समाचार

मल्कबाङ्गका बासिन्दाको पहलमा कल्भर्ट पुल निर्माण

सन्तोष गौतम/विकल्प न्यूज बेनी १६ पुष ।  म्याग्दीको धौलागिरी गाउँपालिका ५ मल्कबाङ्गका बासिन्दाको पहलमा कल्भर्ट पुल निर्माण भएको छ । स्थानीय जनजागृति मावि नजिकै रहेको स्कुलको खोल्सामा कल्भर्ट पुल निर्माण भएको हो । स्थानीयबासीको सक्रियतामा सात मिटर लम्बाई र डेढ मिटर चौडाई भएको ढलान गरिएको पक्कि कल्भर्ट पुल निर्माण भएको छ । मल्कबाङग्का बासिन्दा र […]

मंगलामा खेलकुद विकास समिति गठन

विकल्प न्यूज/बेनी पुस १६ गते ।म्याग्दीको मंगला गाउँपालिकामा युवा तथा खेलकुद विकास समिति गठन भएको छ । गाउँपालिकाको आयोजनामा शनिबार बाबियाचौरमा भएको सरोकारवालाहरुको भेलाले श्यामसुन्दर कँडेलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा रुसबहादुर पुन, सचिवमा सुवास श्रेष्ठ, सहसचिवमा लक्ष्मी रोका र कोषाध्यक्षमा लवकुश जुग्जाली, सदस्यहरुमा लिलन पुन, अनिता रोका, बिरबहादुर बिक, […]

धौलागिरी गाउँपालिका साक्षर घोषणा

सन्तोष गौतम/विकल्प न्यूज शिवाङ १५ पुष । म्याग्दीको धौलागिरी गाउँपालिकालाई शुक्रबार साक्षर घोषणा गरिएको छ । शिवाङमा आयोजित समारोहमा ७ नम्बर वडा ताकम र ५ नम्बर वडा मल्कवाङ सहित गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरीकले अंक अक्षर लेखपढ गर्न जानेपछि धौलागिरीका ५ वटा वडालाई यसअघिनै साक्षर […]

अनेमसंघ क्रान्तिकारीको नगर सम्मेलन सम्पन्न

विकल्प न्यूज/बेनी पुस १५ गते । नेकपा (माओवादी केन्द्र) निकट अनेमसंघ क्रान्तिकारीको शनिबार बेनीमा सम्पन्न प्रथम नगर सम्मेलनबाट अम्बिका ढुंगानाको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा दिलमाया सार्की, सचिवमा शोभा खड्का, सहसचिवमा बिष्णु बोहोरा, कोषाध्यक्षमा बिजुला किसान बानिया, सदस्यहरुमा आशा नेपाली हिमा छन्त्याल, जुना केसी, राजकुमारी परियार, सुमित्रा पौडेल, माया […]

जेसीजकपमा माउण्टको विजयी सुरुवात

विकल्प न्यूज/बेनी पुस १५ गते । शुक्रबारदेखि सदरमुकाम बेनीमा सुरु भएको १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीजकप फुटवल प्रतियोगितामा साविक विजेता माउण्ट एभेरेष्ट आवासिय माविले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा भिम मावि राजदाङ देविस्थानलाई ४–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको हो । त्यस्तै प्रतियोगितामा साविक उपविजेता न्यू वेष्ट प्वाइन्टले पनि […]

लागू औषध सहित बेनीको संगमचोकबाट युवक पक्राउ

विकल्प न्यूज/बेनी पुस १४ गते । बेनीको संगमचोकबाट लागू औषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । विहिवार दिउसो झोलामा लागू औषध लिएर हिडेको अवस्थामा प्रहरीको टोलीले युवकलाई पक्राउ गरेको हो । बेनपा ८ पिपलचोक स्थायी ठेगना बताउने वर्ष २२ का ति युवक माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । युवकको नाम प्रहरीले […]

बेनीमा १६ औ जेसीजकप फुटवल प्रतियोगिताको उद्घाटने

 विकल्प न्यूज/बेनी म्याग्दी, १४ पुस । जेसिजकप प्रतियोगितालाई उद्घाटन गर्दै  मेयर हरिकुमार श्रेष्ठले म्याग्दीमा फुटवल खेलको विकासमा जेसीजले विगत १६ बर्षदेखि निरन्तर आयोजना गर्दै आएको यस प्रतियोगिताले ठुलो भूमिका खेलेको बताउनुभयो । युवाहरुको क्षमता र नेतृत्व विकासमा क्रियाशिल जेसीजले म्याग्दीको सामाजिक क्षेत्रमा पु¥याएको योगदाना प्रसंनिय रहेको बताउँदै मेयर श्रेष्ठले जेसीज कपको निरन्तरताको लागि सबैक्षेत्रबाट सहयोग […]

घोडेपानीमा वास नपाइने चिन्ता हट्यो, होटलको क्षमता बढाउँदै व्यवसायी

विकल्प न्यूज/बेनी पुस १४ गते । म्याग्दीको पर्यटकीय क्षेत्र घोडेपानीका व्यवसायीहरुले होटलको क्षमता विस्तार गरेका छन् । अन्नपूर्ण गाउँपालिका ६ मा पर्ने पुनहिलको भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि हुनथालेपछि यहाँका होटल व्यवसायीहरुले क्षमता विस्तार गर्न थालेका हुन । प्रदेश ४ को राजधानी पोखरामा हुने लगभग निश्चित भएपछि यहाँ आउने पर्यटकको संख्यामा पनि दोब्वर वृद्धि हुने […]

भिडियोमा हेर्नुहोस नमुना कृषक रुद्रवहादुरको तरकारी खेती

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज पुस १४ गते । बेनी नगरपालिका १ आनन्दबगरका रुद्र वहादुर थापा म्याग्दीका नमुना कृषक हुनुहुन्छ । उहाँले पाँच रोपनी जग्गामा व्यवसायिक तरकारी खेती गर्नुभएको छ । ६ वर्ष साउदी अरवमा कडा परिश्रम गर्दा पनि सोचे जस्तो आम्दानी गर्न नसकेपछि उहाँ गाउँ फिरेर कृषि पेशामा संलग्न हुनुहुन्छ । भिडियोमा हेर्नुहोस नमुना कृषक रुद्रवहादुरको […]

आनन्दबगरका रुद्रबहादुर म्याग्दीका नमुना कृषक (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज पुस १४ गते ।थोरै समयमा धेरै कमाउने आशा पालेर बेनी नगरपालिका १ आनन्द बगरका रुद्रवहादुर थापा २८ वर्षको उमेरमा साउदी अरब हानिनुभयो । ६ वर्ष साउदी अरबमा कडा परिश्रम गर्दा पनि सोचेजस्तो आम्दानी भएन । साउदीमा राम्रो आम्दानी नभएपछि गाउँ फर्किएर थापाले व्यवसायिक तरकारी खेती थाल्नुभयो । थापा अहिले जिल्लामै नमुना […]

शुक्रवार देखी बेनीमा १६ औं जेसीज कप फुटवल प्रतियोगिता

विकल्प न्यूज/बेनी म्याग्दी, १३ पुस । म्याग्दी जेसीजको आयोजनामा सदरमुकाम बेनीमा शुक्रवारदेखि सुरु हुन लागेको जिल्ला स्तरीय अन्तर मावि १६ औँ जेसीजकप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । १६ औँ जेसीजकप फुटवल प्रतियोगिता व्यवस्थापन समितिले विहिवार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता सञ्चालनको लागि आबश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिईएको थियो । […]

म्याग्दीका जनप्रतिनिधिका ७ महिना

विकल्प न्यूज/बेनी पुस १३ गते । म्याग्दीका स्थानीय तहको कार्यशैली सुस्त देखिएको छ । जनप्रतिनिधि निर्वाचित भएको सात महिनासम्म पनि स्थानीय तहले विकास निर्माणलाई गति दिन सकेका छैनन् । जनताको अपेक्षा अनुसार जनप्रतिनिधिहरुले काम गर्न सकेका छैनन् । कर्मचारीको कार्यशैली नफेरीदा जनताले शुसासनको अनुभुती गर्न पाएका छैनन् । जनप्रतिनिधि आफ्नो अधिकार प्रयोग गरेर जनतालाई राहत, […]

दोवा सिमी खेतीका लागि प्रसिद्ध

विकल्प न्यूज/बेनी पुस १३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका १ मा पर्ने दोवा सिमी खेतीका लागि प्रसिद्ध बनेको छ । स्वादीलो र गुणस्तरीय हुने भएकाले दोवाको सिमी बजारमा प्रसिद्ध बनेको हो । कृषकले बोटबाट नटिप्दै सिमी बिक्री गर्दै आएका छन् । सहरी क्षेत्रका ब्यापारी र उपभोक्ताले बारिमा फलेको सिमी नटिप्दै अग्रीम पैसा दिएर खरिद गरेका […]

म्याग्दीका युवाहरु कुखुरापालन व्यवसायप्रति लोभीदै

सन्तोष गौतम/विकल्प न्यूज पुस १३ गते । म्याग्दीका युवाहरुका लागि कुखुरापालन स्वरोजगारको माध्यम बनेको छ । रोजगारीको खोजीमा दैनिक हजारौ नेपालीहरु विदेशीरहेको अवस्थामा कुखुरापालन गरेका युवा उद्यमीहरुले घरमै राम्रो आम्दानी गर्न सफल भएका छन् । मासु र अण्डा आपुर्तीका लागि म्याग्दीमा व्यवसायिक कुखुरापालन गर्ने क्रम बढेको छ । सदरमुकाम बेनी बजार आसपासमा पर्ने रत्नेचौर, खबरा, […]

गलेश्वर क्षेत्रको पूर्वाधार विकासमा जोड

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १३ पुष । बेनी नगरपालिका ९ मा रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषको १२ औ कार्यकारी सभा र गलेश्वर जेष्ठ नागरीक आश्रमको सातौ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।  गलेश्वर मन्दिर परिसरको सत्संग सभाहलमा सम्पन्न साधारणसभामा सहभागीहरुले गलेश्वरको धार्मीक पर्यटन प्रर्वद्धनको साथसाथै व्यवस्थापनमा पनि प्राथमिकता दिनुपर्ने बताएका छन् । जिल्ला […]