समाचार

संशोधन प्रस्ताव थाती राखे राजनीतिक समझदारी कायम हुने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, माघ ८ गते । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले संशोधन प्रस्ताव थाती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताउनुभएको छ । प्रेस चौतारी म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संबिधान संशोधन प्रस्तावलाई थाती राख्ने प्रतिवद्धता जनाए राजनीतिक गतिरोधको गाँठो फुक्ने बताउनुभएको हो ।“सरकारले […]

बाख्रापालन तालीम सम्पन्न

विकल्प न्यूज/बेनी माघ ७ गते । म्याग्दीको बेनीमा शुक्रबार जिल्ला स्तरीय व्यवसायीक बाख्रापालन सम्बन्धि तालीम सम्पन्न भएको छ । जिल्ला पशु सेवा कार्यालयको आयोजनामा तिन दिनसम्म सञ्चालीत तालीममा २१ जना कृषकहरुको सहभागिता रहेको थियो । कृषकहरुलाई बाख्रापालन सम्बन्धि सैद्धान्तिक तथा ब्यवहारीक ज्ञान, सिप प्रदान गर्ने उद्देश्यले तालीम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । तालीमको बरिष्ठ […]

संविधान कार्यान्वयनप्रति सरकार उदाशिन ः ज्ञवाली

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ माघ । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले संबिधान कार्यान्वयनका लागि सरकार उदाशिन बनेको टिप्पणी गर्नुभएको छ ।उहाँले जतिसक्दो छिटो स्थानीय, प्रदेश र राष्ट्रिय चुनावको मिती घोषणा गर्न सरकारसंग माग समेत गर्नुभयो । अनेरास्ववीयु म्याग्दीको १९ औ जिल्ला अधिवेशनको शुक्रबार बेनीमा उद्घाटन गर्दै सचिव ज्ञवालीले संबिधान कार्यान्वयनका लागि आगामी ११ महिनाभित्र […]

सुन्तलाले फेरीयो गाउँको परिचय (फोटो सहित)

सन्तोष गौतम/विकल्प न्यूज माघ ७ गते । म्याग्दीको बरङ्जा गाविस १ का बासिन्दाहरु व्यवसायिक सुन्तलाखेती मार्फत गाउँको परिचय फेर्ने अभियानमा लागेका छन् ।अनुकुल वातावरण, भुगोल र बजार सुबिधा भएपछि बरङ्जा गाविसको वडा नम्बर १ मा पर्ने भेडाबारी र भोर्लेनीका बासिन्दा सुन्तला खेती विस्तार गरी गाउँलाई सुन्तलाबारीको रुपमा चिनाउने अभियानमा लागेका हुन् । मकै, कोदो, गहुँ […]

फेवाको साढे अठ्ठाईस करोड सञ्चालन मुनाफा

विकल्प न्यूज/बेनी माघ ७ गते । म्याग्दीको बेनी लगायत देशका २९ ठाउँबाट बैङ्कीङ सेवा प्रवाह गर्दै आएको फेवा विकास बैङ्क लिमिटेडले चालु आर्थिक वर्ष २०७३७४ को छ महिनाको अवधिमा साढे अठ्ठाईस करोड रुपैयाँ भन्दा सञ्चालन मुनाफा गरेको छ । गत आर्थिक वर्षको तुलनामा ६५ प्रतिशत बढी २८ करोड ५३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको बैंकले […]

विवाहित पुरुषलाई गलफ्रेन्डको खाँचो

सविता सापकोटा/विकल्प न्यूज माघ ६ गते ।  ब्वाइफ्रेन्ड बनाउने रहर शिर्षकमा लेख छापिएको दिन एकजना अपरिचित पुरुषले फेसबुकमा म्यासेस गरे । उनीसँग साथी भएको १ महिना जति भएको थियो । त्यो बिचमा बोलचाल भने भएको थिएन् । १० जना म्यूचल फ्रेन्ड भएकोले रिकोइष्ट एसेप्ट गरेकी थिए । सायद त्यो लेख पढेर नै म्यासेस गरेको हुनुपर्छ […]

विद्युतीय पुस्तकालय जडानका लागि प्राबिधिक टोली परिचालन

सन्तोष गौतम/विकल्प न्यूज बेनी ६ माघ । म्याग्दीका सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय जडान गर्नका लागि प्राबिधिक टोली परिचालन भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) र नेपाल लाईब्रेरी फाउण्डेशन बीच म्याग्दीका सबै माध्यमीक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्ने विषयमा भएको सम्झौता अनुसार जडान गर्ने तयारी भएको छ । पmाउण्डेशनका ई पुस्तकालय शाखा प्रमुख बसन्त […]

राप्रपाको प्रथम नगर परिषद् सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज बेनी ६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको बिहीबार बेनीमा सम्पन्न प्रथम नगरि परिषद्ले हरिबहादुर शाक्यको अध्यक्षताा ३० सदस्यीय बेनी नगर कार्य समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रबहादुर कुँवर, टेकबहादुर कार्की, सचिवमा हरिप्रसाद शर्मा, कोषाध्यक्षमा डम्मरबहादुर सुवेदी, सहसचिवमा एकेन्द्रबहादुर रावल, दलकेशर बानिया, महिला सदस्यमा सुमीत्रा केसी र दलित सदस्यमा कृष्णबहादुर सार्की […]

नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न

जिवन मल्ल /पर्वत माघ ६ गते । नेकपा एमाले पर्वतको चार महिनै जागरण अभियान अन्तर्गत विहिबार माझफाँट गाविसको १ नम्बरको वडा भेला खोलाखेतमा सम्पन्न भएको छ । भेलाका प्रमुख अतिथि नेकपा एमाले पर्वतका पार्टी अध्यक्ष पदम गिरिले संविधान कार्यान्वयनका लागि गाउँस्तरबाट दवाव सिर्जना गर्नुपर्ने बताउनुभयो । संविधान कार्यान्वयका लागि स्थानीयतहको निर्वाचन पहिलो खुटकिलो भएको बताउँदै […]

रत्नेचौरमा प्रहरी बिटको भवन निर्माणका लागि उपभोक्ता समिति गठन

विकल्प न्यूज/बेनी माघ ६ गते । बेनी नगरपालिका १ रत्नेचौरका बासिन्दा प्रहरी बिटको भवन निर्माणमा जुटेका छन् । प्रहरीको भवन निर्माणका लागि बिहीबार एकेन्द्रबहादुर महतको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेका छन् । वडा सचिव रमेश पौडेलको अध्यक्षतामा भएको भेलाले समितिको उपाध्यक्षमा डिलमाया रावल, सचिवमा कमल थापामगर र कोषाध्यक्षमा मञ्जु खड्कालाई चयन गरेको छ । समितिको […]

म्याग्दीमा सूचना लिन सकस

सन्तोष गौतम/विकल्प न्यूज माघ ५ गते । करिब एक दशकअघि लागू भएको सूचनाको हक सम्बन्धि ऐन ब्यवहारिक रुपमा कार्यान्वयन नहुँदा कागजमै सीमित भएको छ । सरोकारवालाको वेवास्ता, सर्वसाधारणमा जानकारी नहुनु र कर्मचारीमा इच्छाशक्तीको कमी म्याग्दीमा ऐन कार्यान्वयनका लागि चुनौती देखिएका छन् । सार्वजनिक निकायमा पारदर्शीता,सुशासन र जवाफदेही प्रणालीको विकास गर्न वि.स २०६४मा छुट्टै ऐन कार्यान्वयनमा […]

बेनी–महारानीथान सडक कालोपत्रेको तयारी

सन्तोष गौतम/विकल्प न्यूज बेनी ४ माघ । म्याग्दीको सदरमुकाम बेनी स्थित धार्मीक तथा पर्यटकीय स्थल महारानी थानसम्म जाने सडक कालोपत्रे गर्ने तयारी भएको छ । सडक डिभिजन कार्यालय बागलुङ मार्फत करिब एक किलोमिटर दुरीको यो सडक स्तरवृद्धि र कालोपत्रे गर्ने तयारी भएको हो । बेनी बजार महारानी मन्दिर जाने सडक योजनालाई यो वर्ष ४४ लाख […]

सीता बचाउ अभियानमा ३५ लाख रुपियाँ सहयोग जुट्यो

विकल्प न्यूज/बेनी म्याग्दी, ४ माघ । म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्तक्यान्सरबाट पीडित सीता (कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारको लागि रु ३५ लाख सहयोग संकलन भएको छ । उपचारमा लाखौँ रुपैयाँ आबश्यक पर्ने भएपछि सुरु गरिउको सीता (कृष्णकुमारी) कटुवाल क्षेत्री बचाउ अभियानमा स्वदेश तथा विदेशमा रहेका राखुबासी र म्याग्देलिहरुको पहलमा उक्त सहयोग जुटेको हो । गत […]

पशु सेवा कार्यालयले थप दश गाविसमा प्राबिधिक खटायो

सन्तोष गौतम/विकल्प न्यूज बेनी ४ माघ । जिल्ला पशु सेवा कार्यालय म्याग्दीले हालै नियुक्त भएका दश जना प्राबिधिकलाई मंगलबारदेखि कार्यक्षेत्रमा खटाएको छ । पशुपंक्षि विकास मन्त्रालयको “एक गाविस एक पशु प्राबिधिक” भन्ने कार्यक्रम अन्तरगत पाँच जना नायव पशु सेवा र पाँच जना नायव पशु स्वास्थ्य प्राबिधिकलाई दश गाविसमा खटाइएको कार्यालयले जनाएको छ । नारच्याङमा संगिता […]

कतारमा आधा दर्जन राष्ट्रिय कलाकार सम्मानित

कुमार पन्थी, कतार /विकल्प न्यूज माघ ४ गते । “प्रवासमा नेपाली कलाकारहरु एक हौऔ, नेपाली कला, सस्कृती र प्रतिभाको सम्मान तथा प्रबर्द्धन गरौ” भन्ने मूल नाराका साथ अगाडी बढी रहेको बसन्त फिल्मस् प्रा.लीले विभिन्न विधाका आधा दर्जन राष्ट्रिय कलाकारहरुलाई सम्मान गरेको छ । नेपाल तामाङ कलाकार संघ कतारले आयोजना गरेको साँगितिक कार्यक्रमका लागि कतार आएका […]