ताजा समाचार:
Search

समाचार

रितुङ माविमा अस्थाई टहरा निर्माण

विकल्प न्यूज/बेनी असोज ४ गते । रघुगंगा नदीमा आएको बाढीले कटान गरेर भवन बगाएको रघुगंगा गाउँपालिका ८ दुलेखर्क स्थित रितुङ माविमा अस्थाई टहरा निर्माण भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुले श्रमदान गरेर अस्थाई टहरा निर्माण गरेका हुन् । जंगलको काठ र त्रिपालको प्रयोग गरेर चार वटा अस्थाई कक्षाकोठा निर्माण गरिएको विद्यार्थी नेता […]

लर्नद्वारा पत्रकारसँग छलफल

विकल्प न्यूज/बेनी म्याग्दी, असोज ३ ।समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन कार्यक्रम (लर्न) संस्थाको आयोजनामा मङ्गलबार शैक्षिक अन्तत्र्रिmया सम्पन्न भएको छ । म्याग्दी जिल्लाको उत्तरी क्षेत्रका सामुदायिक विद्यालयमा कार्यक्रम सञ्चालन गरिरहेको लर्न संस्थाले जिल्लामा क्रियाशिल पत्रकारहरुसँग अन्तत्र्रिmया कार्यक्रम गरेको हो । कार्यक्रममा लर्नका कार्यक्रम व्यवस्थापक मिन शाहीले जिल्लाको रघुगंगा र अन्नपूर्ण गाउँपालिका अन्तर्गत सञ्चालित विद्यालयहरुमा […]

बेनीमा संविधान दिवस मनाइयो

विकल्प न्यूज/बेनी असोज ३ गते । संविधान दिवस–२०७५ बुधबार म्याग्दीमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाइएको छ । संविधान दिवस मूल समारोह समिति म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा संविधान दिवसको अवसरमा प्रभातफेरी एवं मूल समारोह कार्यक्रम गरेर मनाइएको हो । बेनीको शहिदस्तम्भ चोकबाट निस्किएको प्रभातफेरी ¥यालीले बेनीबजारको परिक्रमा गरेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमलाई […]

परिवार नियोजनका साधनहरु प्रयोग गर्नुपर्नेमा जोड

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, असोज ३ ।पछिल्लो समय असुरक्षित रुपमा गर्भपतन गराउने क्रम बढ्दै जान थालेपछि परिवार नियोजनका साधनहरुको प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ । ‘किशोरी किशोरीहरुको सहभागिता, परिवार नियोजन सेवाको सुनिश्चितता’ भन्ने मूल नारासहित आयोजित पाँचौं परिवार नियोजन दिवस–२०७५ को अवसरमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । मङ्गलबार म्याग्दीको बेनी नगरपालिका अन्तर्गत रहेको स्वास्थ्य […]

जन्मदिनको अवसरमा शान्तिकोषलाई सहयोग

विकल्प न्यूज/बेनी असोज २ गते । मालिका गाउँपालिका ६ दरवाङ स्थायी घर भई हाल म्याग्दी बहुमुखी क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तरको दास्रो सेमेस्टारमा अध्ययनरत रश्मी रोका मगरले आफ्नो जन्मदिनको अवसर पारेर मंगलबार म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई सहयोग गर्नुभएको छ । डेढकरोड पु¥याउने शान्तिकोषको अभियानलाई सहयोग पु¥याउन रोकाले पाँच हजार पाँचसय ५५ रुपियाँ सहयोग गर्नुभई आजिवन […]

गूर्जाबासीले गरे बराहको पुजा

विकल्प न्यूज /विकल्प न्यूज असोज २ गते । जिल्लाको धवलागिरी गाउँपालिका–१ गूर्जामा देउता ‘खुसी पार्न’ स्थानीयले बराहको पूजा गरेका छन् । जिल्लाको सदरमुकम बेनीदेखी २६ कोष पश्चिममा पर्ने गुर्जामा परापुर्वकालमा काली बराहले स्थानीयको ज्यान लिन थालेपछि सामुहिक पूजाबाट कालि बराहको शक्ती नष्ट गदैं अपाङ्ग गराउन गरेको मनोकामना पूरा भएपछि हरेक बर्ष बली र धजाले पूजा […]

पोर्चुगलमा रहेका नेपालीहरुले पठाए सुरेशको उपचारका लागि ५१ हजार

विकल्प न्यूज/बेनी असोज २ गते । म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका मिर्गौला पीडित सुरेश छन्त्यालको उपचारका लागि पोर्चुगलमा रहेका नेपालीहरुले ५१ हजार ९ सय सत्र रुपियाँ सहयोग पठाएका छन् । हाल पोर्चुगलमा रहनुभएका मंगला गाउँपालिका ५ अर्मनका शिववहादुर थापाको पहलमा त्यहाँ रहेका नेपालीहरुबाट उक्त सहयोग रकम संकलन भएको ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो […]

संविधान दिवसका अवसरमा बेनी जोगाउन श्रमदान (फोटो)

विकल्प न्यूज /बेनी असोज २ गते ।      संविधान दिवस २०७५ का अवसरमा कालीगण्डकी नदी किनारमा श्रमदान गरिएको छ । कालीगण्डकी नदीको कटानबाट बजारलाई जोगाउन श्रमदान गरिएको हो । जनप्रतिनिधि,कर्मचारी,उद्योगी व्यवसायी,नेपाल प्रहरी र सर्वसाधारणहरुले नदी किनारमा दुइघण्टा श्रमदान गरेका हुन । नदीको कटानबाट बेनीलाई जोगाउन ग्यावियन झाली भरिएको हो । गत बुधवार कालीगण्डकी नदीमा […]

अन्नपूर्ण क्षेत्रका होटलको क्षमता विस्तार गरिँदै

पोखरा, असोज २ गते । अन्नपूर्ण आधार शिविर घुम्न जाने पर्यटकलाई पर्याप्त सेवासुविधा उपलब्ध गराउन यहाँका होटल सञ्चालकले होटलको क्षमता तथा सङ्ख्या विस्तार गर्न थालेका छन् । शिविर जाने पर्यटकलाई सेवा दिइरहेका यहाँका २६ होटलले पर्यटकको चाप थेग्न नसकेपछि क्षमता तथा सङ्ख्या विस्तार गर्न लागिएको हो । अन्नपूर्ण क्षेत्रमा वर्षेनी बढीरहेको पर्यटकको सङ्ख्यालाई दृष्टिगत गरी […]

मृगौला पीडित सुरेशको उपचारका लागि करिव ३ लाख सहयोग

विकल्प न्यूज/बेनी असोज १ गते ।  दुवै मृगौला खरावी भएपछि उपचार गराइरहेका एक यूवालाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूएईले आर्थिक सहयोग गरेको छ । सुरेश बचाउ अभियानमा मोना यूएईले १ लाख ७० हजार ५० रुपैयाँ सहयोग गरेको हो । सोमबार ओमकुमारी शान्ति कोषमा आयोजित कार्यक्रममा मोना यूएईका कार्यसमिति सदस्य लोकेन्द्र केसीले सुरेशकी आमा सिता […]

कंक्रिट पर्खाल भत्कीएको विषयमा छानविन माग

विकल्प न्यूज/बेनी असोज १ गते ।गण्डकी प्रदेशको आईतबार बसेको संसद बैठकमा बेनी बजार संरक्षणका लागि निर्माणाधिन कंक्रिट पर्खाल भत्कीएको विषयमा छानविन गर्नुपर्ने आवाज उठेको छ । म्याग्दी प्रदेशसभा क्षेत्र (क)बाट निर्वाचित सांसद बिनोद केसीले शून्य समयमा बोल्दै निर्माणाधिन पर्खाल भत्कीएको विषयमा छानविन गर्नुपर्ने माग गर्नुभएको हो । “नदी कटान नियन्त्रणका लागि निर्माणाधिन पर्खाल भत्कीनुमा कालीगण्डकीमा […]

फेसबुकमा स्टाटस पोष्ट गरेर उर्लिदो कालीगण्डकीमा हामफालिन युवती

विकल्प न्यूज/बेनी भदौ ३१ गते । सामाजिक सञ्जाल फेसवुकमा सुसाइड नोट जस्तै स्टाटस पोष्ट गरेर बेनीकी एक युवती कालीगण्डकीमा हामफालेर वेपत्ता भएकी छिन् । बेनी नगरपालिका ५ घर भएकी सुनिया क्षेत्रीले बेनी नगरपालिका ८ स्थित विद्युत कार्यालयको पछाडी कालीगण्डकी नदी किनारबाट हामफालेर वेपत्ता भएको प्रहरीले जनाएको छ ।  बेनीको न्यू वेष्ट पोइन्ट आवासीय माविको कक्षा […]

ऊर्जा नदीमा रुपान्तरण हुँदै कालीगण्डकी

३१ भदौ, म्याग्दी ।  म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी ‘उर्जा नदी’ मा रुपान्तरण हुँदैछ । प्रस्तावित जलविद्युत् आयोजनाहरु निर्माण भएमा म्याग्दीको अधिकाँश भूगोलमा कालीगण्डकी नदी सुरुङबाट बग्नेछ । मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी खण्डमा कालीगण्डकी नदीबाट पाँच वटा जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । यी आयोजना निर्माणको तयारीसँगै कालीगण्डकी ऊर्जा नदीमा रुपान्तरण हुन लागेको जिल्ला […]

न्याय माग्दै बेनीमा प्रदर्शन

विकल्प न्यूज/बेनी भदौ ३० गते ।  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै म्याग्दीको सदरमुकाम बेनीमा शनिबार प्रदर्शन भएको छ । प्रदर्शनमा बेनी नगरपालिकाकी उपप्रमुख सहित महिला अधिकारकर्मीहरुको सहभागिता रहेको थियो । निधारमा कालो पट्टी सहित विभिन्न प्लेकार्ड बोकेर महिलाहरु प्रदर्शनमा उत्रिएका हुन । उनीहरुले बालिका पन्तको अत्यारालाई कानुनी कठघरामा […]

कुईनेमंगलेका बाढी पीडितलाई गाउँपालिकाद्वारा राहत वितरण

विकल्प न्यूज/बेनी भदौ ३० गते ।     रघुगंगा गाउँपालिका– ८ कुईनेमंगलेका बाढी पीडितलाई गाउँपालिकाले राहत उपलब्ध गराएको छ । गाउँपालिकाले पुर्ण क्षतिलाई २५ हजार, आंशिकलाई १५ हजार, जोखिमयुक्त रहेर बसाई सरेका ७ घरपरिवारलाई नगद र बल्याङकेट र त्रिपाल उपलब्ध गराएको हो । गाउँपालिकाको विपद ब्यवस्थापन टोलीले प्रभावित क्षेत्रको स्थलगत निरिक्षण र क्षति विवरण संकलन गरि […]