समाचार

मालिकामा एमालेको नयाँ नेतृत्व चयन

विकल्प न्यूज\बेनी फागुन २५ गते ।  नेकपा एमाले मालिका गाउँपालिका कमिटिको अध्यक्षमा दलमान पुन चयन हुनुभएको छ । विहिबार सम्पन्न दोस्रो अधिवेशनबाट पुनको अध्यक्षतामा ३१ सदस्यीय पालिका कमिटि चयन भएको हो । कमिटिको उपाध्यक्षमा सन्तनाथ सुवेदी, सचिवमा बिनोद बुढाथोकी, उपसचिवमा छरदेवी घर्ति र थमन गौतम चयन हुनुभएको छ । अध्यक्ष पुनले गाउँपालिकामा पार्टीलाई थप सशक्त […]

महिला दिवस ः कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा महिला पीडित

विकल्प न्यूज\बेनी फागुन २५ गते । ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मुल नाराका साथ विश्वभर मनाईएको ११४ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बेनीमा अन्तरक्रिया कार्यक्रम तथा प्यानलिष्ट छलफल सम्पन्न भएको छ । जिल्ला समन्वय समिति, बेनी नगरपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको आयोजना तथा गैर सरकारी संस्था महासंघ सहित अन्य १३ वटा […]

महाशिवरात्री पर्वमा गलेश्वर शिवालयमा भक्तजनको चहलपहल

विकल्प न्यूज/बेनी म्याग्दी,फागुन २५ गते ।     आज महाशिवरात्रीका दिन म्याग्दीको बेनी नगरपालिका –९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा विहानै देखि भक्तजनहरुको भीड लागेको छ । भगवान शिवको पूजा आराधना गर्र्ने भक्तजनहरुको निकै चहलपहल देखिएको छ । विहानै देखि भक्तजनको लामो लाइन लागेको हो । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि शिवालयमा […]

रघुगंगाको भगवतीमा गुणस्तरहीन मदिरा बिक्रीवितरण तथा सेवन गर्न प्रतिबन्ध

विकल्प न्यूज/बेनी बेनी (म्याग्दी) म्याग्दीको रघुगङ्गा गाउँपालिका २ भगवतीमा गुणस्तरहीन मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ । गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमनसम्बन्धी ऐनअनुसार वडाले बजार क्षेत्रबाट भित्रने न्यून गुणस्तर भएका मदिरालाई बिक्रीवितरण र सेवन गर्न प्रतिबन्ध लगाएको हो । वडाभित्र व्यापार व्यवसाय गर्ने र बजारबाट सामान ल्याएर बिक्री गर्ने व्यवसायीलाई न्यून गुणस्तर भएका करुवा, भुण्टी, […]

बेनीमा आगामी चैत्र २७ गतेदेखि पाँचौ उत्साही कप संचालन हुने

विकल्प न्यूज/बेनी फागुन २३ गते । नव उत्साही समुह जलजला ३ पर्वत बेनीको आयोजनामा आगामी चैत्र २७ गतेदेखि बेनीको खुल्लामञ्चमा पाँचौ उत्साही कप ९ ए साईड फुटबल प्रतियोगिता संचालन हुने भएको छ । क्लवका निवर्तमान अध्यक्ष मनोहर श्रेष्ठकी माता स्व। लक्ष्मी श्रेष्ठको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । श्रेष्ठको गत साउन ६ गते […]

म्याग्दीमा लक्ष्यभन्दा बढीले लगाए दादुरा रुबेलाविरुद्धको खोप

विकल्प न्यूज/बेनी फागुन २३ गते । म्याग्दी जिल्लामा ६ हजार ४ सयभन्दा बढी बालबालिकाले दादुरा–रुबेला बिरुद्धको खोप लगाएका छन् । म्याग्दीका ६ वटै स्थानीय तहमा फागुन १६ देखि २१ गतेसम्म सञ्चालन भएको खोप अभियानमा जिल्लाभर निर्धारित समय तालिकामा ६ हजार ६ जना लक्ष्य रहेकोमा ६ हजार ४ सय ३४ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय म्याग्दीका […]

जलजला गाउँपालिकाको १६ औं गाउँसभाबाट थप एक करोड ३९ लाख बजेट विनियोजन

विकल्प न्यूज/बेनी फागुन २१ गते । पर्वतको जलजला गाउँपालिकाले विभिन्न योजनाको लागि रु १ करोड ३९ लाख रकम थप बजेट विनियोजन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न १६ औँ गाउँसभाबाट गाउँपालिकाको अल्यामा रहेको रु १ करोड २९ लाख र अन्तरिक आम्दानीबाट रु १० लाख बजेट स्रोत अनुमान गरेर पूर्वाधार निर्माणलगायतका योजनामा विनियोजन गरेको […]

धार्मिक पर्यटकले भरियो पञ्चकोट (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य फागुन २१ गते ।   बागलुङ नगरपालिका ६ स्थित प्रशिद्ध धार्मिक स्थल सर्वसिद्धिधाम पञ्चकोटमा धार्मिक पर्यटकहरुको ओइरो लागेको छ । धार्मिक पर्यटकका कारण पञ्चकोट दैनिकजसो भरिभराउ देखिएको छ । पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको दर्शन र अवलोकन गर्न देशभरीबाट भक्तजनहरु पञ्चकोट पुग्ने गरेका छन् । फागुनको ९ गते देखि सुरु भएको ब्रह्माण्डीय महायज्ञमा […]

एमालेका युवा नेता पदम गिरी मन्त्रीमा नियुक्त

विकल्प न्यूज/काठमाण्डौं फागुन २१ गते । नेकपा एमालेका युवा नेता पदम गिरी नेपाल सरकारको मन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष  विना विभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । पर्वतबाट प्रतिनिधिसभामा निर्वाचित गिरी एमालेको केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाको प्रमुख सचेतक समेत हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आउनुभएका गिरी […]

म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा सुविन श्रेष्ठ चयन

विकल्प न्यूज\बेनी फागुन २० गते । म्याग्दी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि आइतबार राती सहमति जुटेको छ । संघको ३० औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट बेनीका युवा व्यवसायी सुविन श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य,प्रथम उपाध्यक्षमा लिलाराम गौतम,द्धितीय उपाध्यक्षमा अमित बानियाँ र महासचिवमा नारायण […]

नेपाल शिक्षक संघ म्याग्दीको प्रतिनिधि सभा सम्पन्न

विकल्प न्यूज\बेनी फागुन २० गते । नेपाल शिक्षक संघ म्याग्दीले चौबिसौ जिल्ला प्रतिनिधि सभा सम्पन्न गरेको छ । सभाको उद्घाटन गर्दै नेपाल शिक्षक संघ गण्डकी प्रदेश अध्यक्ष शिरोमणी लामिछानेले शिक्षकको वर्तमान अवस्था, आन्दोलनको औचित्य लगायतमा आफ्नो धारणा व्यक्त गर्दै पालिका अध्यक्षहरूले उठाएका जिज्ञासाहरू मेटाउनु भएको थियोे । नेपाली कांग्रेसका उपसभापति केवि भण्डारी, पूर्व अध्यक्षहरू अजय […]

कोरला नाका व्यवसायिक रुपमा सञ्चालन हुनुपर्छ: अध्यक्ष ढकाल

विकल्प न्यूज\बेनी फागुन १९ गते । बेनीमा शनिबार म्याग्दी उद्योग वाणिज्य संघको ३० औ साधारणसभा तथा १२ अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी जनप्रतिनिधी, राजनीतिकर्मी, उद्योगी र व्यवसायीहरुले कोरला नाकाको व्यवसायिक सञ्चालनको माग गरेका हुन् । गत कात्तिक महिनादेखि मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाहरुका लागि चिनको सिमानामा रहेको कोरला नाकामा आवत जावतका लागि खुल्ला गरिएको […]

अर्थतन्त्र सुधारोन्मुख अवस्थामा छ ः अध्यक्ष ढकाल

ठाकुरप्रसाद आचार्य म्याग्दी,फागुन १९ गते । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र निराशाजनक स्थितिमा नभएको बताउनुभएको छ । अर्थतन्त्रले सुधारउन्मुख भएकाले व्यवसायीहरुले निराशा व्यक्त गर्ननहुने उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘‘व्यवसायीहरुले निराशा मात्र व्यक्त गर्नुहुँदैन । खत्तम खत्तम भनिरहँदा तलका साना व्यवसायीहरुको हालत के होला ? सहज अवस्था […]

एमाले धवलागिरि गाउँपालिकाको दोस्रो अधिवेशनबाट अध्यक्षमा प्रगति कार्की चयन

विकल्प न्यूज\बेनी फागुन १८ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धवलागिरि गाउँपालिका कमिटीको आज (शुक्रवार) सम्पन्न दोस्रो अधिवेशनले प्रगति कार्कीको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । अधिवेशनले गाउँपालिका कमिटीको उपाध्यक्षमा सुवादेवी पूर्जा, सचिवमा कुलबहादुर घर्ती, उपसचिवमा केशव गर्बुजा र सुशील घर्ती चयन भएको एमाले म्याग्दीले जनाएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ […]

धनेश्वरी–तारानाथ स्मृति कोषद्धारा पत्रकार,साहित्यकार र विद्यार्थी पुरस्कृत

विकल्प न्यूज/बेनी फागुन १८ गते । धनेश्वरी–तारानाथ स्मृति कोषले म्याग्दीका एक जना पत्रकार,साहित्यकार र पाँच जना बिद्यार्थीलाई पुरस्कृत गरेको छ । शिक्षा तथा धार्मिक ब्यक्तित्व धनेश्वरी–तारानाथ रेग्मी स्मृति प्रतिष्ठानले शिक्षा, पत्रकारिता, साहित्य विधामा योगदान पु¥याउनेलाई सम्मान गर्ने उदेश्यले अक्षयकोष स्थापना गरेको थियो । बेनी नगरपालिका–५,पूलाचौरस्थित जनकल्याण माविमा आयोजित एक समारोहमा पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण […]