ताजा समाचार:
Search

समाचार

पाटन अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

२३ असार, काठमाडौं । पाटन अस्पतालमा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुष आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो । पाटन अस्पतालका निर्देशक कृष्णप्रसाद शर्माका अनुसार उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । उनको गएराति […]

हातहतियारसहित १५ गाडी भारतीय सुरक्षाकर्मी नेपाल छिरे

असार २३, २०७७ कञ्चनपुर : ​हातहतियार सहित १५ वटा गाडीमा आएका भारतीय सुरक्षाकर्मीको टोलीले नेपाली भूभागमा सडक निर्माण कार्य रोकेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुँइस्थित हुलाकी सडक निर्माण कार्यस्थलमा भारतीय पक्षले अवरोध गरेको हो। साथै, नेपालतर्फको एक हजार २०० मिटर जमिन भारतको भन्दै कब्जा प्रयास गरेका छन्‌। भारतले सुरक्षा दलबल लगाएर अवरोध गरेपछि सडक निर्माणकार्य आइतबारदेखि रोकिएको […]

शहिद गंगालालमा भर्ना भएका बिरामीमा कोरोना, अस्पताल बन्द

असार २३, २०७७ काठमाडौं : शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रले आकस्मिक बाहेकका सेवाहरु स्थगित गरेको छ।  अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना पुष्टि भएपछि  केन्द्रले एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेको जनाएको छ। बिरामीमा कोरोना पुष्टि भएपछि थप सतर्कता अपनाउनुपर्ने भएकाले हाल सेवा स्थगित गर्नु परेको सूचनामा उल्लेख […]

कोरोना जितेर घर फर्किएका पाल्पाका एक युवाले आत्महत्या गरे

असार २३, २०७७     पाल्पा – कोरोना जितेर घर फर्किएका पाल्पाका एक युवाले आत्महत्या गरेका छन् । रम्भा गाउँपालिका–४ हुमिनका २० वर्षीय एक युवाले कोरोना जितेर घर फर्किएकै दिन सोमबार बेलुकी आत्महत्या गरेको वडाध्यक्ष भोजबहादुर बिकले जानकारी दिनुभयो । एक महिना अगाडि भारतको मुम्बईबाट घर फर्किएर घर नजिकैको जनहित भगवती माविको क्वरेण्टीनमा बसेको अवस्थामा ती […]

ओली र प्रचण्डबीच भेटवार्ता चल्दै

असार २३, २०७७ पार्टीभित्रको विवाद मिलाउन नेकपाका दुई अध्यक्षबीच आज पनि एक्लाएक्लै भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुग्नुभएको हो । पछिल्लोपटक बढेको विवाद मिलाउन पहिले दुई अध्यक्षबीच मात्रै छलफल गर्ने र आवश्यक परेमा मात्र अरु नेताहरुलाई सहभागी गराउने सहमति भएको छ । […]

आरडिटी परीक्षण बन्द हुने, क्वारेन्टिनमा रहेकाको अनिवार्य पिसिआर गरिने

असार २३, २०७७ सरकारले विवादस्पद आरडिटी परीक्षणलाई बन्द गर्ने भएको छ। स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’ का अभियन्ताबीच भएका १२ बुँदे सहमतिमा र्‍यापिड टेस्ट स्थगित गर्ने उल्लेख छ। सहमति भएपछि अभियन्ता ईशान ई र पुकार बमले अनसन तोडेका छन्। मन्त्रालयले अब सबैको पिसिआर विधिबाट मात्र परीक्षण गर्नेछ। सरकारले आरडिटी परीक्षण प्रयोगमा ल्याएदेखि नै यो […]

अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्धको तयारी

असार २३, २०७ अमेरिकाले टिकटकसहित चिनियाँ एपहरुलाई प्रतिबन्ध गर्नेबारे सोचिरहेको सेक्रेटरी अफ स्टेट माइक पम्पेओले बताएका छन् । फक्स न्यूजमा लाउरा इंग्राहमसँगको अन्तरवार्तामा पोम्पेओले यसबारे गम्भीररुपमा विचार गरिरहेको बताएका हुन् ।पोम्पेओलाई इंग्राहमले अमेरिकाले टिकटकजस्ता चिनियाँ सामाजिक सञ्जाल एपहरु प्रतिबन्धबारे के सोचिरहेको भनेर प्रश्न गरेकी थिइन् । जवाफमा पोम्पेओले भने, ‘जनताको मोबाइलमा चिनियाँ एपको बारेमा अमेरिकाले […]

अमेरिकामा कोरोना संक्रमित ३० लाख नाघे

असार २३, २०७७ अमेरिकामा कोरोना संक्रमितको संख्या ३० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा झण्डै ५० हजार संक्रमित थपिएसँगै अमेरिकामा कूल संक्रमितको संख्या ३० लाख ३९ हजार पुगेको हो।  तीमध्ये १ लाख ३२ हजार ९ सय ५० जनाको मृत्यु भएको छ भने १३ लाख १० हजारभन्दा धेरै उपचारपछि स्वस्थ भएका छन्। ब्राजिलमा २१ हजार ४ […]

मास्क नलगाई घरबाहिर निस्किए प्रहरीले पक्राउ गर्ने

२२ असार, काठमाडौं । मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । कोरोना संक्रमणको […]

जलजलाले ल्यायो ४१ करोड ६१ लाख रुपैयाको बजेट

विकल्प न्यूज/बेनी असार २२ गते । पर्वतको जलजला गाउँपालिकाले आगमी आर्थिक वर्षका लागि ४१ करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आइतबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न आठौं गाउँसभामा उपाध्यक्ष सीमा पुन बजेट पेश गर्नुभएको थियो । कृषि उत्पादन,पूर्वाधार विकास,स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर बजेट ल्याइएको उपाध्यक्ष पुन बताउनुभयो । संघीय […]

नेकपा विवाद मिलाउन कार्यदल गठन

काठमाडौं ।  शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले आजका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक यही असार २४ गतेसम्मका लागि स्थगन भएको छ । आन्तरिक विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुँदा दोस्रो तहका चार नेतालाई […]

नेकपा स्थायी कमिटीको बैठक बुधबारसम्मका लागि स्थगित

२२ असार, काठमाडौं । आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित गरिएको छ । नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आगामी बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो । यसअघि पनि दुई दिनसम्म स्थायी कमिटी बैठक स्थगित गरेर सहमति प्रयास गरिएको थियो । तर ठोस सहमति नभएपछि फेरि पनि बैठक पछि सारिएको हो । प्रधानमन्त्रीका प्रेस […]

‘बालबालिकालाई भिटामिन ए खुवाउने बेला ख्याल गरौँ’

विकल्प न्यूज/बेनी असार २२ गते ।  बेनीको विरेन्द्रचोकमा बच्चालाई भिटामिन खुवाउदै महिला स्वास्थ्यकर्मी   । बालबालिकालाई भिटामिन ए खुवाउन लैजाँदा विभिन्न सुरक्षाका उपाय अपनाउन विज्ञले सुझाव दिएका छन् । विषेशगरी स्वास्थ्यकर्मी र अभिभावकले सुरक्षाको उपायमा ध्यान दिन स्वास्थ्य सेवा विभाग अन्तर्गत पोषण शाखाका प्रमुख केदार पराजुलीले सुझाव दिनुभएको छ ।  भिटामिन ए  खुवाउन लैजाँदा  भौतिक दूरी […]

थप २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५७८४ पुग्यो

२१ असार, काठमाडौं । आइतबार थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । आइतबारसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ पुगेको छ । ९ हजार २ सय ३ जना आइसोसेलनमा उपचाररत छन् । ४१.५ प्रतिशत संक्रमित संक्रमणमुक्त  भएका मन्त्रालयका प्रवक्ता […]

सोमबारदेखि नेपाल चीन रसुवागढी नाका सञ्चालनमा आउने

२१ असार, काठमाडौं । कोरोनाका कारण ६ महिनादेखि बन्द नेपाल-चीन रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आउने भएको छ । दुई देशबीचको व्यापार सुचारु गर्ने सुरक्षा मापदण्डमा समझदरी बनेपछि नाका खुल्ने निश्चित भएको रसुवागढी भन्सार कार्यालय प्रमुख पुण्यबिक्रम खड्काले बताए । सुरूवातमा हिमपात र पहिरोका कारण पुस १४बाट नाका बन्द थियो । त्यसपछि कोरोनाको महामारीले प्रभावित भयो […]