समाचार

जिल्ला अस्पतालमा औषधि अभाव

घनश्याम खड्का /बेनी माघ ११ गते । सिटामोलसमेत बाहिर किन्नुपर्ने केन्द्र र क्षेत्रीयले नै औषधि ढिला पठाउँछन् ७० मध्ये ३५ प्रकारका औषधि मात्र अस्पतालमा उपलब्ध औषधि भए पनि बिरामीले पाउँदैनन्  बीस रुपैयाँको टिकट काटेपछि बिरामी चिकित्सककहाँ जाँच्न पुग्छन् । डाक्टरले कार्डमा औषधिको ‘प्रेस्क्रिप्सन’ लेखिदिएपछि उनीहरू औषधि लिन जिल्ला अस्पतालको ‘डिस्पेन्सरी’ (औषधि वितरण कक्ष) मा जान्छन् […]

शान्ति समितिको संयोजकमा ढुङ्गाना

विकल्प न्यूज/बेनी माघ ११ गते । स्थानीय शान्ति समिति म्याग्दीको संयोजकमा मुक्तिप्रसाद ढुङ्गाना चयन हुनुभएको छ । आगामी छ महिनाको कार्यकालका लागि मानवअधिकार तथा शान्ति समाजका सभापति समेत रहनुभएका ढुङ्गाना समितिको संयोजकमा चयन हुनुभएको हो ।समितिको नेतृत्व छछ महिनामा परिवर्तन हुने व्यवस्था रहेको छ । यसअघि समितिको संयोजकमा रेखाकौशल रेग्मी हुनुहुन्थ्यो । रेग्मीको पदावधि सकिएपछि […]

दरवाङमा निशूल्क मुटुरोग शिवीर हुने

विकल्प न्यूज/बेनी माघ ११ गते । म्याग्दीको दरवाङमा माघ १७ गते मुटुरोग सम्बन्धि निशूल्क स्वास्थ्य शिवीर सञ्चालन हुने भएको छ । गंगालालय हृदयरोग उपचार केन्द्रको प्राबिधिक सहयोगमा पश्चिम म्याग्दीका सर्वसाधारणलाई स्थानीय स्तरमै उपचार सेवा र मुटुरोग न्युनीकरणका लागि जनचेतना अभिवृद्धी गर्ने उद्देश्यले शिवीर आयोजना गर्न लागिएको हो ।शिवीर सञ्चालनका लागि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका […]

दुर्गममा स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावित

सन्तोष गौतम/विकल्प न्यूज माघ ११ गते । म्याग्दीका ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुमा दरबन्दी अनुसारका प्राबिधिक जनशक्तीको अभाव भएको छ । स्वास्थ्यकर्मीको कमीले सर्वसाधारण नागरिकहरुले सास्ती भोग्नु परेको छ । तस्विर ः भगवती स्वास्थ्य चौकीमा बिरामीलाई परामर्श दिदै करार दरबन्दिकी स्वास्थ्यकर्मी बिपासा परियार । तस्विर नवविकल्प चार वटा स्वास्थ्य संस्था करार दरबन्दीका स्वास्थ्यकर्मीले धानेका छन […]

कफी पिउँदैमा लभ पर्छ र ?

सविता सापकोटा /विकल्प न्यूज माघ ११ गते । ओहो ५ मिसकल आइसकेछ । हिजो बेलुकी फेसबुक चलाउँदा मोबाइल भाइबेरेट गर्छ भनेर साइलेन्टमा राखेको अन नै गर्ने बिर्सिएछु । मिसकल मात्र होइन एउटा म्यासेज समेत आएको रहेछ । साहिना झसङग भई, घरबाट पैसा पठाउने बेला भएकोले लाग्यो ममिको नै कलहोला । घरबेटीलाई पैसा बुझाउने समय भएको […]

आचार्य परिवारद्धारा स्वास्थ्य चौकीलाई जग्गा दान

विकल्प न्यूज/पर्वत माघ १० गते । उत्तरी पर्वतको धाइरिङ ४ सल्यानमा रहेको स्वास्थ्य चौकीलाई स्थानीय वासिन्दाले करिब ५ लाख रुपियाँ भन्दा बढी मूल्य बराबरको जग्गा उपलब्ध गराएका छन् ।धाइरिङ ४ सल्यान घर भइ हाल बेनीको अस्पताल चोकमा वसोवास गर्नुहुने भरतप्रसाद आचार्यले गाउँमा स्वास्थ्य चौकीको भवन निर्माण गर्नका लागि १२ आना जग्गा सहयोग गर्नुभएको हो । […]

लभहिलमा थुलङले सिर्जनाको मन चोरेपछि…..(भिडियो सहित)

सन्तोष गौतम /विकल्प न्यूज बेनी १० माघ । बेनी नगरपालिका ४ खबराको लभहिलमा छायांकन भएको “हिजो सम्म अञ्जान थियौ…..” बोलको गीतको म्युजीक भिडीयो सार्वजनिक भएको छ । || Hijo Samma Anjan || Melina Rai || Laxman Limbu Full Hd बेनीको क्रियटिभ मिडीयाले युट्युव मार्फत सार्वजनिक गरेको म्युजीक भिडीयोका छायांकन लभहिलमा भएको थियो । भुपेन्द्र बानियाँ […]

भानु माविमा व्यवस्थापन समिति गठन

विकल्प न्यूज/बेनी माघ ९ गते । बेनी नगरपालिका १ रत्नेचौरमा रहेको भानु माविमा टेकबहादुर खत्रीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति पुर्नगठन भएको छ । प्रअ भरत खत्री सदस्य सचिव रहनुभएको समितिको सदस्यहरुमा वुद्धबिर किसान, कृष्णबहादुर महत, उमा थापामगर, कुमारी थापामगर, डिलमाया रावल र गोविन्दप्रसाद रिजाल रहनुभएको छ । यसैगरी नेत्रबहादुर महत, सन्तोष रावल, बाबुराम बोगटी, तिलक […]

बेनीमा नापतौलका सामान परिक्षण गर्न घरदैलो

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी ९ माघ । नापतौल तथा गुणस्तर नियन्त्रण कार्यालय पोखराले बेनीका व्यवसायीहरुलाई नापतौलका सामान परिक्षण र दर्ताका लागि घरदैलो अभियान सञ्चालन गरेको छ । म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा ब्यवसायीहरुलाई घरदैलोमै सेवा प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको हो । आईतबारदेखि सुरु भएको अभियान सोमबारसम्म चल्ने कार्यालयले जनाएको छ ।बेनी बजारको […]

माझफाँटमा एमालेको जागरण अभियान जारी

विकल्प न्यूज/पर्वत माघ ९ गते । पर्वतको उत्तरी क्षेत्र माझफाँट–३ नम्बर वडामा सम्पन्न भेलाले चन्द्रबहादुर कार्कीको अध्यक्षतामा नेकपा एमालेको वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा सन्तु जिसी, सचिवमा मिना खत्री र उपसचिवमा अशोक खत्री चयन भएका छन् । वडा कमिटीको सदस्यहरुमा लालबहादुर खत्री, नन्दलाल अधिकारी, हिराकुमारी खत्री, जुना कार्की, लक्ष्मी जिसी, मिठू अधिकारी, […]

अनेरास्ववीयु म्याग्दीको नयाँ कार्यसमिति चयन

सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ माघ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयु म्याग्दीको १९ औ जिल्ला अधिवेशनले सुवास विश्वकर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । शुक्रबार राती सम्पन्न अधिवेशनबाट निर्वाचित ३७ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा ईश्वर सुवेदी, सचिवमा साबित्री खत्री, कोषाध्यक्षमा दर्पण रोका र सहसचिवमा आशिका मल्ल, योगेन्द्र घर्ती र जनक सुनाम […]

संशोधन प्रस्ताव थाती राखे राजनीतिक समझदारी कायम हुने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, माघ ८ गते । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले संशोधन प्रस्ताव थाती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताउनुभएको छ । प्रेस चौतारी म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संबिधान संशोधन प्रस्तावलाई थाती राख्ने प्रतिवद्धता जनाए राजनीतिक गतिरोधको गाँठो फुक्ने बताउनुभएको हो ।“सरकारले […]

बाख्रापालन तालीम सम्पन्न

विकल्प न्यूज/बेनी माघ ७ गते । म्याग्दीको बेनीमा शुक्रबार जिल्ला स्तरीय व्यवसायीक बाख्रापालन सम्बन्धि तालीम सम्पन्न भएको छ । जिल्ला पशु सेवा कार्यालयको आयोजनामा तिन दिनसम्म सञ्चालीत तालीममा २१ जना कृषकहरुको सहभागिता रहेको थियो । कृषकहरुलाई बाख्रापालन सम्बन्धि सैद्धान्तिक तथा ब्यवहारीक ज्ञान, सिप प्रदान गर्ने उद्देश्यले तालीम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । तालीमको बरिष्ठ […]

संविधान कार्यान्वयनप्रति सरकार उदाशिन ः ज्ञवाली

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ माघ । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले संबिधान कार्यान्वयनका लागि सरकार उदाशिन बनेको टिप्पणी गर्नुभएको छ ।उहाँले जतिसक्दो छिटो स्थानीय, प्रदेश र राष्ट्रिय चुनावको मिती घोषणा गर्न सरकारसंग माग समेत गर्नुभयो । अनेरास्ववीयु म्याग्दीको १९ औ जिल्ला अधिवेशनको शुक्रबार बेनीमा उद्घाटन गर्दै सचिव ज्ञवालीले संबिधान कार्यान्वयनका लागि आगामी ११ महिनाभित्र […]

सुन्तलाले फेरीयो गाउँको परिचय (फोटो सहित)

सन्तोष गौतम/विकल्प न्यूज माघ ७ गते । म्याग्दीको बरङ्जा गाविस १ का बासिन्दाहरु व्यवसायिक सुन्तलाखेती मार्फत गाउँको परिचय फेर्ने अभियानमा लागेका छन् ।अनुकुल वातावरण, भुगोल र बजार सुबिधा भएपछि बरङ्जा गाविसको वडा नम्बर १ मा पर्ने भेडाबारी र भोर्लेनीका बासिन्दा सुन्तला खेती विस्तार गरी गाउँलाई सुन्तलाबारीको रुपमा चिनाउने अभियानमा लागेका हुन् । मकै, कोदो, गहुँ […]