समाचार

कुईनेमंगलेमा आगोलागी हुँदा पन्ध्र लाख बराबरको क्षति

सन्तोष गौतम/विकल्प न्यूज बेनी ४ माघ । म्याग्दीको कुईनेमंगले ९ खरिबोटमा सोमबार राती आगोलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीय रबहादुर बिकको दुई तले घरमा आगोलागी हुँदा त्यहाँ रहेको अन्न, नगद, भाडाँकुडा, लत्ताकपडा लगायतका धनमाल जलेर नष्ट भएको हो । आगोलागीबाट करिब पन्ध्र लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको स्थानीय रितुङ […]

बेनी–जोमसोम–कोरला सडक ः मापदण्ड जानकारी नहु“दा सर्वसाधारण ठगिदै

घनश्याम खड्का/विकल्प न्यूज भारतको सुनौली र चीनको कोरला जोड्ने अन्र्तरदेशिय महत्वको बेनी–जोमसोम–कोरला ट्रयाकको स्तरवृद्धि गरी ७ मिटर चौडा दुई लेन कालोपत्रे स्तरको सडक बनाउन काम शुरु भएको छ । तर बेनी–जोमसोम सडक खण्डका विभिन्न बस्तीका स्थानियलाई भने अझै सडक मापदण्डबारे जानकारी नहु“दा अन्यौल छ । सडक विभाग समेत सरोकारवाला निकायले सडक मापदण्ड बारे जानकारी नगराउ“दा […]

पत्रकार महासंघको संस्थागत विकासका लागि सहमतिय नेतृत्वमा जोड

विकल्प न्यूज/बेनी माघ ३ गते । प्रेस सेन्टर म्याग्दीले आसन्न पत्रकार महासंघ म्याग्दीको शाखा अधिवेसनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न पहल गर्ने भएको छ । प्रेस सेन्टर म्याग्दीको सोमबार बेनीमा बसेको बैठकले आगामी फागुन ३ गते हुने शाखाको अधिवेसन मार्फत क्रियाशिल पत्रकारहरुलाई समेटेर सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि आबश्यक पहल गर्ने निर्णय गरेको हो । […]

बेनीमा युवा समितिको कार्यालय स्थापना

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३ माघ । म्याग्दीको बेनीमा जिल्ला युवा समितिको कार्यालय स्थापना भएको हो । युवा तथा खेलकुद मन्त्रालय अन्तरगतको राष्ट्रिय युवा परिषद्ले म्याग्दीमा युवा सम्बन्धि विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्न कार्यालय स्थापना गरेको हो । कार्यालयको सोमबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा प्रजिअ आचार्यले म्याग्दीका […]

ताकममा गाउँपालिका केन्द्र बनाउन माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

विकल्प न्यूज/बेनी बेनी ३ माघ । प्रस्तावीत धौलागिरी गाउँपालिकाको केन्द्र ताकममा कायम गर्न स्थानीय बासिन्दाले दवावमुलक आन्दोलन थालेका छन् । ताकममा क्रियाशिल राजनीतिक दल, युवा कल्व, आमा समूह लगायतका संघ संस्थाहरुको एक टोलीले गाउँ पालीकाको केन्द्र ताकममा बनाउन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयमा ज्ञापनपत्र पठाएका छन् । […]

पुख्र्यौली नृत्य प्रतियोगितामा पुन समाज रामबजार प्रथम

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ माघ । नेपाल मगर संघ म्याग्दीले आयोजनामा आईतबार बेनीमा सम्पन्न दोस्रो जिल्ला स्तरीय पुख्यौली नृत्य प्रतियोगितामा पुन समाज रामबजार पोखरा प्रथम भएको छ ।दुई दिनसम्म बेनीको खुल्ला मञ्चमा सञ्चालित २१ समूह सहभागि प्रतियोगितामा करबाकेली पुख्यौली समूह काफलडाँडा दितृय, चिमखोला पुख्यौली समूह तितृय, पाउद्धार र मुना पुख्यौली समूह सान्तवना भएका छन् […]

यसरी ओर्लीए बेनीमा संस्कृतिको संरक्षणमा (फोटो फिचर)

ठाकुरप्रसाद आचार्य /बेनी माघ २ गते । मगर समुदायको कला संस्कृति संरक्षण गर्ने उद्देश्यले बेनीमा पुख्र्यौली नाच प्रतियोगिता आयोजना गरिएको छ ।  गाउँगाउँबाट यतिखेर मगर समुदायका अगुवा देखि युवायुवतिहरु बेनीमा ओर्लीएका छन् ।नेपाल मगर संघ म्याग्दीले आयोजना गरेको नाच प्रतियोगितामा जिल्लाभरबाट २१ समुहले भाग लिएका छन् । सोमबार दिउसो सम्म १० समुहले आफ्नो प्रस्तुती देखाएका छन् […]

म्याग्दीका पचास भन्दा बढी कृषक पुरस्कृत

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ माघ । उत्कृष्ट फसल उत्पादन गर्ने म्याग्दीका पचास जना भन्दा बढी कृषकहरु नगद सहित पुरस्कृत भएका छन् । जिल्ला कृषि विकास कार्यालय र सुआहारा परियोजनाको बेनीमा आयोजना गरेको जिल्ला स्तरीय कृषि मेला प्रर्दशनीको समापनका अवसरमा आईतबार ५८ जना कृषकहरुलाई पुरस्कृत गरिएको हो । विभिन्न सात वटा बिधामा प्रथम, दितृय र […]

भुकम्पबाट हुने क्षति न्युनीकरणका लागि सावधानी अपनाउन आग्रह

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ माघ । बेनीमा पनि आईतबार बिबिध कार्यक्रमको आयोजना गरेर १९ औ भूकम्प सुरक्षा दिवस मनाइएको छ । १९९० माघ २ गते भुकम्प गएको दिनको सम्झनामा बेनीमा सन्देशमुलक ¥याली र कोणसभाको आयोजना गरेर दिवस मनाइएको हो । जिल्ला दैवी प्रकोप उद्धार समिति र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीले संयुक्त रुपमा […]

खुल्ला नृत्य प्रतियोगितामा बोगटी बिजयी

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ माघ । महिला उद्यम विकास समितिले माघे संक्रान्ति मेलाको अवसरमा बेनीमा आयोजना गरेको खुल्ला एकल नृत्य प्रतियोगितामा सोनु बोगटी बिजयी भएका छन् ।आठ जनाले सहभागिता जनाएको प्रतियोगितामा सुकदेवी गर्बुजा दितृय, प्रिया रोका तितृय र सियान्त बानिया सान्तवना भएका आयोजकले जनाएका छन् । प्रथम, दितृय, तितृय र सान्तवनालाई क्रमश नगद बिस […]

बेनीमा पुख्र्यौली नृत्य प्रतियोगिता

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ माघ । मगर समुदायको सांस्कृतीक पहिचान पुख्यौली नृत्यको संरक्षण गर्ने उद्देश्यले बेनीमा प्रतियोगिता आयोजना गरीएको छ ।लोपोन्मुख अवस्थामा पुगेको पुख्यौली नृत्यलाई पुस्ता हस्तान्तरण र संरक्षण गर्ने उद्देश्यले नेपाल मगर संघ म्याग्दीले माघे संक्रान्ति पर्वको अवसर पारेर प्रतियोगिता आयोजना गरेको हो । २१ समूहले सहभागिता जनाएको प्रतियोगिता दुई दिनसम्म चल्नेछ् । […]

बेनीमा पनि योग दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ माघ । बेनीमा पनि शनिबार दोस्रो राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र नविन आनन्द योग केन्द्रले योग दिवसको अवसरमा अन्तरक्रिया तथा योग अभ्यास कार्यक्रम आयोजना गरेका हुन् ।नविन योग आनन्द केन्द्रमा योगको महत्व र उपयोगीताको बारेमा अन्तरक्रिया गरिएको थियो । यसैगरी योग गुरुहरुले योग अभ्यास […]

यस्तो देखियो बेनीमा मगर समुदायकोे झाँकी प्रदर्शन (फोटो फिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज बेनी(म्याग्दी) माघ १ गते ।म्याग्दीका मगर समुदायले माघेसक्रान्ति पर्वका अवसरमा साँस्कृतीक झाँकी प्रदर्शन गरेका छन् । जातिय भेषभूषामा सजिएका युवायुवतीहरु सोरठी, पुख्यौली नृत्य, सालैजो, भाकाका साथै विभिन्न लोकगीत र नृत्यहरुमा छमछमी नाच्दै माघेसक्रान्ति पर्व मनाएका हुन । माघे संक्रान्ति पर्वलाई मगर समुदायमा ठूलो चाडका रुपमा लिइन्छ । उनीहरुले कला संस्कृतीको संरक्षण गर्नका […]

वेष्ट पोइन्टको आकाशमा ड्रोन उडेपछि…

विकल्प न्यूज/बेनी माघ १ गते । न्यु वेष्ट पोइन्ट आवासीय माविमा अंचल स्तरीय बृहत हस्तकला चित्रकला र रोबोटेक प्रदर्शनी सम्पन्न भएको छ । पौष २९ गते शुक्रबार कार्यक्रम सम्पन भएको हो । प्रदर्शनीमा बाग्लुंग र पर्बत जिल्लाका प्रतिष्ठित बिद्यालयहरुले अबलोकन गरेका छन् । जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ बिद्यालय निरीक्षक दलबहादुर थापा लगायतले प्रदर्शनीको अबलोकन […]

करिब एक हजार जनाको तस्विर सहितको नामावली दर्ता

सन्तोष गौतम/विकल्प न्यूज बेनी २९ पुष । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले खटाएको घुम्ती टोलीले तिन हप्ताको अवधिमा करिब एक हजार जनाको तस्विर सहितको मतदाता नामावली दर्ता गरेको छ । पुष ८ गते सुरु भएको तस्विर सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक अभियान अन्तरगत हालसम्म तिस गाविस र बेनी नगरपालीकाको १२ वटा वडाका ९९६ जना नयाँ […]