समाचार

बावियाचौरमा बजार अनुगमन

जगत बानियाँ/विकल्प न्युज  बावियाचौर , असार २ गते । म्याग्दीको मंगला गाउँपालिका–२ बावियाचौर बजारमा सोमबार संयुक्त बजार अनुमगन गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीको नेतृत्वमा प्रहरी, बिषयगत कार्यालय र संस्थाका प्रतिनिधिहरुको समेत सहभागितामा बावियाचौर बजारका विभिन्न ३० वटा पसलहरुको अनुमगन गरिएको थियो । अनुगमनको क्रममा म्याद नाघेका चाउचाउ, मिठाई, बेसार, भुजिया, पेय पदार्थ लगायतका […]

जन्मदिनमा शैक्षिक सामाग्री सहयोग

विकल्प न्युज बेनी, असार २ गते । यहाँका एक वडा अध्यक्षले विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेर आफ्नो जन्मदिन मनाउनुभएको छ । जिल्लाको मालिका गाउँपालिका ६ का अध्यक्ष सन्तनाथ सुवेदी ४० औं बसन्त पार गरेको उपलक्ष्यमा जनप्रिय मावि र सति आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो । जनप्रिय माविका ४ र सति आधारभुत विद्यालयका […]

नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापनसम्बन्धी तालिम

विकल्प न्युज म्याग्दी, असार २ गते । समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापनसम्बन्धी तालिम सुरु भएको छ । मिलन म्याग्दी÷सुआहारा कार्यक्रमको आयोजनामा आइतबारदेखि सदरमुकाम बेनीमा स्वास्थ्यकर्मीहरुका लागि तालिम सञ्चालन गरिएको हो । तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले तालिमलाई उपलब्धिमूलक बनाउन सहभागीलाई सुझाव दिएका छन् । उनले […]

मंगला गाउँपालिकाका युवायुवतीलाई १७ दिने लोकसेवा तयारी कक्षा

विकल्प न्यूज/बेनी असार २ गते । म्याग्दीको मंगला गाउँपालिकाले यहाँका युवायुवतीहरुलाई लोकसेवा तयारी तालिम प्रदान गरेको छ । गाउँपालिकाको आर्थिक सहयोग र हेमन्त मल्टि एजुकेशन सिर्भिस प्रा.ली बागलुङको व्यवस्थापनमा १७ दिने लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको हो । आइतवार तालिमको समापन गर्दै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकाका युवाहरुलाई सरकारी सेवाप्रतिको आकर्षण बढाउन लोकसेवा तयारी कक्षा सञ्चालन […]

डाँडागाउँमा व्यावसायीक कुुखुरा पालन तालिम

प्रतिक्षा बुढाथोकी/ विकल्प न्युज डाडाँगाउँ, असार १ गते । म्याग्दीको मािलका गाउँपालिका– ३ डाँडा गाउँमा व्यावसायीक कुखुरा पालन तालिम समापन भएको छ । संगम म्याग्दीको आयोजना र गाउँपालिकाको पशु सेवा शाखाको प्राविधिक सहयोगमा सो कार्यक्रम समापन भएको हो । जेठ ३० देखि ३२ गते सम्म तीन दिन संचालन भएको तालिममा पशु सेवा शाखा प्रमुख खगेन्द […]

बाबियाचौरमा सार्वजनिक सुनुवाई

विकल्प न्यूज/बेनी असार १ गते । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा आइतबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मंगला गाउँपालिकाकाको आयोजना र म्याग्दी मिडिया सोसाइटीको व्यवस्थापन तथा सहजिकरणमा भएको कार्यक्रममा चालू आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालित योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाहको विषयमा सुनुवाई गरिएको थियो । गाउँपालिकाले सञ्चालन गर्ने विकास योजना तथा कार्यक्रमलाई […]

लागुऔषध सहित ६ जना पक्राउ

विकल्प न्युज म्याग्दी ,असार ०१ गते । म्याग्दीमा लागु औषध सहित ६ जना युवा युवती पक्राउ परेका छन् । शनिबार सांझ सात ३० बजेको समयमा सदरमुकाम बेनी बजारबाट उनिहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो । शनिबार साँझ पक्राउ परेका ६ जनालाई प्रहरीले आइतबार मात्र सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बेनी नगरपालिका वडा […]

मंगलाको बाबियाचौरमा ढल निर्माण

विकल्प न्युज बेनी, असार १ गते । पश्चिम म्याग्दीको मुख्य बजारहरु मध्ये मंगला गाउँपालिका–२ बाबियाचौर बजारमा ढल निर्माण भएको छ । व्यवस्थित ढल निकासका लागि स्थानीय उपभोत्ता समिति मार्फत आयोजना निर्माण गरिएको हो । वडाको सिफारिसमा गाउँपालिकाको २० लाख रुपैयाँ ,प्रदेश सरकारको खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय मार्फत २३ लाख रुपैयाँ र स्थानीय बजार […]

दरबाङमा सम्पन्न ब्याडमिन्टन टुर्नामेन्टको उपाधी तुलाचन र अधिकारीलाई

विकल्प न्युज बेनी,असार १ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङमा ब्याडमिन्टन टुर्नामेन्ट समापन भएको छ । श्री ब्याडमिन्टन समिति दरबाङको आयोजनामा जेठ ३१ र ३२ गरी दुई दिने प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा पुरुष डबलतर्फ मंगला गाउँपालिका –२ का दिपु तुलाचन र नविन अधिकारी जोडी प्रथम भएको छ । २४ टिमको सहभागिता रहेको […]

नेत्रज्योती संघ म्याग्दीको अध्यक्षमा बानियाँ

विकल्प न्युज म्याग्दी, जेठ ३२ गते । नेपाल नेत्रज्योती संघ जिल्ला शाखा म्याग्दीको प्रथम साधारणसभा तथा अधिवेशनबाट अमर बानियाँ सभापतिमा चयन भएका छन् । ‘दृष्टिमा सबैको अधिकार’ भन्ने मूल नारासहित शुक्रबार बेनीमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले बानियाँको अध्यक्षतामा संघको नयाँ कार्यसमिति चयन गरेको हो । िजल्ला शाखाको सदस्यहरुमा कृष्णबहादुर बानियाँ, लक्ष्मण केसी, ठहरबहादुर भण्डारी, […]

म्याग्दीमा जेष्ठ नागरिक प्रति गरिने दुव्र्यबहार बिरुद्धको दिवस मनाईयो

विकल्प न्युज बेनी, जेठ ३२ गते । बेनीमा जेष्ठ नागरिक प्रति गरिने दुव्र्यबहार विरुद्धको दिवस मनाइएको छ । १४ औं विश्व चेतना दिवसको अवसरमा बेनी नगरपालिकाको आर्थिक सहयोग तथा श्री कृष्णागण्डक्री जेष्ठ नागरिक सेवा केन्द्र म्याग्दीको आयोजनामा पहिलो पटक शनिबार सो दिवस मनाइएको हो । कार्यक्रमको उद्घाटन गर्दै बेनपा मेयर हरिकुमार श्रेष्ठले जेष्ठ नागरिकहरुलाई दिवसको […]

फौजदारी संहिताबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न

अनिल पौडेल जेठ ३२ गते । युवा सञ्जालका सदस्यहरुलाई लैङ्गिक हिंसामा आधारित फौजदारी संहिताबारे अभिमुखिकरण कार्यक्रम बेनीमा सम्पन्न भएको छ । बालिका पैरवी सञ्जाल परियोजना अन्र्तगत प्लान इन्टरनेस्नलको सहयोग र सिविन नेपालको आयोजनामा २ दिनसम्म सम्पन्न भएको उक्र कार्यक्रमको पहिलो दिनमा बोल्दै जिल्ला यूवा समितिका अध्यक्ष डि।पी शर्माले जवसम्म हामी आफँु आत्मनिर्भर हुन सक्दैनौ तबसम्म […]

बागलुङमा ट्याक्सी दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

विकल्प न्युज बागलुङ,जेठ ३२ गते । बागलुङ जिल्लाको गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गलकोट नगरपालिका–४ नुवाकोट जाँदै गरेको ट्याक्सी भेडीखोलामा दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ध १ ज ५१३ नम्बरको ट्याक्सी गए राति १० बजे भेडिखोलामा दुर्घटना भएको हो । दुर्घटनामा गलकोट नगरपालिका–४ नुवाकोट निवासी मनबहादुर खत्रीको […]

मेयर गैरजिम्मेवार ः नेकपा, गैरकानुनी निर्णय खारेज हुनुपर्दछ ः काँग्रेस

विकल्प न्यूज/बेनी जेठ ३० गते ।जिल्लाको बेनी नगरपालिकाका जनप्रतिनिधिको अपरिपक्कता र दुरदर्शीताको अभावका कारण नगरपालिका यतिखेर बन्धक बनेको छ । नगरपालिकाले बनाउने विभिन्न ऐन,नियम, कार्यविधि र बजेट निर्माणमा जनप्रतिनिधिको आलोकाँचो प्रवृत्तिका कारण नगरपालिका समय समयमा विवादमा मुछिदै आएको त छ नै अर्को तिर बहुमत र अल्पमतका कारण नगरपालिका यतिखेर बन्दी बनेको छ । आगमी आर्थिक […]

रायखोरका बालबालिकाको बाध्यता ः भिर र जंगल छिचोल्दै विद्यालय

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज जेठ ३१ । जंगलको बिच बाटोमा थकित मुद्रामा भेटिएका १२ वर्षीय जीतकुमार शेरपुन्जाले भन्नुभयो “विद्यालय पुग्न अझै डेढ घण्टा कुद्नुपर्दछ ।” रघुगंगा गाउँपालिका ६ पाखापानी स्थित अमर माध्यमिक विद्यालयमा पुग्न शेरपुन्जा दैनिक ३ घण्टा हिड्नुहुन्छ । विहान ७ बजे खाईनखाई हिडेको बताउँने शेरपुन्जाको झोलामा किताव सँगै खाजा पनि छ । ‘विद्यालय पुग्न […]