ताजा समाचार:
Search

समाचार

‘लाहुरे’ संस्कारले गर्दा राज्य सत्तामा मगर समुदायको उपस्थिती न्युन रह्योः मन्त्री थापा

साधन राम्जाली / विकल्प न्युज बेनी  फागुन १५ गते । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा मगरले लाहुरे संस्कारका कारण राज्य सत्तामा मगर समुदायको प्रतिनिधित्व न्युन रहेको बताउनुभएको छ । बुधबार नेपाल मगर संघको ३७ औं स्थापना दिवस तथा नेपाल मगर संघ जिल्ला शाखा म्याग्दीको सातौं अधिवेशनलाई सम्बोधन गर्नुहुँदै यस्तो कुरा बताउनुभएको होे […]

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सातजनाको मृत्यु

ताप्लेजुङ : ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ । ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको हो । संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीका अनुसार दुर्घटनामा परेका सबै सातजनाकै निधन भएको हो । ‘घटनास्थलमा सबै सातजनाको […]

प्रत्यक्षदर्शीको बयान : दुर्घटना स्थलमा अहिले पनि धुँवा आइरहेको छ

१५ फागुन, काठमाडौं । पर्यटनमन्त्री सवार हेलिकोप्टर ताप्जेलुङमा दुर्घटना भएको पुष्टि भएको छ । जनकल्याण आधारभूत स्कुलका प्रधानाध्यापक महेश निरौलाले हेलिकोप्टर दुर्घटना भएको आफैंले देखेको बताएका हुन् । https://www.facebook.com/apnewshd/videos/2188500594793729/ उनका अनुसार एक बजेतिर विद्यार्थीहरुले सर हेलिकोप्टर आगो लाग्यो भनेर खबर गरेका थिए । उनले अनलाइनखबरसँग भने, ‘हेर्दा आगो लागेको देखियो । भीर भएकाले मानिसहरु पुग्न अप्ठ्यारो […]

जिसस म्याग्दीको विशेष जिल्लासभा बेनीमा सुरु (फोटोसहित)

विकल्प न्यूज/बेनी फागुन १५ गते । जिल्ला समन्वय समिति म्याग्दीको विशेष जिल्ला सभा बेनीमा सुरु भएको छ । सभाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले उद्घाटन गर्नुभएको हो । जिल्ला सभालाई सम्बोधन गर्दै मन्त्री थापाले जनता सँग नजिकमा रहेको स्थानीय सरकार प्रभावकारी र व्यवस्थित रुपमा सञ्चालन हुनुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकार सफल […]

मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीद्न्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो । थप विवरण आउन बाँकी छ । साभार कान्तिपुर दैनिक काठमाडौँ संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । काठमाडौँबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइनेस्टीको उक्त […]

प्रभु सहकारीद्धारा दिवंगत सेयर सदस्यको परिवारलाई सहयोग

विकल्प न्यूज/बेनी फागुन १५ गते । मंगला गाउँपालिका २ बाबियाचौर स्थित प्रभु बचत तथा ऋण सहकारी संस्थाले दिवंगत सेयर सदस्यको परिवालाई आर्थिक सहयोग गरेको छ । सेयर सदस्य स्वर्गीय हरिप्रसाद आचार्यको निधन भएको वार्षिक पुण्य तिथी पारेर मंगलबार परिवारका सदस्यलाई पच्चिस हजार रुपैयाँ सहयोग गरिएको सहकारीका प्रबन्धक राजकुमार पाण्डेले जानकारी दिनुभयो । सहकारीका अध्यक्ष भिमप्रसाद […]

म्याग्दीको उच्च भेगमा भारी हिमपात – विद्यालयहरु बन्द

विकल्प न्यूज/बेनी फागुन १५ गते ।  म्याग्दीका उच्च भुभागहरुमा बुधवार विहान देखि भारीमात्रामा हिमपात भएको छ । मंगलबार राती देखि परेको अविरल वर्षा सँगै आएको हिमपातका कारण चिसो बढेकाले विद्यालयहरुमा पठनपाठन बन्द गरिएको मालिका गाउँपालिका ५ देविस्थान स्थित भिम मावि का शिक्षक यामनाथ पौडेलले जानकारी दिनुभयो । विद्यालय पुरै हिमपातले परेको छ । चिसो बढेकाले […]

युवाहरुको उदाहरणीय काम ःसंस्कृति संरक्षणका लागि खेल मैदान निर्माण

धु्रबसागर शर्मा/ विकल्प न्युज म्याग्दी फागुन १५ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट सानालेखको लेखसाइड युवा क्लवमा आवद्ध युवाहरुले परम्परागत संस्कृतिको संरक्षण र खेलकुदको विकास गर्ने उद्धेश्यले गाउँमा खेलमैदान निर्माण गरेका छन् । गाउँमा रहेका र गाउँबाट देश विदेशका विभिन्न स्थानहरुमा अध्ययन वा रोजगारीका लागि गएका युवाहरुबाट सहयोग जुटाएको रु दुईलाख र […]

बिम ‘लिफ्ट’ खानेपानी आयोजनाको भब्य उद्घाटन

सन्तोष गौतम/विकल्प न्यूज बिम १४ फागुन ।  म्याग्दीको मालिका गाउँपालिका ७ मा निर्माण भएको बिम लिफ्ट खानेपानी आयोजनाको मंगलबार एक समारोहका बीच उद्घाटन गरिएको छ । फिनल्याड सरकारका प्राबिधिक सल्लाहकार सान्ना लिना, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, वडा अध्यक्ष रेशम जुग्जाली र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका सरसफाई विज्ञ चन्द्रभक्त बिष्टले आयोजनाको उद्घाटन गर्नुभएको […]

उसुमा म्याग्दीलाई दुई पदक

विकल्प न्यूज/बेनी फागुन १४ गते । जारी आठौं राष्ट्रिय खेलकुदको प्रदेश छनौटमा म्याग्दी जिल्लाले पहिलो स्वर्ण पदक उसु मार्फत हात पारेको छ । म्याग्दीका उसु खेलाडी शुशिल श्रेष्ठ स्वर्ण पदक जित्दै राष्ट्रिय खेलकुदकालागि छनौट भएका छन् । चितवनको भरतपुरमा फागुन १३ देखि शुरु भएको गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगिताबाट बेनी नगरपालिका ९ का शुशिल गत […]

जलजलाका जेष्ठ नागरिकसँग अन्तरक्रिया

विकल्प न्युज/ बेनी फागुन १४ गते । जलजला गाउँपालिकाको आयोजनामा सोमबार जेष्ठ नागरिक र सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।जेष्ठ नागरिकहरुको संरक्षण, शसक्तिकरण र विकासका लागि उनिहरुको अपेक्षा तथा गाउँपालिकाको भूमिकाको समन्धमा जेष्ठ नागरिकका प्रतिनिधि र जनप्रतिनिधि तथा कर्मचारीहरुबीच अन्तरक्रिया गरिएको हो । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र […]

पोखरामा गण्डकी प्रदेश स्तरिय सुचना प्रविधिको बृह्त मेला हुने

साधन राम्जाली /विकल्प न्युज बेनी फागुन १४ गते । कास्कीको पोखरामा गण्डकी प्रदेश स्तरिय सुचना प्रविधिको बृह्त मेला २०१९ हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान ) महासंघ कास्कीको आयोजनामा सो मेला संचालन हुने भएको हो । मेला यही फागुन १८ गतेदेखी २४ गते संचालन हुने मंगलबार बेनीमा प्रत्रकार सम्मेलन मार्फत जानकारी गाराइएको हो […]

‘शुभ लभ’ ट्रेलरमा हरिहर र कृस्टिनको प्रेम, विछोड र युद्ध

विकल्प न्यूज/काठमाण्डौं फागुन १३ गते ।  चैत्रको १५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘शुभ लभ’को ट्रेलर आज रिलिज भएको छ । चलचित्रको ट्रेलरमा ज्योतिष हरिहर अधिकारी र नव–नायिका कृस्टिन पौडेलको प्रेम, वियोग र युद्धको कथालाई देखाइएको छ । बास्तविक जीवनमा समेत ज्योतिषको काम गर्दै आएका हरिहर यो चलचित्रमा पनि सोही भूमिकामा छन् । तर, यसमा […]

बिहेकै लागि पाकिस्तानदेखि बागलुङसम्म

बागलुङ  फरक जात, धर्म र देशका बीचका विवाहलाई अचम्म मान्ने चलन अझै हटेको छैन । बागलुङका एक युवकले पाकिस्तानी युवतीसँग गरेको विवाह यहाँ चर्चाको विषय बनेको छ । बागलुङ जिल्ला अदालतमा अमलाचौरका २३ वर्षीय सुदीन आचार्यले २२ वर्षीया आम्ना सफिकसँग विवाह गरेका छन् । दुई फरक देशको मात्र नभई उनीहरूमध्ये आचार्य हिन्दु र सफिक मुस्लिम हुन् । पाकिस्तानको रावलपिण्डीमा […]

म्याग्दीमा गण्डकी प्रदेशस्तरीय तेकवान्डो प्रतियोगिता सुरु

विकल्प न्युज /बेनी फागुन १३ गते । म्याग्दीमा गण्डकी प्रदेशस्तरीय तेकवान्डो प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, पोखरा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सोमबार देखी जिल्लाको सदरमुकाम बेनी बजार स्थित कालिपुल कभरहलमा सो प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता ३ दिनसम्म संचालन हुने आयोजकले जनाएको छ। कार्यक्रमको उद्घाटन प्रमुख […]