ताजा समाचार:
Search

समाचार

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ हजार नाघ्यो

९ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ५८ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण ५८ हजार ३९० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ८४८ जनाको मृत्यु भएको छ । भारतमा संक्रमित हुनेको संख्या ३१ लाख ६७ हजार ३२४ पुगेको […]

ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरू

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपा कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ। त्यस्तै दुई अध्यक्षको छलफलले सचिवालय बैठक बोलाउने समेत संभावना रहेको छ। साउन ३० गते गठन भएको नेकपा कार्यदलले शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो। कार्यदलको […]

पोखरामा एक पत्रकार काेराेना संक्रमित

पोखरा,९ भदौ । पोखरामा एक जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । । लेखनाथस्थित एक एफएममा कार्यरत ३४ वर्षीय पुरुष सञ्चारकर्मी कोरोना संक्रमित भएका हुन् । राष्ट्रिय बाणिज्य बैँकमा कार्यरत दुई जनामा संक्रमण देखिएपछि उनी कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । गत भदौ ६ गते नमूना परीक्षण गरिएकामा सोमबार नतिजा पोजिटिभ आएको महानगर स्वास्थ्य महाशाखाले […]

बेनी नगरपालिकाले सार्वजनिक ग¥यो कोरोना रोकथाममा भएको खर्च विवरण

विकल्प न्यूज/बेनी भदौं ८ गते । बेनी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा भएको खर्च विवरण गरेको छ । सोमबार नगरपालिकामा पत्रकार भेटघाट मार्फत नगर कार्यपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराइलीले कोरोना रोकथामका लागि भएको आम्दानी खर्च विवरण सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा नगरप्रमुख हरिकुमार श्रेष्ठ,उपप्रमुख सञ्जु बरुवाल,प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी […]

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

विकल्प न्यूज/बेनी भदौं ८ गते । कर्तव्य ज्यान मुद्धामा दोषी ठहर भई २० वर्ष देखि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न म्याग्दी प्रहरी सफल भएको छ । अदालतले दोषी ठहर गरेका तर फरार रहेका व्यक्तिहरुलाई पक्राउ गर्न प्रहरीले चलाएको विशेष अभियान अन्तर्गत उक्त प्रतिवादी पक्राउ गर्न प्रहरीलाई सफलता हात लागेको हो । धौलागिरि गाउँपालिका ३ मुना दरका […]

थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि

८ भदौ, कामठाडौं । पछिल्लो २४ घण्टामा देशभर ७४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि भएको हो । सोमबारसम्म कुल संक्रमितको संख्या ३२ हजार ६७८ रहेका छन् । पछिल्लो २४ घण्टामा १७५ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका […]

म्याग्दी सरुवा भएर आएका प्रहरीमा देखियो कोरोना

विकल्प न्यूज/बेनी भदौं ८ गते । हालै मात्र म्याग्दी सरुवा भएर आएका एकजना प्रहरीमा कोरोना पुष्टी भएको छ । पोखरामा गरिएको पिसिआर परिक्षणमा एकजना प्रहरीमा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । संक्रमितलाई आइसोलेशनमा लगिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमित प्रहरी जिल्ला प्रहरी कार्यालयले बनाएको क्वारेन्टाइनमा बसेका […]

कोरोना पोजेटिभ रिपोर्ट आएपछि दाह संस्कार गर्दागर्दै मलामी भागाभाग

७ भदौ, बुटवल । रूपन्देहीको रोहिणी गाउंपालिकाका एक पुरूषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । रोहिणी गाउँपालिका–३, धकधईका ५३ वर्षीय पुरुषको शनिबार उपचारका लागि लैजाँदै गर्दा भारतको नौतनवामा मृत्यु भएको थियो । मृत्युपछि उनको शब नेपाल ल्याएर बुटवलको नेशनल प्याथ ल्याबमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका कोरोना […]

थप ८१८ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा १६६

७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८१८ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ३१ हजार ९३५ पुगेको छ । उनीहरुमध्ये १४९ जनाको मृत्यु भएको छ भने १८ हजार ६३१ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २८१ जना निको भएका छन् । […]

दक्षिण कोरियामा फेरि फैलिँदैछ कोरोना भाइरस

७ भदौ, काठमाडौं । दक्षिण कोरियामा मार्चपछि पहिलो पटक एकैदिनमा धेरै कोरोना भाइरसका संक्रमित भेटिएका छन् । दक्षिण कोरियन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (केसीडीसी)का अनुसार पछिल्लो २४ घण्टामा ३९७ नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन ३३२ नयाँ संक्रमित भेटिएका थिए । दक्षिण कोरियामा हालसम्म १७ हजार ३९९ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये […]

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

७ भदौ, पोखरा । पोखरामा ४ जनासहित आइतबार गण्डकी प्रदेशका ३ जिल्लामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराको कास्‍की सेवा अस्पतालमा २ जना, पोखरा महानगरपालिका- १६ मा २ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

ग्यास र पेट्रोलियमको पूर्वाधार विस्तार गर्न नेपाल र भारतबीच छलफल

७ भदौ, काठमाडौं । नेपाल-भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको दोस्रो बैठक सम्पन्न भएको छ ।  नेपालले अघि बढाउन लागेको पेट्रोलियम भण्डारण तथा पाइपलाइन परियोजनामा भारतीय सहयोग र परियोजना निर्माणमा देखिएका समस्याहरुबारे मूल्यांकन गर्ना बैठक केन्द्रित रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । पहिलो चरणको पाइपलाइनपछि अमलेखगन्जमा थप भण्डारण गृह निर्माण, अमलेखगन्ज […]

५ वर्ष भन्दा कम उमेरका बालबालिकालाई मास्क नलगाइदिनू : डब्ल्यूएचओ

भदौ ७, २०७७ काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ५ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरुलाई मास्क नलगाइदिन अनुरोध गरेको छ । यसैगरी ६ देखि ११ वर्षका बालबालिकाहरूले भने मास्क लगाउन सक्ने जनाएको छ। उनीहरुलाई मास्क कसरी लगाउने र कसरी निकाल्ने भन्ने कुरा राम्रोसँग सिकाउन संगठनले अभिभावकहरूलाई आग्रह गरेको छ।  यसैगरी १२ वर्षमाथिका बालबालिकाहरूलाई […]

आइतबारको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको जनाएको छ । महाशाखाले न्युन चापीय क्षेत्रको प्रभावका कारण हाल देशको अधिकांश स्थानहरुमा सामान्य बदलीको अवस्था रही प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका  थोरै स्थानहरुमा र बाकी प्रदेशका एक/दुई स्थानहरुमा हल्का वर्षा […]

संक्रिय कोरोनामुक्त जिल्ला म्याग्दीलाई सुरक्षित बनाउन चुनौती

विकल्प न्यूज/बेनी भदौं ७ गते । आजको मिति सम्म म्याग्दी संक्रिय कोरोनामुक्त छ । विदेशबाट फर्किएका वाहेक कसैमा पनि कोरोना संक्रमण भएको छैन । व्यवस्थित क्वरेन्टाइन सञ्चालन,आइसोलेशन र जिल्ला प्रवेश गर्न कडाई गरिएका कारण समुदायमा कोरोना फैलिन नपाएको हो । कोरोना फैलिन नदिन जिल्ला कोराना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिकाका कारण पनि […]