समाचार

तिन जनाको नाम सिफारिस गर्न एमाले म्याग्दीमा यसरी भयो सहमति

विकल्प न्यूज/बेनी बैशाख ६ गते । नेकपा एमाले बेनी नगर संगठन कमिटीको दुइदिन सम्म वसेको भेलाले मेयरमा तिन जना आकांक्षीको नाम सिफारिस गरेको छ । उम्मेदवार छनौट गर्न मंगवार र बुधवार वसेको वैठकले प्रमोद श्रेष्ठ,राजकुमार थापा र सुरत केसीलाई सिफारिस गरेको छ । उम्मेदवारका आकांक्षीहरु धेरै भएकाले एमालेलाई तिन जना आकांक्षीहरुको नाम छनौट गर्न सकस […]

एमालेद्धारा बेनी नगरपालिकाको उप प्रमुखमा तिन महिलाको नाम सिफारिस

विकल्प न्यूज/बेनी बैशाख ६ गते । बैशाख ३१ गते को स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले बेनी नगरपालिकाको उप प्रमुखमा तिनजना महिलाको नाम सिफारिस गरेको छ । सहमतिका लागि गरिएका प्रयासहरु विफल भएपछि तिनै जना आकांक्षीहरुको नाम सिफारिस गरिएको हो । नेकपा एमाले बेनी नगरपालिका संगठन कमिटीको मंगलवार र बुधवार वसेको भेलाले राष्ट्रिय प्रतिनिधि परिषद् […]

नव विकल्प साप्ताहिक पत्रिकाको ३१ औं संस्करण

Nawa Bikalpa 9-31नव विकल्प साप्ताहिक पत्रिकाको ३१ औं संस्करण

म्याग्दीका दलहरु उमेद्वारको टुङ्गो लगाउन आन्तरिक छलफलमा

सन्तोष गौतम/विकल्प न्यूज बेनी ५ चैत । आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीका राजनीतिक दलहरुले उमेद्वार छनौट गर्न आन्तरिक छलफललाई तिब्रता दिएका छन् । नेपाली काँग्रेस बेनी नगर समितिको मंगलबार बसेको बैठकले नगरपालिकाको प्रमुख पदको उमेद्वारका लागि नेत्रबहादुर महत, क्याप्टेन मिनबहादुर कार्की र हरिकुमार श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।उपमेयरको सिफारिस, वडाको अध्यक्ष […]

नेप्टेचौरका बासिन्दाद्धारा सडकमा अवरोध

विकल्प न्यूज/बेनी बैशाख ४ गते । बेनी नगरपालिका ९ नेप्टेचौरका बासिन्दाहरुले बेनी–पाखापानी सडकको नेप्टेचौर खण्डमा सडक अवरुद्ध पारेका छन् । निर्माणाधिन बेनी पाखापानी सडक आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले बिच सडकमा माटो थुपारेर सडकमा आवत जावत बन्द गराएका हुन् । आयोजनाको काम गर्दा जोखिममा परेको स्थानीय राष्ट्रिय मावि परिसरको पर्खालको मर्मत, नालीको भल सुरक्षीत व्यवस्थापन र […]

म्याग्दीमा माओवादी केन्द्रले बैशाख ९ गते उमेद्वार सार्वजनिक गर्ने

विकल्प न्यूज/बेनी बैशाख ४ गते । नेकपा माओवादी केन्द्र म्याग्दीले आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका उमेद्वार बैशाख ९ गते सार्वजनीक गर्ने भएको छ । बेनीमा सोमबार बसेको जिल्ला कार्यालय सदस्यहरुको बैठकले बैशाख ९ गते केन्द्रिय कार्यक्रम अनुसार बेनी नगरपालीकाको प्रमुख, उपप्रमुख र ४ गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसंगै वडा अध्यक्ष र सदस्यहरुको उमेद्वारी घोषणा […]

बहराइनमा रहेका म्याग्देलीबाट शान्ति कोषलाई ११ लाख सहयोग

विकल्प न्यूज/बेनी बैशाख ४ गते । बहराइनमा रहेका म्याग्देलीले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको सहयोग अभियानमा ११ लाख रुपैयाँ सहयोग गरेका छन् । म्याग्दी उद्धार समितिको विशेष कार्यक्रममा सहभागी हुन कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुनको टोली बहराइन पुगेको थियो । सोही टोलीलाई बहराइनमा रहेका म्याग्देलीले ११ लाख […]

म्याग्दीका गाउँ गाउँमा चुनावी चहलपहल तिव्र

विकल्प न्यूज/बेनी बैशाख ४ गते । बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको मिती नजिकिदै जाँदा म्याग्दीका राजनीति दलहरुले निर्वाचन लक्षित गतिबिधी तिव्र बनाएका छन् । दलहरुले ग्रामिण क्षेत्रमा निर्वाचन लक्षित कार्यक्रमहरु गर्न थालेपछि यतिखेर गाउँगाउँमा चुनावी चहलपहल बढेको छ ।दलहरुले उम्मेदवार छनौटको तयारीसंगै भेला, प्रशिक्षण, जनभेटघाट, घरदैलो र प्रचारप्रसारलाई तिब्रता दिएका छन् । गाउँमा […]

झारफुक गर्ने बाहनामा ८ वर्षिया बालीकालाई बलात्कार

विकल्प न्यूज/बेनी बैशाख ३ गते । झारफुक गर्ने बाहनामा ८ वर्षिया बालीकालाई बलात्कार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरि अदालतमा मुद्दा दर्ता गरेको छ । बलात्कारको आरोपमा पक्राउ परेका पर्वतको जलजला गाउँपालिका ३ बगरफाँटका ४५ वर्षिय खिमबहादुर दर्जी (परियार) विरुद्ध आईतबार पर्वत जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । चैत ३१ गते दिउँसो बिरामी भएर […]

बेनपा ४ डाँडाखेतमा नेकपा एमालेको भेला सम्पन्न

विकल्प न्यूज/बेनी बैशाख ३ गते । आसन्न बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर नेकपा एमाले बेनी नगर संगठन कमिटीले चुनावी अभियानलाई तिव्रता दिएको छ । अभियानकै क्रममा आइतवार बेनी नगरपालिका वडा नम्बर ४ डाँडाखेतमा टोल स्तरीय भेला सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्दै नेकपा एमाले जिल्ला कमिटिका उपसचिव देववहादुर घलेले स्थानीय […]

म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३ बैशाख । आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनको तयारीका लागि बेनीमा आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । म्याग्दीका अन्य पाँच वटा स्थानीय तहका निर्वाचन कार्यालयसंग समन्वय र बेनी नगरपालिकाको निर्वाचन गराउने जिम्मेवारी सहित जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।राजनीतिक दल, प्रमुख […]

श्रेष्ठद्धारा बालमन्दिर भवन पुननिर्माणका लागि एकलाख सहयोग

विकल्प न्यूज/बेनी बैशाख ३ गते । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित उपाध्यक्ष प्रमोद श्रेष्ठले बेनी नगरपालिका ४ डाँडाखेत स्थित बालमन्दिर आधारभूत विद्यालयको भवन पुननिर्माणका लागि एकलाख रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।गत फागुन २५ गते विद्युत सर्ट भइ ध्वस्त भएको विद्यालय भवन पुननिर्माणका लागि श्रेष्ठले सो रकम सहयोग गर्नु  भएको हो । यसै गरि […]

बालमन्दिरको भवन पुननिर्माणका लागि प्रवासबाट दुइलाख पचास हजार सहयोग

विकल्प न्यूज/बेनी बैशाख ३ गते । गत फागुन २५ गते साँझ विद्युत सर्ट भइ आगलागिबाट ध्वस्त भएको बेनी नगरपालिका ४ डाँडाखेत स्थित बालमन्दिर आधारभुत विद्यालयको भवन पूननिर्माणका लागि अष्टे«लियामा रहेका म्याग्देलीहरुले दुइलाख पचास हजार रुपियाँ सहयोग जुटाएका छन् ।मोना अस्टे«लियका कार्यकारी सदस्य एवम् विद्यालयका भूपू विद्यार्थी सुमन बानियाँको सक्रियतामा सो रकम संकलन भएको हो । […]

मानसीक रोगीको पहिचान, संरक्षण र उपचारमा पहुँच बढाउनुपर्नेमा जोड

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ बैशाख । सरोकारवालाहरुले मानसीक रोगीको उपचार सेवामा सहज पहुँचको व्यवस्था मिलाउन माग गरेका छन् ।मानसीक रोगीको हेरचाहमा संलग्न संरक्षकहरु आवद्ध संरक्षक संस्थाले दोस्रो संरक्षक दिवसको अवसरमा शनिबार बेनीमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले यस्तो माग गरेका हुन् । जिल्ला स्तरको अस्पतालमा मानसीक रोग सम्बन्धि औषधी उपचारको व्यवस्था हुनुपर्ने, स्वास्थ्य नितीमा मानसीक […]

मतदाता शिक्षा कार्यक्रममा लागि १०१ जना स्वमसेवक परिचालन

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ बैशाख । म्याग्दीका मतदातालाई स्थानीय तह चुनावमा मतदान गर्ने तरीका सिकाउनका लागि १०१ जना स्वमसेवक परिचालन भएका छन् । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले बदर मतको दरलाई कम गर्न प्रत्येक मतदान केन्द्रमा एक जनाका दरले निर्वाचन तथा मतदाता शिक्षा स्वमसेवक परिचालन गरेको हो ।दुई दिनका दरले पाँच समूहमा सबै स्वमसेवकहरुलाई तालीम […]