीकाहरुले शानिवार राहत सहयोग गरेका छन् । गत मंगलबार आगलागी हँुदा अर्थुङ्गेकी महिला स्वमसेवीका सन्तु पौडेलको घर जलेर नष्ट भएको थियो । आगलागि पीडित पौडेलका परिवारलाई नौ हजार रुपैयाँ नगदका साथै खाद्यान्न र लत्ताकपडा सहयोग गरेका हुन् ।महिला […]

अहिलेको सरकार नेपाल र नेपालीको हैनः ओली

बागलुङ, ९ पुस एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नेपाल र नेपालीको नभएको बताएका छन् । उनले अहिलेको सरकार नेपालको नभएकोले गर्दा नेपालको विकासको लागि र नेपालीको लागि काम गर्न नसक्ने बताए । एमाले बागलुङको आठौं जिल्ला अधिवेसनको उद्घाटन गर्दै ओलीले उक्त कुरा बताएका हुन । ओलीले हिमाल पहाड र तराइ टुक्राउने गरी संसदमा […]

मौवाफाँट बचत तथा ऋण सहकारीको अधिवेसन सम्पन्न

विकल्प न्यूज/बेनी पुस ९ गते । म्याग्दीको पिप्ले गाविसको मौवाफाँटमा रहेको मौवाफाँट बचत तथा ऋण सहकारी संस्थाको तेस्रो साधारण सभा तथा प्रथम अधिवेसन शनिवार सम्पन्न भएको छ । अधिवेसनले मुक्तिनाथ शर्मा अध्यक्ष, गोपाल सुवेदी उपाध्यक्ष र प्रकाश सुवेदी सचिब रहनुभएको नयाँ कार्य समिति चयन गरेको छ । समितिको सहसचिबमा मुकुन्द प्रसाद सुवेदी, कोषाध्यक्षमा कमला केसी […]

बेनीमा क्रिसमसको रमझम

सन्तोष गौतम/बेनी बेनी ९ पुस । म्याग्दीमा बसोबास गर्ने ईशाई धर्मालम्बीहरुमा क्रिसमसको रमझम सुरु छाएको छ । ईशाई धर्मवालम्बीहरुले आईतबार विश्वभर क्रिशमस मनाउदैछन् । म्याग्दीको बेनी, दरवाङ, तातोपानी, भुरुङ तातोपानी लगायतका ठाउँमा बसोबास गर्ने ईशाईधर्मावलम्बीहरुले क्रिसमस पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका छन् ।यसैक्रममा बेनीको न्युरोडमा रहेको दर्शन मण्डली चर्चले शनिबार साँझ शुभकामना आदानप्रदानसंगै […]

दिवंगत खेलाडीको स्मृतीमा अक्षयकोष स्थापना गरिने

सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ पुस । म्याग्दीको पिप्ले गाविसमा रहेको रानीपौवा युवा कल्वले दिवंगत खेलाडीको स्मृतीमा अक्षयकोष स्थापना गर्ने तयारी गरेको छ । गत साउनमा दिवंगत भएका क्लबका भलिबल खेलाडी प्रताप कार्कीको स्मृतीमा अक्षयकोष स्थापनाका लागि आयस्रोत जुटाउने उद्देश्यले पुस १३ देखि १५ गतेसम्म खेलकुद तथा सांस्कृतीक कार्यक्रम आयोजना गरेको छ ।क्लब शनिबार बेनीमा […]

म्याग्दी क्याम्पसको शूल्क वृद्धी फिर्ता लिन माग

विकल्प न्यूज/बेनी पुस ८ गते । नेत्रविक्रम चन्द (विप्लव)¬ नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा भएको भर्ना र मासिक शूल्क वृद्धी फिर्ता लिन माग गरेको छ । सो संगठनको म्याग्दी बहुमुखी क्याम्पस ईकाई समितिका संयोजक राम जिसीले शुक्रबार एक प्रेश विज्ञप्ती प्रकाशन गर्दै शूल्क वृद्धी फिर्ता लिएर क्याम्पस […]

हाते मेसिन बोकेर घरघरै

अगन्धर तिवारी /विकल्प न्यूज पर्वत,पुस ७ गते । सेतै कपाल, चाउरिएका गाला आँखाको घेरासम्म, दाँत सबै फुक्लिएर चपाउन मिल्दैन । तर, शंकरपोखरी ५ पुर्कोटकी ७२ वर्षीया चन्द्रकला दर्जीको जाँगर र काम गर्ने आत्मबलमा कुनै कमी छैन ।  ११ वर्षको उमेरदेखि मुडिकुवा, खानीगाउँ, थापाठाना, शंकरपोखरी र भंगाराका करिब ३ सय घरमा बालिघरे प्रथामा आश्रित भई कपडा […]

एक्काईस महिनापछि भूकम्प पीडितको लगत संकलन सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी ७ पुस । म्याग्दीमा २१ महिनापछि भूकम्प प्रभावितहरुको लगत संकलन सुरु भएको छ । केन्द्रिय तथ्याङ्क विभागले वि.स २०७२ बैशाख १२, २९ गतेको भुकम्प र त्यसपछिको पराकम्पका कारण प्रभावित बनेकाहरुको लगत संकलन गर्न लागेको हो । जिविस अन्तरगत जिल्ला लगत संकलन व्यवस्थापन कार्यालय स्थापना गरेर पहिलो चरणमा बिहीबार सांसद रेशमबहादुर बानियाँको […]