समाचार

स्वास्थ्यकर्मीलाई शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन तालिम

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, जेठ २० ।म्याग्दीको सदरमुकाम बेनीमा आइतबार शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजना, युएसआईडी सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र मिलन म्याग्दीको साझेदारीमा स्वास्थ्यकर्मीहरुलाई तालिम सञ्चालन गरिएको हो । बालबालिकामा हुने शीघ्र कुपोषणको उपचार गर्ने उद्देश्यसहित स्वास्थ्यकर्मीहरुलाई तालिम दिइएको सुआहारा कार्यक्रमले जनाएको छ । […]

नगरपालिका स्तरीय योजना तर्जुमा तथा बजेटिङ्ग सम्बन्धी प्रशिक्षण

विकल्प न्यूज/बेनी जेठ २० गते । आगामी आर्थिक बर्षको योजना तर्जुमा तथा बजेटिङको सम्बन्धमा बेनी नगरपालिकाका पदाधिकारीहरु तथा कर्मचारीहरुको लागि प्रशिक्षण दिन सुरु गरिएको छ । आईतवारदेखि सूरु भएको प्रशिक्षण २ दिनसम्म सञ्चालन हुने जनाइएको छ । जिल्ला समन्वय समितिको आयोजनामा सुरु भएको तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समितीका प्रमुख देवेन्द्र बहादुर केसीले तालिमले आगामी […]

भुरुङ तातोपानीका अधिकांश योजना सम्पन्न

विकल्प न्यूज/बेनी जेठ २० गते ।    अन्नपूर्ण गाउँपालिका मार्फत २ नम्बर वडा भुरुङ तातोपानीमा चालु आर्थिक वर्ष २०७४÷७५ मा बजेट बिनियोजन भएका अधिकांश योजना तथा कार्यक्रम सम्पन्न भएका छन् । गाउँपालिकाको पचास लाख रुपैयाँ अनुदानमा वडा कार्यालयले छनौट गरेर सञ्चालन भएका १४ वटा मध्य १३ वटा योजना तथा कार्यक्रम सम्पन्न भइसकेका हुन् । जनप्रतिनिधिको समन्वय, […]

औल–गिद्धेश्वर पदमार्ग निर्माण

विकल्प न्यूज/बेनी जेठ २० गते । अन्नपूर्ण गाउँपालिका ७ औल गाउँदेखि धार्मीक स्थल गिद्धेश्वर जोड्ने पदमार्ग निर्माण भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा औलाका बासिन्दाले श्रमदान गरेर करिब एक किलोमिटर पदमार्ग निर्माण गरेका हुन् । दुई सय मिटर कच्चि र उकालो बाटोमा २५० वटा ढुङ्गे सिढी सहितको पदमार्ग निर्माण गरिएको छहरा टाउको गिद्धेश्वर कुण्ड पदमार्ग […]

ओखरबोटकी एक महिला र दुई बालक एक सातादेखि सम्पर्क बिहीन

विकल्प न्यूज/बेनी म्याग्दी २० जेठ । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटकी एक महिला र दुई बालक एक हप्तादेखि सम्र्पक बिहीन भएका छन् । ओखरबोटकी २६ वर्षिया कल्पना, उनका छोरा १० वर्षिय रोहीत र ७ वर्षका हेमन्त पुन जेठ १३ गतेदेखि सम्र्पक बिहीन भएका हुन् । कल्पनाले विगत ४ वर्षदेखि दरवाङमा डेरा लिएर छोराहरुलाई पढाउन बसेकी […]

अन्नपुर्ण संरक्षण क्षेत्र भित्र वन्यजन्तु र जडिबुटिको अवस्थाबारे अनुगमन

धिरन खत्री/विकल्प न्यूज म्याग्दी, २० जेठ । म्याग्दीको अन्नुर्ण गाउँपालिका घार र शिख वडामा बन्नयजन्तु र जडिवुटीको अवस्थाबारे अनुगमन गरिएको छ । अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखराको आयोजनामा गाउँपालिका वडा ५ शिख र ६ घारमा सामुदायिक वनजंगलको स्थलगत अध्ययन गर्दै वन्यजन्तु र जडिबुटीको अवस्थाबारे जानकारी लिएको हो । जिल्लाको प्रमुख पर्यटकिय स्थल घोडेपानी र […]

बेनी–जोमसोम सडकमा छब्बीस सिटको सिण्डीकेट तोडीयो

सन्तोष गौतम/विकल्प न्यूज जेठ २० गते । बेनी–जोमसोम सडकको टुकुचे खण्डमा ट्रकमा राखेर हेभी ईक्युभमेन्ट ढुवानी गरीदै । तस्विर नवविकल्प बेनी/ बेनी–जोमसोम सडकमा कायम रहदै आएको छब्बीस भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक लगाउने मापदण्ड खारेज भएको छ । बेनी स्थित प्रशासन कार्यालयमा बसेको जिल्ला यातायात ब्यवस्थापन समितिको बैठकले विगत पाँच वर्षदेखि कायम उक्त […]

बिमका सार्वजनिक स्थलमा मदिरा सेवनमा प्रतिबन्ध

सन्तोष गौतम/विकल्प न्युज बिम १९ जेठ ।म्याग्दीको मालिका गाउँपालिका ७ बिमका सार्वजनीक स्थलमा मदिरा सेवनमा प्रतिबन्ध लगाउने निर्णय भएको छ । वडा कार्यालयमा शनिबार आयोजित जनप्रतिनिधि, युवा क्लब, आमा समूह र अगुवाहरुको भेलाले बिवाह, छेवार, किरीया लगायत कुनै पनी सार्वजनीक कार्यक्रममा जाडँ, रक्सी नगर्ने निर्णय गरेको हो । वडा अध्यक्ष रेशम जुग्जाली सरोकारवालाहरुको सुझाव र […]

दरवाङमा सम्पन्न एकिकृत घुम्ती शिविरमा ३१४ वटा नागरिकता वितरणा

सन्तोष गौतम / विकल्प दरवाङ, १९ जेठ ।मालिका गाउँपालिकाको केन्द्र दरबाङमा शनीवार सम्पन्न एकिकृत घुम्ती शिवीरमा ३ सय बढी नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा मालिका र धौलागिरि गाउँपालिको समन्वयमा दुई दिनसम्म सञ्चालन भएको घुम्ती शिवीरमा ३१४ वटा नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, […]

राेजगारमुलक याेजनामा जाेड ः मन्त्री पुन

सन्तोष गौतम/ विकल्प बाबियाचौर १९ जेठ । प्रदेश ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनले रोजगारमुलक योजनामा जोड दिइने बताउनुभएको छ । मंगला गाउँपालीकाले शनिबार बाबियाचौरमा आयोजना गरेको कार्यक्रममा मन्त्री पुनले प्रदेश सरकारले ल्याउने बजेट, निती तथा कार्यक्रममा मन्त्रालयले रोजगारी सिर्जना, आयआर्जन र उत्पादन वृद्धी हुने योजनालाई प्राथमिकता दिइने बताउनुभयो । भौतिक पूर्वाधारसंगै मानवीय र […]

अस्पतालको बेडबाट जीवन रक्षाको आग्रह

विकल्प न्यूज/जलजला जेठ १९ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका वडा नं ७ धाइरिङकी एक महिलाले शहिद गंगालाल हृदय रोग केन्द्र कामाण्डौंको अस्पतालको बेडबाट उपचारका लागि आर्थिक सहयोग गरी आफ्नो जीवन बचाइदिन आग्रह गर्नुभएको छ ।  अत्यन्त कमजोर आर्थिक अवस्थाका कारण आफ्नो उपचारमा लाग्ने ६ लाख रुपैयाँ जुटाउन नसकेर अस्पतालको बेडमा छट्पटाइ रहनुभएकी ६५ वर्षिया […]

म्याग्दीमा ५६ थान साेलार डायर वितरण

सन्तोष गौतम/विकल्प बाबियाचौर १८ जेठ । म्याग्दीको उच्च पहाडी क्षेत्रको जंगलमा खेर गैरहेको सागपातलाई आयस्रोतको रुपमा विकास गर्ने उद्देश्यले स्थानीय महिलाहरुलाई सोलार डायर वितरण गरिएको छ । प्रदेश ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनको पहलमा धौलागिरी, मालिका, मंगला, अन्नपूर्ण गाउँपालीका र बेनी नगरपालीकामा ५६ थान सोलार डायर वितरण गरिएको हो । जडिवुटी, फलफुल, ढकायो, […]

दरबाङमा एकिकृत घुम्ती शिवीरमा सेवाग्राहीको भिड

सन्तोष गौतम/ विकल्प दरवाङ, १८ जेठ । मालिका गाउँपालिकाको केन्द्र दरबाङमा शुक्रबारदेखि एकिकृत घुम्ती शिवीर सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना, मालिका र धौलागिरि गाउँपालिको समन्वयमा सञ्चालन भएको दुई दिने शिवीरमा सदरमुकाम स्थित सरकारी कार्यालयहरुले सेवा प्रवाह गरेका छन् । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमायाँ बिटालु, […]

वातावरण दिवसमा दरवाङमा बृहत सरसफाई हुने

विकल्प न्युज / दरवाङ जेठ १८ गते । विश्व वातावरण दिवसको अवसरमा मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बृहत् सरसफाई अभियान सञ्चालन हुने भएको छ । मालिका गाउँपालिका र वास पत्रकार मञ्च म्याग्दीको संयुक्त संयोजनमा जेठ २२ गते उक्त अभियान सञ्चालन हुन लागेको हो । अभियानको पूर्वसन्ध्यामा शुक्रबार दरवाङका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमायाँ बिटालु, वडाअध्यक्षहरु, […]

धौलागिरी गाउँपालिकाको प्रोफाईल तयार

सन्तोष गौतम/ विकल्प म्याग्दी १८ जेठ ।म्याग्दीको धौलागिरी गाउँपालिकाको आर्थिक, सामाजिक, मानविय, भौतिक अवस्था समेटिएको बस्तुगत विवरण (प्रोफाईल) तयार भएको छ । पहिलो गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार प्रोफाईल तयार पार्ने जिम्मेवारी लिएको परामर्शदाता शुभारम्भ उद्यमशिल नेपाल प्रालीले विवरणको शुक्रबार प्रस्तुतीकरण गरेको छ । गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुको उपस्थिती रहेको कार्यक्रममा परामर्शदाता कम्पनीका समाजशास्त्री केशव […]