ताजा समाचार:
Search

समाचार

यस्तो छ मुक्तीनाथमा मोदीको स्वागत तयारी (फोटोफिचर)

गोपाल छन्त्याल/विकल्प मुक्तिनाथ, २७ वैशाख ।      व्यापक हिमपातका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा स्वागतको तयारी थालिएको छ । बुधबार अपरान्ह देखि मौसम परिर्वतन भएसँगै मुक्तिनाथ लगायत मुस्ताङको उच्च भेगमा हिमपात भएको छ । हिउँ पर्ने क्रम रोकिएको छैन । बिहीबार बिहान १०बजेसम्म मुक्तिनाथ, झारकोट, खिंगा क्षेत्रमा करिब एक फिटसम्म हिउँ जमेको थियो […]

ताले खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन

सन्तोष गौतम/विकल्प न्यूज मलिका २७ बैशाख ।      मालिका गाउँपालिका ४ ओखरबोटको आस्का छापमा निर्माण भएको ताले खानेपानी तथा सरसफाई आयोजनाको बिहीबार उद्घाटन गरिएको छ । गाउँपालिकाद्धारा सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्माण भएको परियोजनाको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गर्नुभएको हो ।उद्घाटनपछि मन्तब्य व्यक्त गर्नुहुदै अध्यक्ष रोकाले आयोजनाको दिगो र व्यवस्थित […]

घराम्दीको मारुनी नाच ………

घराम्दीको मारुनी नाच ……… विकल्प न्यूज/बेनी बैशाख २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तानमा पुगेका पाहुनाहरुको स्वागतका लागि मगर समुदायको मौलीक मारुनी नाच प्रस्तुत गर्दै कलाकारहरु । तस्विर सन्तोष गौतम

उपल्लो मुस्ताङमा बेमौसमी हिमपात

निरज थकाली/विकल्प न्यूज मुस्ताङ २७ बैशाख ।उपल्लो मुस्ताङमा बुधबार राती देखि बेमौसमी हिमपात भएको छ । साँझदेखि परेको भारी बर्षातसंगै बाह्गाउँ मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो । बैशाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको स्थानीय बुढापाकाहरुले बताएका छन् । करिब आधा फिट हिउँ जमेको र बिहान सम्म पनी हिउँ पर्ने क्रम […]

पोखरेबगर–चित्रे सडक आयोजनाको अन्यौलता हट्यो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ बैशाख । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीय स्थल घोडेपानी नजिकैको चित्रे जोड्ने सडक स्तरोन्नतीको लागि डिपीआर तयार पार्ने काम अघि बढेको छ । समुदाय स्तरमा जग्गा सम्बन्धि बिवादको समाधान र जनप्रतिनिधिहरुको पहलले अन्यौलमा परेको आयोजना कार्यान्वयनको बाटोमा अघि बढेको हो । प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तरगतको भुकम्प […]

मल्कबाङको जनजागृती माविको कक्षा कोठा भवन उद्घाटन(फोटोफिचर)

सन्तोष गौतम/विकल्प न्यूज मल्कवाङ २६ बैशाख ।    धौलागिरि गाउँपालिका–५ मल्कबाङको जनजागृती माविमा निर्माण भएको कक्षा कोठा भवनको बुधबार एक समारोहका बिच उद्घाटन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तुलबहादुर छन्त्यालले शिलालेख अनावरण गरेर भवनको उद्घाटन गर्नुभयो । जिल्ला शिक्षा कार्यालयको १९ लाख ५० हजार रुपैयाँ अनुदान, प्रवासी र काठमाडौ पोखरामा बसोबास गर्ने […]

बेनीमा पर्यटक सूचना केन्द्र’ स्थापनाको तयारी (भिडियो सहित)

विकल्प न्यूज/बेनी बैशाख २६ गते । प्रशस्त पर्यटकीय संभावना रहेको म्याग्दीमा निजी क्षेत्रको अगुवाईमा पर्यटक सूचना केन्द्र स्थापना गर्ने तयारी गरिएको छ । बेनी नगरपालिका र पर्यटन बोर्डको सहकार्य मा म्याग्दी उद्योग बाणिज्य संघले बेनी नगरपालिका ८ वसपार्कमा सुविधा सम्पन्न पर्यटक सूचना केन्द्र स्थापना गर्न लागेको हो । म्याग्दी भ्रमण वर्षको अवसरमा बैशाख ३० गते […]

मनमोहक मालिका

सन्तोष गौतम/विकल्प न्यूज बैशाख २६ गते । मलिका(म्याग्दी) / घना जंगलको बिचमा रहेको अग्लो डाँडा । नाङ्लोको फेरोझै उत्तरतर्फ लहरै देखिने पहाड र पृष्ठभुमिका हिमाल । बिहानीमा लाली छाउँदै पूर्वबाट उदाउने सुर्योदय । एकै स्थानबाट म्याग्दीका अधिकांश भूभाग देख्न सकिने । दर्शन, पुजाआजा र भाकल गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास । धार्मीक तथा पर्यटकीय हिसाबले […]

अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई सामाग्रीसहित सम्मान

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, बैशाख २६ / म्याग्दीको बेनी नगरपालिका–८ को वडा कार्यालयको आयोजनामा बुधबार सदरमुकाम बेनीमा सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडामा रहेका अपाङ्ग तथा ज्येष्ठ नागरिकहरुलाई आवश्यक सामाग्रीहरु वितरण गरी सम्मान गरिएको हो ।   वडाका १० जना अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरुलाई डसना, सिरानी र बल्याङ्केट हस्तान्तरण गरी सम्मान गरिएको वडा […]

गाउँलेलाई लाखौं ठगेर ठेकेदार फरार

विकल्प न्यूज/बेनी बैशाख २५ गते । पर्यटन बिभागले निर्माण व्यवसायी मालिका क्षेत्रमा निर्माण गरेको पदमार्ग । तस्विर नवविकल्प म्याग्दीमा एक निर्माण व्यवसायीले गाउँलेलाई लाखौ ठगेर फरार भएका छन् । टोड्के देखि मालिका जोड्ने सानोखर्क ठूलोखर्क मालीका दोवाटोखर्क पदमार्ग निर्माणको जिम्मा लिएका व्यवसायीले काम गरेका मजदुरको ज्याला र स्थानीय ब्यापारीहरुको उधारो नतिरी बर्षौदेखि सम्र्पक बिहीन भएका […]

धौलागिरि गाउँपालिकामा विकास निर्माणमा तिब्रता

सन्तोष गौतम/विकल्प न्यूज मराङ २५ बैशाख । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकामा विकास निर्माणले तिब्रता पाएको छ । स्थानीय तह कार्यान्वयनमा आएको र जनप्रतिनिधि निर्वाचित भएपछि सडक, घोरेटो बाटो, सामुदायीक भवन, कल्भर्ट, खानेपानी, सिँचाई, विद्यालय क्षेत्रमा विकास निर्माणले तिब्रता पाएको हो । विगतमा जस्तो आर्थिक वर्षको अन्तमा हतार हतारमा टालटुले […]

मराङमा अामा समुहले भवन बनाए (हेर्नुहाेस फाेटाे )

सन्तोष गौतम / विकल्प न्युज मराङ २४ बैशाख ।धौलागिरि गाउँपालिका ६ मराङको कुम्रीमा प्रगतीशिल आमा समूहले निर्माण गरेको सामुदायीक भवनको सोमबार एक समारोहका बिच उद्घाटन गरिएको छ । आमा समूहको कोष, प्रवासी, सरकारी निकायको अनुदान सहयोग र स्थानीयबासीको श्रमदानमा निर्माण भएको तिन कोठे भवनको पूर्व सांसद नवराज शर्माले उद्घाटन गर्नुभएको हो ।भवन उद्घाटनपछि मन्तब्य व्यक्त […]

हाट बजारलाई प्रयोगमा ल्याउन ज्ञापनपत्र

विकल्प न्युज / बेनि बैशाख २४ गते । बेनीको शिवालय टोल सुधार समितिले खुल्लामञ्च नजिक बहुउद्देश्यीय मैदानमा निर्माण गरिएको हाट बजारका संरचनालाई प्रयोगमा ल्याउन माग गरेको छ । लामो समयदेखि हाट बजारका संरचना गोठमा परिणत भएको भन्दै टोल सुधार समितिले बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठलाई सोमबार ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेको हो । समितिका अध्यक्ष ज्ञानेन्द्र […]

जलजलाका कृषकलाई गाेठ सुधारमा अनुदान

सन्तोष गौतम/ विकल्प न्युज बेनी २४ बैशाख । जलजला गाउँपालिका अन्तरगत पशु सेवा शाखाले भुकम्प प्रभावीक कृषकहरुलाई गोठ सुधारमा अनुदान वितरण गर्न सुरु गरेको छ । लामाखेत स्थित गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सिमा पुनले जलजला ७ का कृषक मनबहादुर क्षेत्रीलाई नगद हस्तान्तरण गरेर अनुदान वितरणको शुभारम्भ गर्नुभएको हो । भुकम्पबाट प्रभावीत दश जना […]

स्वास्थ्यकर्मीलाई शीघ्र एकीकृत कुपोषणको व्यवस्थापनसम्बन्धी तालिम

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, बैशाख २४ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सोमबारदेखि स्वास्थ्यकर्मीहरुका लागि शीघ्र एकीकृत कुपोषण व्यवस्थापनसम्बन्धी तालिम सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना, युएसआईडी सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र मिलन म्याग्दीको साझेदारीमा तालिम सञ्चालन गरिएको हो । शीघ्र र मध्यम कुपोषण पत्ता लगाई शीघ्र कुपोषणको […]