समाचार

विकट वस्ती विलबाङ पुगेर पहिरो पीडितलाई राहत वितरण (फोटोसहित)

विकल्प न्यूज/बेनी विलबाङ,म्याग्दी भदौं १ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका २ रुमको विकट वस्ती विलबाङका पहिरो पीडितहरुलाइ विहिवार राहत वितरण गरिएको छ । बुधवार विहान वस्ती माथिको खरिवोटको पाखोबाट आएको पहिरोले ६ घर पूर्णरुपमा पहिराले पुरेको थियो । पहिरोले घर पुरेपछि पीडितहरु आफन्तको घरमा आश्रय लिएर वसेका छन् ।मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि ३ […]

गुईठे र काभ्रेका पहिरो पीडितलाई सुरक्षित स्थानमा राखीने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३१ साउन ।   म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको गुईठे र काभ्रेका पहिरो पिडितलाई सुरक्षित स्थानमा सारीने भएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, उपाध्यक्ष केशमाया मगर, वडा अध्यक्ष नरसीङ पुर्जा, बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रतिनिधि र पिडितहरुबीच भएको छलफलपछि उच्च जोखिममा रहेका १० घरपरिवारलाई अस्थाई रुपमा सुरक्षित स्थानमा बस्ने ब्यवस्था मिलाउने […]

जलजलाको लस्तीबजार जोखिममा

विकल्प न्यूज/जलजला साउन ३० गते । लस्ती खोलामा आएको बाढीका कारण पर्वतको लस्तीबजार जोखिममा परेको छ । जलजला गाउँपालिका ७ र ८ को सीमाक्षेत्र लस्तीबजारको जग्गा बाढीले निरन्तर कटान गरिरहेको छ । यहाँ करीब एक सय परिवारको बसोबास छ । हालसम्म दुवै वडाका २५ परिवार विस्थापित भएका जलजला– ८ का वडाध्यक्ष हरिविकास जिसीले जानकारी दिए […]

कालीगण्डकीले विद्यालय भवन बगायो

विकल्प न्यूज /बेनी साउन ३० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ कोप्चेपानी स्थित धवलागिरी आधारभुत विद्यालयको कक्षा कोठा भवन कालीगण्डकीले बगाएको छ । कालीगण्डकीले धार परिवर्तन गरेर कटान गर्दा बुधबार बिहान छ कोठे कक्षा कोठा भवन बगाएको व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले बताउनुभयो । कक्षा ३ सम्म पठनपाठन हुने विद्यालयमा बिस जना विद्यार्थीहरु अध्ययनरत छन् […]

बेनी–जोमसोम सडक सूचारु

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २९ साउन ।दर्जनौ ठाउँमा पहिरो खसेपछि अवरुद्ध बनेको म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मंगलबार साँझदेखि खुलेको छ । ७६ किलोमिटर दुरीको सडकको बेनी देखि घाँसा खण्डमा पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको थियो । सडक खुलेपछि मुस्ताङ जाने आउने पर्यटक, तिर्थयात्री र स्थानीयबासीहरु गन्तब्यतर्फ लागेका […]

बेनीमा शक्तिशाली बम बिस्फोट

सन्तोष गौतम/विकल्प न्यूज बेनी २९ साउन । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दका कारण मंगलबार म्याग्दीको जनजिवन प्रभावित भएको छ । केही दिनअघि पक्राउ गरिएका नेकपाका प्रवक्ता खड्काबहादुर विश्वकर्मा (प्रकाण्ड) लगायत नेता कार्यकर्ताको बिना सर्त रिहाईको माग गर्दै बन्दको आव्हान गरेको हो । बन्दका कारण बेनीबाट दिनभर लामो तथा छोटो दुरीमा चल्ने सवारी […]

मंगलामा पार्क निर्माणका लागि करिव ४० लाखको जग्गा सहयोग

विकल्प न्यूज/बेनी साउन २९ गते ।  म्याग्दीको मंगला गाउँपालिका २ का क्याप्टेन इन्द्रबहादुर अधिकारीले बालबालिका तथा ज्येष्ठ नागरिक पार्क बनाउनका लागि करिब ४० लाख वरावरको जग्गा गाउँपालिकालाई निशुल्क रुपमा सहयोग गर्नुभएको छ । बाबियाचौर घर भई हाल काठमाण्डौं वसोवास गर्नुहुने अधिकारीले बावियाचौर बजार देखि पोक जाने पुल छेवैको ३ रोपनी १५ आना, तिन दाम १ […]

ऋखार क्षेत्रमा भक्तजनको स्वागतार्थ जनश्रमदानमा गेट तयार

गोपाल छन्त्याल/बेनीः साउन २९ गते । सप्तऋषिले तपस्या गरेको पूण्यभूमि ऋखारमा पुजापाठ र दर्शनका लागि आउने भक्तजनका लागि स्वागत गेट बनाईएको छ । वडा नं ८ दुवाडीमा ऋखार संरक्षण तथा सुधार समिति र देउराली आमा समूहको ७ लाख रुपैयाँ नगद र जनश्रमदानमा स्वागत गेट बनाईएको हो । उक्त गेट भाद्र ५ गते उद्घाटन गरिने ऋखार […]

बेनी अस्पतालमा १६ महिने मेरो कार्यकाल

माधव प्रसाद रेग्मी /विकल्प न्यूज साउन २९ गते । २०७३ फागुन २४ गते नेपाल सरकार मन्त्रीस्तरीय निर्णयबाट मेरो बेनी अस्पतालको अध्यक्षयमा नियुक्ती भयो । लामो समय रिक्त रहेको उक्त पद मैले बहाली गर्दा चुनौतिपूर्ण थियो । सो चुनौति सामना गर्न अस्पतालको आफ्नै मिसन “गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता” का साथ अस्पताल टिम मेरो नेतृत्वमा अगाडि […]

“डोजरे” विकासको परिणाम ः पहिरो, भुक्षय र कटानको जोखिम

रघुगंगा गाउँपालिका ६ पाखापानीको कमनाथमा खसेको पहिरो पार गर्दै प्रजिअ लिलाधर अधिकारी, प्रनाउ बिरबहादुर बुढा लगायत सुरक्षाकर्मीहरु । तस्विर सन्तोष गौतम उपकरणको कम्पनले खलबलिएको जमिन बर्खाको पानीले गलेर बग्ने, सडकमा संकलन हुने पानीले खोल्सा बनाउने, माटो बगाउँदा वरपरका बस्तीमा पहिरो खस्ने, जमिन भासीने, भुक्षय हुने, नदीमा बाढीको आयटन बढेर कटान गर्ने क्रम बढेको जिल्ला भु–संरक्षण […]

गलेश्वरमा एकै महिनामा १३ लाख भेटि संकलन

सन्तोष गौतम /विकल्प म्याग्दी २९ साउन । बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा साउन महिनामा तेह् लाख रुपैया भन्दा बढी भेटि संकलन भएको छ । साउन महिनामा परेका चार वटा सोमबारमा पुजा गर्न आएका भक्तजनहरुले १३ लाख २७ हजार ४५२ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बम बहादुर पुनले बताउनुभयो । उहाँका अनुसार, अन्तिम […]

तिजको अवसरमा बेनीमा छात्रा फुटबल प्रतियोगिता हुने

विकल्प न्यूज/बेनी साउन २९ गते । महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा म्याग्दीको सदरमुकाम बेनीबजारमा छात्रा फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीले मंगलबार पत्रकार सम्मेलनको आयोजना मार्फत आगमी भदौ २५,२६ र २७ गते छात्रा फुटबलको आयोजना गर्न लागिएको जानकारी दिएको हो । प्रतियोगिताका लागि आवश्यक तयारी थालनी गरिएको समितिले […]

बेनी–जोमसोम सडक अवरुद्ध

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ साउन । दर्जनौ ठाउँमा पहिरो खसेपछि म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मंगलबार बिहानदेखि अवरुद्ध बनेको छ । ७६ किलोमिटर दुरीको सडकको बेनी देखि घाँसा खण्डमा पहिरोका कारण सवारी आवागतम अवरुद्ध भएको हो । सडक अवरुद्ध हुदाँ मुस्ताङ जाने आउने पर्यटक, तिर्थयात्री र स्थानीयबासीहरु बाटोमै अलपत्र […]

बन्दले म्याग्दीको जनजिवन प्रभावित

विकल्प न्यूज/बेनी बेनी २९ साउन ।नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दका कारण मंगलबार म्याग्दीको जनजिवन प्रभावित भएको छ । केही दिनअघि पक्राउ गरिएका नेकपाका प्रवक्ता खड्काबहादुर विश्वकर्मा (प्रकाण्ड) लगायत नेता कार्यकर्ताको बिना सर्त रिहाईको माग गर्दै बन्दको आव्हान गरेको हो । बन्दका कारण बेनीबाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन चलेका छैनन् […]

ठेकेदारलाई दिएको पेश्की फिर्ता

विकल्प न्यूज/बेनी साउन २९ गते । बेनी अस्पताल भवन निर्माणको ठेक्का पाएको निर्माण कम्पनीको पेश्की फिर्ता गर्ने प्रक्रिया शुरु भएको छ ।  शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले काममा ढिलासुस्ती गरेपछि महादेव–खिम्ती–ज्वाला–रफीना जेभीको बैंक जमानतबाट असुल हुने गरी पेश्की फिर्ताका लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले बेनी अस्पतालको पचास शय्या क्षमताको भवन […]